नेपाल बैंकले माग्यो सीईओका लागि आवेदन, राजनीतिक दलसँग आवद्ध भएको व्यक्ति सोझै अयोग्य
काठमाडौं । बैंकिङ इतिहासमा नेपालकै जेठो ‘नेपाल बैंक लिमिटेड’ले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदन माग गरेको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै नेपाल बैंकले सीईओको पदपूर्तिका लागि आवेदन माग गरेको हो । सूचना प्रकाशित भएको मितिले २१...
नेपाल राष्ट्र बैंकले १७ अर्ब ४६ करोडको ट्रेजरी बिल नवीकरण गर्ने, भोली बोलकबोल
काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ र १ वर्षका लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । असोज २३ गते (मंलगबार) जारी हुने यस...
दशैंका लागि नयाँ नोट वितरण असोज २९ गतेदेखि, प्रतिव्यक्ति साढे १८ हजारका दरले नयाँ नोट सटही सुविधा
यस वर्षको दसैं र तिहारका लागि नेपाल राष्ट्र बैंकले यही असोज २९ देखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ...
महुली लघुवित्तको सञ्चालकमा आचार्य नियुक्त
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ सञ्चालक नियुक्त गरेको छ । कम्पनीले सञ्चालक समितिको सदस्यमा मोहन हरि आचार्यलाई नियुक्त गरेको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको निर्णयले उनलाई सञ्चालकमा नियुक्त गरेको हो ।
नारायणी डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा विष्णु रेग्मी नियुक्त
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको कम्पनी सचिवमा विष्णु रेग्मी नियुक्त भएका छन् । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले रेग्मीलाई कम्पनी सचिवमा नियुक्त गर्ने गरेको हो ।
सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो
काठमाडौं । सिटिजन्स बैंकले असोज १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ । बैंकको १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ मा म्याद लम्बिएर अब कात्तिक...
आरएसडिसी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
आरएसडिसी लघुवित्तले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरेको छ । संस्थाको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँको कुल ९।०५२६ प्रतिशतले हुन आउने ७ करोड ८७ लाख...
आजसम्म कायम शेयरधनीले सानिमा बैंकको लाभांश पाउने
काठमाडौं । सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली (असोज २२ गते) बुकक्लोज गर्दैछ । जसअनुरुप आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा...
चेक अनादरसम्बन्धी व्यवस्था समेटेर बैंकिङ कसुर तथा सजाय विधेयक संसद्मा दर्ता
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले उक्त विधेयक प्रतिनिधिसभामा दर्ता गराएका हुन् । बैंकिङ तथा वित्तीय प्रणालीको कारोबारमा हुन सक्ने चेक अनादरजस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन...
अधिकांश माइक्रोफाइनान्स कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट, कस्को कति ?
काठमाडौं । साता काराबारको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । बजार घटेसँगै माइक्रोफाइनान्स उपसूचक पनि ०.४८ प्रतिशतले घटेको छ । बिहीबार माइक्रोफाइनान्स सेक्टरबाट कुल ५४ कम्पनीहरु कारोबारमा आएका थिए । जसमध्ये १५ कम्पनीको शेयरमूल्य बढेको छ...
लगानीकर्तालाई बैंकको शेयर किन्ने सुवर्ण अवसर, कुनको कति ?(सूचीसहित)
काठमाडौं । यो साता शेयर बजार कारोबारको अन्तिम दिनमा दोहोरो अंकले घटेको छ । अघिल्लो साता २००४ मा बन्द भएको शेयर बजार यो साता १९५६ को विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजारमा सामान्य अंकले...
एभरेष्ट बैंकद्वारा एक सय भन्दा बढी चालकहरुलाई वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि. तिलोत्तमा रुपन्देहीलाई वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ । लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित एक विशेष कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले...
गरिमा विकास बैंकद्वारा क्रेडिट कार्डमा ईएमआई सेवा सुरु
काठमाडौं । नेपालमा करिब तिन दशक अगाडी सुरुवात भएको क्रेडिट कार्ड सुविधामा आजसम्म पनि सीमित नेपालीहरुको मात्र पहुँच पुगेको देखिन्छ । क्रेडिट कार्डको प्रयोग, उपयोगिता र फाइदा सम्बन्धी जागरुकताको कमीले गर्दा नै यसको पहुँच आम जनमानसमा नपुगेको मान्न सकिन्छ...
यस्तो छ गभर्नर अधिकारीको सिग्नेचर रहेको २० रुपैयाँको नयाँ नोट (फोटोसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि २० रुपैयाँको नयाँ नोट चल्तीमा ल्याएको छ । सर्वसाधारणको जानकारीका लागि राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेर नोट चल्तीमा ल्याएको हो । यस्तो छ, नयाँ नोट फोटोः स्रोत-नेपाल राष्ट्र बैंक पहिले कै (साविक)आकार...
निजी क्षेत्रले भन्यो-‘राष्ट्र बैंकले पुनर्कर्जाको माग सुनेन, १ खर्बको पुनर्कर्जा जरुरी’
काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको क्याप र रियल इस्टेट कर्जामा लोन टु भ्यालु बढाए पनि पुनर्कर्जा सम्बन्धी माग पूरा नभएको भन्दै जिनी क्षेत्रले मन खिन्न पारेको छ । राष्ट्र बैंकले निजी क्षेत्रका अधिकाशं माग पुरा गरेको...
प्रभु बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला
काठमाडौं । प्रभु बैंक लिमिटेडले २० हजार २०२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । संस्थापक शेयरधनी शुशिला देवी सिंघानियाको नाममा रहेको १० हजार ९३५ कित्ता, रजन श्रेष्ठको नाममा रहेको ५ हजार कित्ता र नितु अग्रवालको...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ११ हजार २२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी लोकमाया गुरङको नाममा रहेको २ हजार ३०५ कित्ता, कृष्ण तारुम थापा मगरको नाममा रहेको ३ हजार ४५३...
५० लाखको मुद्दती निक्षेप खाता खोल्दा प्यान नम्बर अनिवार्य
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अब ५० लाख रुपैयाँभन्दा बढीको मुद्दती निक्षेप खाता खोल्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै अनिवार्य प्यान लिएको हुनुपर्ने व्यवस्था राखेको छ । कुनै...
कस्तो छ गभर्नर अधिकारीले सिग्नेचर गरेको २० रुपैयाँ ?, आजदेखि चल्तीमा आउँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि विक्रम संवत २०७९ लेखिएको २० रुपैयाँको नोट प्रचलनमा ल्याएको छ । सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले पहिले कै आकार र रंगमा संकेत नम्बर ८७ ठ ०००००१ देखि १८ त ९९९९९९ सम्मका नोट...
नेपाल राष्ट्र बैंकद्धारा १२ करोडको सीमा हटाएर १५ र २० करोडको नयाँ क्याप, घरजग्गाको ऋणको सीमा बृद्धि
काठमाडौं । लामो समयदेखि लगानीकर्ताहरुले माग गरिरहेको शेयर धितो कर्जाको १२ करोडको सीमा हटाउने नेपाल राष्ट्र बैंकले निर्णय गरेको छ । यद्यपि १२ करोडको सट्टामा १५ करोड रुपैयाँ व्यक्तिगत सीमा र २० करोड संस्थागत सीमा तोकेर क्याप भने कायमै...




















