सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?
२ भाद्र २०८३, मंगलवार ०९:३०

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको भदौ १ गते अपरान्ह ४ बजेदेखि साढे ५ बजेसम्म बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ।
बैंकले गत आवको सञ्चित मुनाफाबाट चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँको ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको हो।











