लगानीकर्ताको हितमा लडेको नेष्डो समृद्ध लघुवित्तले अब नगद लाभांश मात्रै वितरण गर्ने

२१ श्रावण २०८०, आईतवार १२:५२

काठमाडौं । लगानीकर्ताको हितमा लडेको नेष्डो समृद्ध लघुवित्तले अब नगद लाभांश लाभांश मात्रै वितरण गर्ने भएको छ। कम्पनीले लाभांश संशोधन गरि अब नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कर सहित १५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रताव गरेको हो ।राष्ट्र बैंकले स्विकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले सुरुमा ५० प्रतिशत बोनस शेयर र २३.६८ प्रतिशत नगद लाभांश गरि कुल ७३.६८ प्रतिशत लाभांश बितरण गर्ने गर्ने प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकले १७.९३ प्रतिशत लाभांश मात्र बितरण गर्नको लागि स्वीकृति दिएको थियो ।विद्यमान विषम परिस्थितीमा संस्थाको वित्तीय अवस्थामा प्रत्यक्ष नकरात्मक प्रभाव पार्ने भएकोले लाभांश संशोधन गरि नगद मात्र वितरण गर्न प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*