बन्दीपुर केबलकार पहिलो त्रैमासमा १ करोड ९६ लाख घाटामा, अन्य सूचक कस्ता ?

३० कार्तिक २०८३, सोमबार १४:०८

काठमाडौँ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ करोड ९६ लाख ९६ हजार रुपैयाँ घाटामा गएको छ। यद्यपि, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको घाटा २४.६४ प्रतिशतले घटेको छ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ६१ लाख ३६ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १ करोड ३० लाख ३ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले सञ्चालनबाट १ करोड २८ लाख २७ हजार रुपैयाँ आम्दानी गरेको थियो। यससँगै कम्पनीको सञ्चालन आम्दानी १.३८ प्रतिशतले बढेको छ।

कम्पनीको अन्य आम्दानी १८ लाख ९३ हजार रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको कुल आम्दानी १ करोड ४९ लाख २६ हजार रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन खर्च २ करोड ५९ लाख २२ हजार रुपैयाँ रहेको छ भने वित्तीय खर्च ८७ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्तापूँजी २ अर्ब ८२ करोड ९९ लाख ९३ हजार रुपैयाँ रहेको छ। पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीको सञ्चित घाटा २९ करोड ९४ लाख ८६ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै, कम्पनीको कुल सम्पत्ति ४ अर्ब ४० करोड ९५ लाख ४८ हजार रुपैयाँ रहेको छ भने कुल दायित्व १ अर्ब ४१ करोड ४८ लाख ५७ हजार रुपैयाँ रहेको छ।

वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ऋणात्मक २.७९ रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ भने १०५.९६ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*