नबिल बैंकको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक शेयर बिक्रीमा

१३ आश्विन २०८३, मंगलवार १०:५०

काठमाडौं । नबिल बैंक लिमिटेडका एक संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन्।

उक्त सेयरधनीले आफ्नो नाममा रहेको शेयर एकमुष्ट बिक्री गर्न चाहेको भन्दै बैंकमा निवेदन दिएका थिए। सो निवेदन बैंकको सञ्चालक समितिमा पेस भएपछि आवश्यक प्रक्रिया पूरा गरी शेयर बिक्री तथा खरिद प्रक्रिया अघि बढाउने निर्णय भएको बैंकले जनाएको छ।

संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता बैंकका विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार नबिल बैंकले इच्छुक तथा योग्य विद्यमान संस्थापक सेयरधनीलाई उक्त सेयर खरिदका लागि आवेदन दिन आह्वान गरेको हो।

बैंकका अनुसार इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ। आवेदन बैंकको केन्द्रीय कार्यालय, तिनधारा, विनामार्ग, दरबारमार्ग, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा बुझाउनुपर्नेछ।

तोकिएको ३५ दिनको अवधिमा विद्यमान संस्थापक सेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा प्रचलित कानुनी व्यवस्थाअनुसार उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*