यी लघुवित्तले असारभित्र एजीएम गर्न सकेनन्, प्रतिफलबाट लगानीकर्ता बन्चित

२० असार २०८२, शुक्रबार १५:१४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत रही कारोबार सञ्चालन गरीरहेका  पाँच लघुवित्त संस्थाहरु गत आर्थिक वर्षको वार्षिक सभा गर्न असमर्थ रहेका छन् । वित्तीय संस्थाको नियमावली तथा धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको विपरीत लघुवित्तहरुले गत आर्थिक वर्षको वार्षिक सभा गर्न असमर्थ रहेका हुन् ।

हालसम्म सूचीकृत ५० वटा लघुवित्त संस्थाहरुमध्ये ४३ वटाले गत आर्थिक वर्षको वार्षिक साधारण सभा सम्पन्न गरेका छन् । चालु आवको असार मसान्तभित्र पाँच वटा लघुवित्त संस्थाहरुले गत आर्थिक वर्षको वार्षिक सभा गर्न नसक्ने भएका छन् । यस अवधिमा दुई वटा लघुवित्तहरुले असार ३० र ३२ गते वार्षिक साधारण सभा आह्वान गरेका छन् ।

यस अवधिमा निर्धन उत्थान लघुवित्त, उन्नती सहकार्य लघुवित्त, हिमालयन लघुवित्त, मिथिला लघुवित्त र समाज लघुवित्तले गत आर्थिक वर्षको वार्षिक साधारण सभा गर्न सकेका छैनन् । जसका कारण यी कम्पनीहरुमा लगानी गरेका लगानीकर्ताहरु प्रतिफल पाउनबाट बन्चित रहेका छन् ।

लगानीकर्ताहरुले रुष्ट हुदै समयमा नै वार्षिक सभा गर्न नसकेका लघुवित्त संस्थाहरुको वित्तीय पारदर्शीता माथी प्रश्न उठाउने गरेका छन् । लघुवित्त संस्थाहरुले उचित लाभांश दिन्छन् भनेर लगानी गरेको थिए, तर वार्षिक सभाको नै टुङ्गो लागेको छैन् भन्दै शेयरधनी हरिलाल शर्माले गुनासो गरेका छन् ।

कम्पनी ऐन, २०६३ को दफा ७६(१), बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६२(२), वित्तीय संस्था नियमावलीको नियमावलीको नियम १८(२) तथा धितोपत्र दर्ता निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम वित्तीय संस्थाको साधारण सभा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र अर्थात पौस मसान्तभित्र सक्नु पर्नेछ भन्ने व्यवस्था छ । सोही व्यवस्थामा कायम रहेर केही लघुवित्तहरुले समयमा नै वार्षिक साधारण सभा सम्पन्न गरेर लगानीकर्ताहरुलाई उचित प्रतिफल समेत प्रदान गर्न सफल भएका छन् ।

अभियान लघुवित्त र एनएमबि लघुवित्तले गत आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेका छन् । जसमा अभियान लघुवित्तले असार ३० गते वार्षिक सभा आह्वान गरेको छ । लघुवित्तले साधारण सभा प्रयोजनको लागि असार १६ गते बुकक्लोज समेत गरिसकेको छ । त्यस्तै, एनएमबि लघुवित्तले गत आर्थिक वर्षको वार्षिक सधारण सभा यही असार ३२ गतेको लागि बोलाएको छ । कम्पनीले वार्षिक सभा प्रयोजनार्थ असार २४ गतेका दिन बुकक्लोजको मिति तय गरेको छ ।

–सम्पादन गरिएको

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*