पुँजीबजारको अवस्था र नियमनबारे अर्थ समितिले छलफल गर्ने

१३ आश्विन २०८३, मंगलवार ०९:५१

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिले नेपालको पुँजीबजारको अवस्था, नियमन तथा लगानीकर्ताको हित संरक्षणलगायतका विषयमा छलफल गर्ने भएको छ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार अर्थ समितिको ३३औँ बैठकमा नेपालको पुँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाउने विषयमा छलफल हुने भएको हो।

समितिको बैठक २०८३ असोज १४ गते बुधबार बिहान ८ः३० बजे संघीय संसद् सचिवालय, सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ।

बैठकको मुख्य कार्यसूचीमा ‘नेपालको पुँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाउन धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षण सम्बन्धमा सम्बद्ध निकाय र संघसंस्थासँग छलफल’ गर्ने उल्लेख गरिएको छ।

पुँजीबजारमा धितोपत्रको निष्काशन तथा सूचीकरणदेखि बजार सञ्चालन र नियमनसम्मका विषयमा समितिले सम्बद्ध निकाय तथा संघसंस्थासँग छलफल गर्नेछ। साथै, लगानीकर्ताको हित संरक्षण तथा पुँजीबजारलाई थप व्यवस्थित र पारदर्शी बनाउने विषयमा समेत बैठकमा छलफल हुने कार्यसूचीमा उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*