पोखरा महानगरपालिकासँग बीमा प्राधिकरणको अन्तरक्रिया, बर्ग समुह पहिचान गरेर बीमा शुल्क अनुदान दिन अध्यक्ष सिलवालको आग्रह
काठमाडौं । नेपाल बीमा प्राधिकरणले गण्डकी प्रदेशस्थित पोखरा महानगरपालिकासँग बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक पुजन ढुंगेलसहितको उपस्थितिमा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ तथा अन्य जनप्रतिनिधिहरुलाई बीमा...
आँबूखैरेनीमा नेपाल बीमा प्राधिकरणको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले फागुन ७ गते आइतबार गण्डकी प्रदेशको तनहुँ जिल्लाको आँबूखैरेनी गाउँपालिकामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा आँबूखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले नागरिकका जोखिम...
नयाँ लघु बीमालाई पुँजि जुटाउन प्राधिकरणको निर्देशन, गार्डियन लघु लाइफको पुँजि जुट्दै, शेखर गोल्छा,भवानी राणा देखि दुगड समूहसम्मको लगानी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीलाई चुक्ता पुँजि जम्मा गर्ने निर्देशन दिईसकेको छ । बीमा प्राधिकरणले ४५ दिनभित्र हाल संचालनमा आउन लागेका लघुबीमा कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजि पुराउने निर्देशन दिएको हो ।बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले ४५...
नेपाल बीमा प्राधिकरणद्वारा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम प्रदान
काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता आधारभूत तालिम प्रदान गरेको छ । प्राधिकरणको मधेश प्रदेश कार्यालयको सहजीकरण तथा कृषि विभाग, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, क्लस्टर इकाई, सप्तरीको आयोजनामा फागुन २ गतेदेखि ५...
बीमा ऐन २०७९ को दफा ६९ को उपदफा (३) संसोधनको तयारीमा
काठमाडौं । प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेस भएको छ। यस ऐनले बैंक, बीमा र अन्य क्षेत्रमा भएको वित्तिय अपराधलाई रोक्दछ । प्रतिनिधिसभाको बुधबारको बैठकमा कानून, न्याय तथा...
बैंक तथा बीमा क्षेत्रको वित्तिय अपराध हटाउन ‘सम्पत्ति शुद्धीकरण कानुन परिमार्जन हुँदै, ऐन संसोधन प्रस्तावसहित प्रतिनिधि सभामा पेश
काठमाडौं । प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेस भएको छ। यस ऐनले बैंक, बीमा र अन्य क्षेत्रलाई पनि समेटेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा कानून, न्याय तथा संसदीय...
बीमा प्राधिकरणद्धारा संस्थागत सुशासन निर्देशिका संशोधन, मुनाफाको एक प्रतिशत सामाजिक कार्यमा खर्च गर्नैपर्ने, अन्य के-के छन् नियम ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको संस्थागत सुसाशन सम्बन्धी निर्देशिका संसोधन गरेको छ। प्राधिकरणले बीमकको संस्थागत सुसाशन सम्बन्धी निर्देशिका, २०७५ लाई समयसापेक्ष बनाउँदै बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकारीको प्रयोग गरि चौथौ पटक संसोधन गरेको हो...
बीमा दाबी भुक्तानी मागदर्शन संसोधन, न्यूनतम प्रमाण प्राप्त भएको १५ दिनमा बीमा दाबी भुक्तानी गनुपर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मागदर्शन दोस्रोपटक संसोधन गरेको छ। प्राधिकरणले बीमा दाबी भुक्तानी मागदर्शन, २०७६ लाई समयसापेक्ष संसोधन गर्दै बीमा ऐन को दफा १७० ले दिएको अधिकारीको प्रयोग गरि बीमा दाबी भुक्तानी मागदर्शन दोस्रोपटक संसोधन...
लघुबीमाको लाइसेन्स रोक्न माग गर्दै दायर रिट खारेज, सर्वोच्च अदालतका न्यायाधिश सेटिङमा परेको आशंका
काठमाडौं । सर्वोच्च अदालतले लघुबीमा कम्पनीको लाइसेन्स वितरण गैर कानुनी भएको भन्दै दायर भएको रिट आज खारेज गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधिश आनन्दमोहन भट्टराई र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलाशले रिट खारेज हुने आदेश जारी गरेको हो ।...
बीमा प्राधिकरण नियमनमा चुक्दै गएको धितोपत्र बोर्डको विश्लेषण, सुशासन वित्तीय पारदर्शीतामाथि प्रश्न
काठमाडौं । नेपाल धितोपत्र बोर्डले गत सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणको कार्यशैलीमाथि असन्तुष्टि जनायो । सेबोनका प्रबक्ता समेत रहेको मुक्ति श्रेष्ठले नियामक निकाय हुनुको नाताले बीमा प्राधिकरणबाट हुनुपर्ने कतिपय कुराहरु नहुँदा समस्या भएको...
एक महिनामै जीवन बीमा कम्पनीहरुको ८७ करोडको बीमा पोलिसी सरेन्डर, कसको कति? (तथ्यांक सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुबाट बीमतिहरुले चालु आर्थिक वर्षको पुस महिनामा ६ हजार ७८२ वटा बीमालेखबबाट ८७ करोड ४३ लाख रुपैयाँ बराबरको बीमापोलिसी त्याग गरेका छन् ।सबैभन्दा धेरै कारोबार गर्ने नेपाल लाइफ, नेशनल र एलआईसी नेपालको भने कारोबार बढी...
बीमा सचेतनाको लागि बीमा प्राधिकरणको रेडियो कार्यक्रम, देशैभर सबै एफएममा प्रसारण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जनचेतना जगाउन फरक बाटो अपनाएको छ । प्राधिकरणले नेपालका विकट तथा दुरदराजका आम जनतालाई बीमा सम्बन्धि जनचेतना फैलाउने उदेश्यले रेडियो कार्यक्रम संचालनमा ल्याएको हो । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक कार्यक्रम तयार...
नेपालगंजमा दुई दिने अन्डरराइटिङ तालिम सम्पन्न
काठमाडौं । नेपालगंजमा दुई दिने अन्डरराइटिङ तालिम सम्पन्न भएको छ। इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल र नेपाल इन्स्योेरेन्स प्रोफेसनलस् सेसाईटी (निप्स)को सयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बीमा प्राधिकरणका प्रदेश प्रमुख पूर्ण बहादुर थापा, बीमा विज्ञ तथा इन्स्योरेन्स...
समयमा वित्तीय विवरण नबुझाउने १० बीमा कम्पनीलाई बीमा प्राधिकरणको सचेत पत्र, हिमालयन रिले पायो पहिलो पत्र
काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणले समयमा वित्तीय विवरण नबुझाउने १० बीमा कम्पनीलाई सचेतपत्र पठाएको छ । बीमा प्राधिकरणले पहिलो पटक हिजो हिमालयन रि इन्स्योरेन्स कम्पनीसहितका बीमा कम्पनीहरुलाई सचेत पत्र पठाएको हो । प्राधिकरणले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई पहिलो...
सक्षम ब्यक्तिलाई बीमा गर्न प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छ: निर्देशक पौडेल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले न्यून आय भएका बर्ग पहिचान गरी नमूनाका रूपमा बीमा गरिदिने व्यवस्था गर्न गजुरी गाउँपालिकालाई आग्रह गरेका छन् । नेपाल बीमा प्राधिकरणद्वारा बागमती प्रदेशको धादिङ जिल्लाको गजुरी गाउँपालिकामा आयोजित बीमा सचेतना...
नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय संचालनमा, बीमकहरुसँग छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय संचालनमा आएको छ । बीमा प्राधिकरणले ६ वटै प्रदेशमा कार्यालय स्थापना गर्ने क्रममा पोखरामा स्थापना गरिएको नयाँ कार्यालय संचालनमा आएको हो । कार्यालय शुभारम्भ भएसँगै प्राधिकरणले निर्जिवन बीमा कम्पनीहरुसँग पहिलो छलफल...
क्रस होल्डिङ भएका तीन कम्पनीका अध्यक्ष र मर्जर कमिटिको टोली बीमा प्राधिकरणमा, चैतभित्र क्रस होल्डिङ हटाउन प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले क्रस होल्डिङ भएका तीन कम्पनीका अध्यक्ष र मर्जर कमिटि बोलाएर आज छलफल गरेको छ । नेपाल इन्स्योरेन्स, आइजीआई र प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष र मर्जर कमिटिबीच आज प्राधिकरणमा छलफल भएको हो। बीमा प्राधिकरणले चैत मसान्तभित्र...
लघुबीमाको लाइसेन्स वितरण रोक्न माग गर्दै दायर रिटमाथि सर्वोच्च अदालतमा माघ २९ गते सुनुवाई हुने
काठमाडौं । बीमा प्राधिकरणले गैर कानुनी रुपमा लघुबीमाको लाइसेन्स वितरण गर्न लागेको भन्दै परेको रिटमाथि यही माघ २९ गते सुनुवाई हुने भएको छ । २०७९ असोज २ गते दीपक कुमार बरालले दायर गरेको रिटमाथि असोज ५ गते नै पेशीमा...
बीमा प्राधिकरण लुुम्बिनी प्रदेश कार्यालयद्धारा जीवन बीमा कम्पनीहरुसँग छलफल, अण्डरराईटिङमा केन्द्रीत हुन निर्देशन
काठमाडौं । बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी प्रदेश कार्यालय प्रमुख उप निर्देशक पूर्ण बहादुर थापाको अध्यक्षतामा आज मंगलबार छलफल कार्यक्रम सम्पन्न भएको कार्यक्रममा जीवन बीमा...
सिरहाको अर्नमा गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया, बीमाप्रति विश्वास बढाउन अध्यक्ष यादवको सुझाव
नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा मधेश प्रदेशको सिरहा जिल्लाको अर्नमा गाउँपालिकामा आज बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक कुमार यादवले बीमाप्रतिको अन्यौल हटाई टोल टोलमा खुला रुपमा...

















