सिद्धार्थ बैंकको शेयरमूल्य समायोजन

१६ आश्विन २०८३, शुक्रबार ०९:३०

काठमाडौं । नेप्सेमा सिद्धार्थ बैंकको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन सिद्धार्थ बैंकको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ४१८ रुपैयाँ ९ पैसा कायम भएको छ।नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्तक ४५९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*