विश्वकप हेर्न ९९९ रुपैयाँ शुल्क ‘लुट’ भन्दै संसदमा गम्भीर आपत्ति, एमालेद्वारा निःशुल्क प्रसारणको माग

काठमाडौँ । फिफा विश्वकप २०२६ को २३औं संस्करण हेर्न नेपाली दर्शकले शुल्क तिर्नुपर्ने विषय प्रतिनिधिसभामा उठेको छ ।
नेकपा (एमाले) का सचेतक तथा सांसद ऐनबहादुर महरले विश्वकप फुटबल हेर्न ९९९ रुपैयाँ तिर्नुपर्ने व्यवस्था ‘लुट’ भएको टिप्पणी गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले यस्तो शुल्कका कारण आम नेपाली खेलप्रेमीहरूलाई विश्वकपजस्तो विश्वकै ठूलो खेल प्रतियोगिता हेर्नबाट वञ्चित गरिने अवस्था सिर्जना भएको बताएका हुन् ।
सांसद महरले सबै नेपालीलाई निःशुल्क रूपमा विश्वकप हेर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गर्दै भने, ‘विश्वकप चलिरहेको छ तर नेपालमा हेर्नका लागि ९९९ रुपैयाँ तिर्नुपर्छ, यो सरासर लुट हो । सरकारले यसमा गम्भीर ध्यान दिनुपर्छ । सबै नेपालीले सबै टिभीमार्फत निःशुल्क रूपमा विश्वकप हेर्न पाउने वातावरण बनाइनुपर्छ ।’
उनले खेलकुदप्रेमी नागरिकका लागि यस्तो शुल्क बाधक बन्न नहुने भन्दै निःशुल्क प्रसारणको व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
सञ्चार मन्त्रीलाई साक्षी राखेर करोडौंको ब्रम्हलूट, सरकारले नै रोक्यो निःशुल्क हेर्न पाउने सुविधा
अनुमति नै नलिई विश्वकप खेलमा अर्बौ रुपैयाँ उठाइदै, उपभोक्तामाथि अपराध भयोः महर्जन












