वैदेशिक रोजगारीमा जानेलाई विना धितो ऋण दिने सरकारको तयारी

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण उपलब्ध गराउने योजना अघि बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहज ऋणको व्यवस्था गर्न तयार गरेको कार्यविधिको मसौदा अन्तिम चरणमा पुगेको छ। श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीको...


विद्युत् प्रसारण लाइनमुनि रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्युत् प्रसारण लाइनमुनि रहेका घर, टहरा, पर्खाललगायत संरचना हटाउन ३५ दिने अल्टिमेटम जारी गरेको छ। महानगरको सहरी व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गर्दै विद्युत् ऐन २०४९ र विद्युत् नियमावली २०५० अनुसार प्रसारण लाइनको मुनि तथा...


नागरिक लगानी कोषको शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा

काठमाडौँ। नागरिक लगानी कोषका सहभागीहरूले शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् । कोषका सबै शाखा कार्यालयहरूबाट सहभागीहरुलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको छ । कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा...


बीमा प्राधिकरणले मंसिर २१ गतेसम्म अभिकर्ताको परीक्षा सञ्चालन गर्ने (सूचनासहित)

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले यही मंसिर १६ गतेदेखि २१ गतेसम्म जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणले सञ्चालन गर्ने उक्त परीक्षा बिहान ११ बजेदेखि २ः३० बजेसम्म सञ्चालन हुने भएको छ । कार्यालयले एक सूचना प्रकाशित...


वैदेशिक रोजगार बीमा : सन नेपाल र एशियन लाइफ अग्रस्थानमा, नेपाल र नेशनलबीच तीव्र प्रतिस्प्रर्धा

काठमाडौँ । सरकारले अनिवार्य गरेको म्यादी जीवन बीमाको दायर बढ्दै गएको छ । देशमा रोजगारी सिर्जना नभएपछि कामको शिलशिलामा विदेश जाने नागरिक बढ्दा म्यादी बीमाको दायरा बढ्न लागेको हो । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा बैदेशिक रोजागर बीमालेखबाट...


३७ स्थानको मतपरिणाम सार्वजनिक: कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो

काठमाडौँ । आइतबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेसले १६ वडामा विजय हासिल गर्दै पहिलो स्थानमा उभिएको छ। माओवादी केन्द्रले एउटा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ६ वडामा जित निकाल्दै दोस्रो स्थानमा रहँदा एमालेले एउटा अध्यक्ष र उपाध्यक्षसहित पाँच वडामा...


‘सत्ता जोगाउन’ ओलीको चीन दौडाहा, बीआरआईको नयाँ सम्झौता हात्तीको देखाउने दाँत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणबारे विभिन्न टिप्पणीहरु भइरहेका छन् । अन्तर्राष्ट्रिय मामिलाका जानकारहरुमध्ये कतिपयले यसलाई बहुआयामिक एवं रणनीतिक महत्वको अर्थपूर्ण भ्रमण भनेका छन् भने केहीले यसलाई वर्तमान सत्ता जोगाउने दौडाहा भनी टिप्पणी गरेका छन् ।...


सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधि गरी ७९ जना बोकेर प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार चीनतर्फ प्रस्थान गरेका छन्। चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल भ्रमणमा सहभागी भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, विभिन्न मन्त्री, मुख्यसचिव तथा उच्च पदस्थ...


यस्तो छ हाथवे इन्भेष्टमेण्ट नेपालको १६औं वार्षिक साधारणसभाको माइन्युट

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा कात्तिक २५ गते सम्पन्न भएको छ । सभा काठमाडौंको आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर...


हेटौंडा सिमेन्ट उद्योग पुसको पहिलो साताबाट पुनः उत्पादनमा फर्कने तयारीमा

काठमाडौँ । हेटौंडा सिमेन्ट उद्योगले आगामी पुस महिनाको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ। मङ्सिरमै उत्पादन सुरु गर्ने योजना भए पनि उद्योगको बिभिन्न उपकरण मर्मतकार्य नसकिएकाले प्रक्रिया केही ढिलो भएको छ। उद्योगका अनुसार क्लिनिकलर मेसिनलगायत...


सोमबार घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


‘सिटिजन एन्युअल बिजनेश रिट्रेट २०८१’ पोखरामा सम्पन्न, २५५ जना अभिकर्ता प्रशिक्षित तथा सम्मानित

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन एन्युअल बिजनेश रिट्रेट २०८१’ पोखरामा सम्पन्न भएको छ । कम्पनीले आयोजना गरेको उक्त कार्यक्रम मंसिर १४ गतेदेखि १६ गतेसम्म सञ्चालन भई पोखराको ग्रान्डमा भव्य रुपमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका...


साना किसान विकास लघुवित्तको लाभांश घोषणा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १४ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये १३.३० प्रतिशत बोनस शेयर र ०.७०...


सिद्धार्थ केवलकारले पुस ४ गतेदेखि १ः१२५ अनुपातमा हकप्रद जारी गर्ने

काठमाडौं । सिद्धार्थ केवलकार लिमिटेडले पुस ४ गतेदेखि १ः१२५ अनुपात अर्थात् विद्यमान १ कित्ता शेयर बराबर नयाँ १.१२५ कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले ६७ लाख ५० हजार कित्ता हकप्रद मंसिर १५ गतेसम्म कायम...


कति छ आज कालीमाटीमा तरकारीको मूल्य?

काठमाडौं । कालीमाटी तरकारी बजारमा मंसिर १७ गतेका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेडा ८० रुपैयाँ, लोकल बन्दा र स्थानीय काउली ६० रुपैयाँ तथा इस्कुस १५ रुपैयाँ किलो न्यूनतम मूल्य कायम भएको छ। कालीमाटी फलफूल...


युरो र पाउन्डको भाउ बढ्दा अमेरिकी डलर स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिदमूल्य १३४.८८ रुपैयाँ र बिक्रीमूल्य १३५.४८ रुपैयाँमा स्थिर रहेको छ। शुक्रबारदेखि डलर यही भाउमा स्थिर रहेको हो। यता युरो भने २३ पैसाले बढेर खरिदमूल्य १४२.६६ रुपैयाँ र बिक्रीमूल्य १४३.२९ पैसा...


नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर १७ गते) अन्तिम दिन रहेको छ। कम्पनीले एघारौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १८ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्दैछ। यसर्थ आजसम्म कायम शेयरधनी...


आईएमई ग्रुपसँग मिल्दा ताप्लेजुङमा एमाले संकटमा, योगेश भट्टराई बहिस्कार अभियान तीव्र

काठमाडौं । ताप्लेजुङ जिल्लाको पाथिभरामा देशकै ठूलो व्यापारिक घराना आइएमई ग्रुपले बनाउने लागेको केवलकारका कारण सत्ताधारी नेकपा एमालेको राजनीति धरापमा परेको छ । ताप्लेजुङ जिल्लामा विकास र समृद्धिमा ध्यान दिनुको सट्टा आइएमई ग्रुपको लगानी रहेको पाथिभरादेवी दर्शन केवलकार बनाउनका...


आजसम्म शेयर किन्नेले ङादी ग्रुपको हकप्रदमा आवेदन दिन पाउने

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि भोलि (मंसिर १८) बुक क्लोज गर्दैछ। यसर्थ आज सोमबारसम्म कम्पनीको साधारण शेयर खरिद गर्ने लगानीकर्ताले मात्रै हकप्रदमा आवेदन दिन पाउनेछन्। यस कम्पनीले लगानीकर्तालाई १ कित्ता साधारण शेयर बराबर...


सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी लेखा राज्यलक्ष्मीको नाममा रहेको ८० हजार कित्ता शेयर बिक्रीमा राखेको हो। हाल उक्त शेयर बैंककै अन्य विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउछन्। शेयर खरिद...