काठमाडौं–चितवन फास्ट ट्रयाक निर्माण गर्ने घोषणा

काठमाडौं । सरकारले बजेटमाफत काठमाडौं–चितवन फास्ट ट्रयाक निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत काठमाडौं–चित्लाङ–चितवनको यात्रा एक घण्टामा पुग्ने गरी द्रूतमार्फत (फास्ट ट्रयाक) निर्माण गरिने जनाए । साथै सरकारले चितवनबाट बुटवलसम्मको सडक यात्रालाई अझै छोटो बनाइने...


ज्येष्ठ नागरिकका लागि पार्क बनाईने

काठमडौं । सरकारले ज्येष्ठ नागरिक पार्क बनाउन बजेट छुट्याएको छ । ज्येष्ठ नागरिकको मिलनको लागि ज्येष्ठ नागरिक पार्क बनाउने व्यवस्था बजेटमा उल्लेख रहेको छ।


६८ बर्षमै बृद्धाभत्ता पाइने, सरकारले गर्यो यस्तो निर्णय

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता (बृद्ध भत्ता) अब ६८ वर्षमै उपलब्ध गराउने निर्णय गरेको छ । साथै सरकारले सामाजिक सुरक्षा भत्ता लिन नचाहने व्यक्तिहरुलाई सम्मान गर्ने जनाएको छ ।   सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ३४ अर्ब...


वैदेशिक रोजगारमा जानेहरुका लागि माग अनुसारको तालिम दिने

काठमाडौं । सरकारले वैदेशिक रोजगारमा जानेहरुका लागि गन्तव्य मुलुकको मागअनुसारको तालिम प्रदान गर्ने घोषणा गरेको छ । अर्थमन्त्री शर्माले आज संसदमा आगामी आवको बजेट घोषणामा यस्तो बताएका हुन् । साथै वैदेशिक रोजगारीको नयाँ गन्तव्यमुलुकहरुको पहिचान गरी विद्यमान श्रम सम्झौताको...


सर्वोच्च अदालतको फैसलाविरुद्ध संसदको बजेटमा पर्यो निजगढ विमानस्थल

काठमाडौं । सर्वोच्च अदालतको मानहानी हुने गरी सरकारले संसदमा निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने गरी बजेट प्रस्तुत गरेको छ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा निजगढ विमानस्थल निर्माण प्रक्रिया अझै अघि बढाउने घोषणा गरेका छन् ।...


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट विनियोजन गर्ने भएको छ । सरकारले औद्योगिक क्षेत्र विस्तारका लागि पनि उल्लेख्य बजेट छुट्याएको छ । त्यसैगरी नेपालमै वस्तुहरुको उत्पादन गर्नेर निर्यात प्रवर्द्धन...


प्रत्येक स्थानीय तहमा कृषि प्राविधिक उपलब्ध गराउने, कृषि बीमामा थप सहयोग

काठमाडौं । सरकारले प्रत्येक स्थानीय तहमा कृषि तथा पशुविज्ञान विषयमा स्नातक तह उत्तीर्ण ग जनशक्ति तथा सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने घोषणा गरेको छ ।हाल कृषि बीमामा कृषि बीमामा स्थानिय तहमा उचित प्रविधिक नहुँदा समस्या देखिएको थियो ।...


न्युन आय भएका श्रमिक तथा परिवारलाई ‘खाद्य सुरक्षा परिचय पत्र’ उपलब्ध गराइने

काठमाडौं । सरकारले न्युन आय भएका श्रमिक र गरिव परिवारहरुको पहिचान गरी उनीहरुको लागि खाद्य सुरक्षा परिचय पत्र व्यवस्था गर्ने घोषणा गरेको छ । आज संसदमा आगामी आर्थिक वर्षको बजेट घोषणामा अर्थमन्त्री शर्माले यस्तो घोषणा गरेका हुन् । देशमा...


निजि अस्पतालबाट स्वास्थ्य बीमा सेवा खारेज गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने घोषणा गरेको छ । सरकारले आज प्रस्तुत गरेको बजेटमार्फत निजि अस्पतालमार्फत स्वास्थ्य बीमा सेवा प्रवाह गर्ने हालको व्यवस्थालाई खारेज गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सहकारी र सामुदायिक अस्पतालहरुमा मात्रै...


५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने

काठमाडौं ।  सरकारले अव्यवस्थित बसोबास गर्नेलाई राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा जग्गाधनीपुर्जा वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षमा तीन सय स्थानीय तहका ५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने लक्ष्य राखिएको छ ।


प्रत्येक वर्ष २ लाख जनालाई रोजगार दिने सरकारको घोषणा, प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ७ अर्ब ५ करोड विनियोजन

काठमाडौं । सकारले प्रत्येक वर्ष रोजगार केन्द्र सेवा मार्फत २ लाख सूचीकृत बेरोजगारलाई रोजगार प्रदान गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद भवनमा आगामी वर्ष २०७९।०८० को लागि बजेट घोषणा गर्दै आगामी वर्षको प्रधानमन्त्री रोजगारी कार्यक्रमको...


वन तथा वातावरण मन्त्रालयलाई १३ अर्ब रुपैयाँ विनियोजन

काठमाडौं । वन तथा वातावरण मन्त्रालयलाई १३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार वन तथा वातावरण मन्त्रालयलाई सो रकम विनियोजन गरिएको बजेटमा उल्लेख छ ।


परियोजना धितोमा ऋण पाइने

काठमाडौं । अब गभेन्चर क्यापिटलबाट पूँजी व्यवस्थापन गर्ने गरी परियोजना धितोमा ऋण पाइने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।


प्रत्येक संघ, प्रदेश र स्थानीय तहमा सीपमूलक तालिम संचालन गरी रोजगारीको अवसर सिर्जना गरिने

काठमाडौं । सरकारले प्रत्येक संघ, प्रदेश र स्थानीय तहमा सीपमूलक तालिम संचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने घोषणा गरेको छ । आज संसद भवनमा अर्थमन्त्री जर्नादन शर्माले आगामी आव २०७९।०८० को बजेट घोषणा गर्दै यस्तो बताएका हुन् । सबै...


सहकारी संस्थाको कूल लगानीको ५० प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने

काठमाडौं । सरकारले सहकारी संस्थाको कूल लगानीको ५० प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था मिलाउने जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले सहकारी संस्थाको कुल लगानीको ५० प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था मिलाउने जनाएका हुन् ।  


७५३ वटै स्थानीय तहमा सुपथमूल्य पसल खोल्ने घोषणा

काठमाडौं । सरकारले देशका ७५३ वटै स्थानीय तहमा सुपथमूल्य पसल सञ्चालन गर्ने घोषणा गरेको छ । आज संसदमा प्रस्तुत बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो ।   हाल सल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यापार कम्पनीमार्फतबाट मात्रै सहुलियत पूर्ण पसल...


निजगढ विमानस्थल बजेटमा समेटियो

काठमाडौं । सरकारले निजगढ विमानस्थललाई बजेटमा समेटेको छ ।अर्थमन्त्री जनार्दन शर्माले निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने योजना बजेटमार्फत सार्वजनिक गरेका छन् ।


प्रदेशसँगको सहकार्यमा वृक्षारोपण कार्यक्रम संचालन गर्ने

काठमाडौं । प्रदेशसँगको सहकार्यमा वृक्षारोपण कार्यक्रम ल्याउने भएको छ । सरकारले १० अर्ब रुपैयाँ सबै प्रदेशका लागि वृक्षारोपण कार्यक्रम संचालन गर्ने व्यवस्था गरेको बजेटमा उल्लेख गरेको छ।  


किसान हित कोषमा किसानले जम्मा गर्ने १० प्रतिशत रकम सरकारले जम्मा गरिदिने

काठमाडौं । सरकारले ‘किसान हुनुमा आत्मसम्मान र गौरव बृद्धि गर्न किसानसँग सरकार कार्यक्रम अन्तर्गत योगदानमा आधारित किसान पेन्सन योजना सुरु गर्न किसान हित कोषको निर्माण गरिने घोषणा गरेको छ । उक्त कोषमा हरेक महिना किसानहरुले जम्मा गर्ने १० प्रतिशत...


सरकारले विदेशी लगानीको न्यूनतम सीमा २ करोडमा सिमित

काठमाडौं । सरकारले विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको छ ।।आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले रु. १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था समेत मिलाएको बजेटमा उल्लेख रहेको छ। उनका...