नेशनल लघुवित्तको सञ्चालकमा प्रमोद आचार्य नियुक्त
१३ आश्विन २०८३, मंगलवार १०:१६

काठमाडौँ । नेशनल लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा प्रमोद आचार्य नियुक्त भएका छन्।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको प्रतिनिधित्व गर्दै नेशनल लघुवित्तको सञ्चालक रहेका रविन सिजापती संस्थाबाट अलग भएपछि उक्त सञ्चालक पद रिक्त भएको थियो।
रिक्त पदमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आफ्नो तर्फबाट प्रतिनिधित्व गर्न आचार्यलाई मनोनयन गरी पठाएको थियो। बैंकको मनोनयनका आधारमा नेशनल लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको असोज १२ गते बसेको बैठकले आचार्यलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
आचार्यले अब संस्थाको प्रमुख संस्थापक शेयरधनीका रूपमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको प्रतिनिधित्व गर्नेछन्।











