राष्ट्र बैंकले एक अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

१२ फाल्गुन २०८२, मंगलवार १२:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा १ अर्ब १० करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंकले यो रकम २०२६ फेब्रुअरी २७ देखि २०२७ फेब्रुअरी २ सम्म अर्थात ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको केन्द्रिय बैंकले जनाएको छ । बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ८८ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरूमा १६ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा ५ करोड ५० लाख रुपैयाँ लगानी गर्न बोलपत्र आह्वान गरेको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी फागुन १३ गतेभित्र ब्याजदर सम्बन्धी प्रस्ताव पेस गनुपर्ने राष्ट्र बेंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*