वर्षाका कारण २५ जिल्लामा दुई दिन सवारी आवागमन बन्द
काठमाडौँ । तीन दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि सरकारले मध्य तथा पश्चिम नेपालका २५ जिल्लामा दुई दिन सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ। मनसुन प्रतिकार्य कमाण्ड पोष्टको शुक्रबार बसेको बैठकले धेरै वर्षा भएका तथा आगामी...
जगदम्बा मोटर्सले नेपाल भित्र्याउँदै स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प ट्रक
शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सद्वारा स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै काठमाडौँ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको अग्रणी व्यावसायिक सवारीसाधन निर्माता स्याक्म्यानका एक्स–५०००ई ६×४ विद्युतीय ट्र्याक्टर र एक्स–५०००ई ६×४ विद्युतीय डम्प ट्रक नेपालमा भित्र्याउने भएको छ ।...
१० रुपैयाँमै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट इसेवाले जात्रा पर्वलाई सुरक्षित र उत्साहपूर्ण रूपमा मनाउन ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक गरेको छ। हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा ल्याइएको यो बीमा योजना मात्र १० रुपैयाँमा उपलब्ध हुनेछ। असोज ७ गतेदेखि असोज १३...
ग्रिड कनेक्सनको मस्यौदामा इप्पानको १९ बुँदे माग: ‘उत्पादकमाथि मात्रै जोखिम नथोपर्नू’
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत् प्राधिकरणको ग्रिड कनेक्सन प्वाइन्ट तथा भोल्टेज लेभल परिवर्तनसम्बन्धी कार्यविधिको मस्यौदामा विद्युत् उत्पादकमाथि एकतर्फी रूपमा जोखिम र आर्थिक भार थपिन सक्ने भन्दै संशोधनको माग गरेको छ । इप्पान अध्यक्ष...
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिन यातायात महासंघको निर्देशन
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिन व्यवसायीलाई निर्देशन दिएको छ। महासंघले चाडपर्वका समयमा सार्वजनिक यातायातलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन...
उच्च हिमाली क्षेत्रमा भारी हिमपात
काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली न्यूनचापीय क्षेत्र भारतको ओडिशा तटीय क्षेत्र पार गरेसँगै त्यसको प्रभाव नेपालमा बढेको छ। उक्त प्रणालीको प्रभावका कारण आज र भोलि नेपालका अधिकांश भेगमा भारी वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिउँ हुरीसहित...
होण्डा ग्राहकलाई एनआईसी एशियाको आकर्षक अटो लोन, ६ कार्यदिनमै कर्जा प्रक्रिया
काठमाडौं । नेपालका लागि कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच होन्डाका ग्राहकहरूलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। यस सहकार्यको मुख्य उद्देश्य ग्राहकहरूलाई नयाँ होण्डा गाडी खरिद गर्न आर्थिक रूपले...
म्याद गुज्रेका सामानबाट गुदपाक–पुष्टकारी, चन्द्रागिरिका दुई उद्योग शिलबन्दी
काठमाडौं । म्याद नाघेका, किरा परेका तथा अखाद्य कच्चा पदार्थ प्रयोग गरी गुदपाक तथा पुष्टकारी उत्पादन गर्ने चन्द्रागिरिका दुई उद्योग शिलबन्दी गरिएको छ। अनुगमनका क्रममा लाखौँ रुपैयाँ बराबरका अखाद्य कच्चा पदार्थ तथा तयारी खाद्य सामग्री फेला परेपछि खाद्य प्रविधि...
सर्वोच्चको फैसलापछि इन्टरनेट महँगिने, शुल्क शतप्रतिशतसम्म बढ्ने संकेत
काठमाडौं । सर्वोच्च अदालतले दूरसञ्चार सेवा शुल्क सम्बन्धी विवादमा इन्टरनेट सेवा प्रदायकहरूले दायर गरेका रिट निवेदन खारेज गरेपछि फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको शुल्क बढाउने तयारी भएको छ । सेवा प्रदायकहरूले विगत सात वर्षदेखि ग्राहकबाट नउठाएको कर र त्यसमा थपिएको जरिबानाको...
कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन
काठमाडौँ । मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जल सतह बढ्न नदिन तीनवटै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको प्रक्षेपण गरेको र वर्षा लगातार भइरहेकाले जलाशयमा पानीको सतह बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै पूर्ण...
सप्तकोसीमा उर्लियो बाढी, एक घण्टामै ६ हजार ८३५ क्युसेकले बढ्यो बहाव
काठमाडौं । सप्तकोसी नदीमा पानीको सतह निरन्तर बढ्दै गएको छ। बिहीबारदेखि परेको अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजमा समेत जलसतह तीव्र रूपमा उकालो लागेको हो। शुक्रबार मध्याह्न १२ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा सप्तकोसीको जलसतह दुई...
भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ४५३ जना पुग्यो
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार ११ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय...
काठमाडौंमा फोहोर संकलन प्रभावित हुन सक्ने, सडकमा नफाल्न महानगरको आग्रह
काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं महानगरपालिकाले केही समय फोहर संकलन तथा ढुवानी प्रभावित हुन सक्ने जनाएको छ। महानगरपालिकाले ल्याण्डफिल साइटमा समेत पहिरो गई लेदोसहितको माटो खसिरहेको भन्दै फोहर व्यवस्थापनमा असहजता उत्पन्न भएको जनाएको हो। महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले...
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्सबीच सहकार्य: सवारी खरिदमा ८० प्रतिशतसम्म कर्जा
काठमाडौँ । नेपालमा वातावरण मैत्री, आधुनिक र दिगो यातायात सेवालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ हिमालय अर्गनाइजेसन (आयाम इन्टरकन्टिनेन्टल प्रा. लि., हिमालय मोटोरेक्स प्रा. लि. तथा सम्बद्ध कम्पनीहरू) र गोर्खाज फाइनान्स लिमिटेड बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।...
काठमाडौंको ‘लाइफलाइन’ बन्द, दशैं-तिहारको मुखमा आपूर्ति संकटको खतरा
काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न भागमा पहिरो र बाढीले राजमार्ग अवरुद्ध हुन थालेपछि संघीय राजधानी काठमाडौंको जनजीवन प्रभावित बन्न थालेको छ। काठमाडौं उपत्यका भित्रिने र बाहिरिने प्रमुख सडकमार्ग अवरुद्ध हुँदा सार्वजनिक यातायातका साधन काठमाडौंमै रोकिएका छन् भने दशैं–तिहारको...
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाको उच्चस्तरीय सत्रका क्रममा आज अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसँग साइडलाइनमा द्विपक्षीय भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको उक्त भेटवार्तामा उनीहरुबीच नेपाल–अस्ट्रेलिया सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको...
सुनको मूल्य घट्यो, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति...
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, विमानस्थलमा यात्रुको चाप
काठमाडौँ । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ। निरन्तरको वर्षा र धुम्म वातावरणका कारण भिजिबिलिटी कम हुँदा विभिन्न गन्तव्यका उडान प्रभावित भएका हुन्। उडान प्रभावित भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको छ। मौसममा सुधार नआउँदा पोखरा,...
भारी वर्षापछि देशभरका सडक प्रभावित, दर्जनौं सडकमा आवागमन रोक
काठमाडौं । लगातारको वर्षा र भारीदेखि अति भारी वर्षाको सम्भावनाका कारण देशका विभिन्न जिल्लामा सडक तथा राजमार्गको आवागमन प्रभावित भएको छ। बाढी, पहिरो, सडक भासिने तथा कटानको जोखिमलाई मध्यनजर गर्दै विभिन्न जिल्लामा रातको समयमा सवारी आवागमन रोक लगाइएको छ...
यस्तो छ आज तरकारी र फलफूलको भाउ
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज ९ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार सानो लोकल गोलभेंडा ७० रुपैयाँ, लोकल बन्दा ७० रुपैयाँ, स्थानीय काउली १४० रुपैयाँ, घिउ सिमी ७०...



















