७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

नेपाल राष्ट्र बैंकले साउन २४ गते ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आगामी मंगलबार ९१ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको आज बोलकबोल हुनेछ। राष्ट्र बैंकले ९१ दिनका...


नेपाल फाइनान्सले आजदेखि संस्थापक सेयर लिलामी बिक्री खुला

काठमाडौं । नेपाल फाइनान्सले आजदेखि ११ लाख ३४ हजार ७१६।१८७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन...


सानिमा माई हाइड्रोपावरको यस्तो देखियो चौथौ त्रैमास

काठमाडौं । सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।यस त्रैमाससम्ममा हाइड्रोपावरको नाफा ३२।९८ प्रतिशत ले बढेर ५४ करोड ५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४० करोड ६४ लाख...


आदर्श लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । भर्खरै आइपीओ निष्काशन गरेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा उछाल आएको छ । गत आवको असार मसान्तसम्ममा लघुवित्तले ६८ लाख ९३...


रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरको मर्जरपश्चात एकिकृत कारोबार सुरु

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले मर्जरपश्चात एकिकृत कारोबार सुरु गरेको छ । दुबै कम्पनीले गत असार ३१ गतेदेखि एकिकृत कारोबार शुरु गरेको हो। २०७८ कात्तिक १२ गते सम्पन्न रिडी हाइड्रोपावरको २० साधारण सभा...


युनिलिभर नेपालको खुद नाफा अर्ब नाघ्यो

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले १ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ खुद...


एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा अब भदौ १ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकले ‘एभरेष्ट बैंक लिमिटेड...


सयपत्री हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै, १५ लाख बढी आवेदकको हात खाली

काठमाडौं । सयपत्री हाइड्रोपावरले साउन १३ गतेदेखि १७ गतेसम्म निष्काशन गरेको आईपीओ आज बाँडफाँड हुँदैछ । हाइड्रोपावरको आइपीओ आज बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ। कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन...


अभियान लघुवित्तको आइपीओमा २० लाख ४३ हजारको आवेदन

काठमाडौं । अभियान लघुवित्तको आइपीओमा २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आइतबार साँझ ५ बजेसम्ममा २० लाख ४३ हजार २० जनाले २ करोड ३१ लाख १६ हजार १९० कित्ताका लागि आवेदन...


सयपत्री हाइड्रोपावरको आईपीओ प्रि–अलटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

काठमाडौं । सयपत्री हाइड्रोपावरको साधारण सेयर (आईपीओ) को प्रि–अलटमेन्ट सम्पन्न भएको छ । प्रि–अलटमेन्ट कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यलयमा सम्पन्न भएको हो । आईपीओको बाँडफाँड पर्सी मंगलबार गर्ने तयारी भएको एनआईबिएल एस क्यापिटलले जनाएको छ।...


सिभिल बैंकले वार्षिक ११% ब्याज भएको ऋणपत्र निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं । सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ५ वर्ष अवधि भएको वार्षिक ११ प्रतिशत ब्याज पाइने ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन पेश गरेको छ । बैंकले अंकित मूल्य १००० रुपैयाँ दरका...


शेयरबजारमा सामान्य सुधार, १२ उपसूचकमा हरियाली छाउँदा जीवन बीमा समूहको घट्यो

काठमाडौं । गत साता घट्न पुगेको शेयरबजारमा आज सामान्य सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक १०.२७ अंकले बढेर २१२३ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता शेयर किनबेच हुँदा...


मनकामना स्मार्ट लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से १० अंकले बढ्दा २१३२। ८२ को विन्दुमा कायम भएको छ। आज मनकामना स्मार्ट लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, तेह्रथुम पावर, उपकार लघुवित्त, गृहेश्वरी लघुवित्त, एनआईसी एशिया सेलेक्ट फण्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।


नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयरबजार सामान्य अंकले बढ्न पुगेको छ । गत साता घट्न पुगेको नेप्से परिसूचक आज १०.२७ अंकले बढेर २१२३ को विन्दुमा कायम भएको छ । नेप्से सामान्य अंकले बढेसँगै आज कारोबार भने अघिल्ला दिनको तुलनामा...


महालक्ष्मी विकास बैंकको नाफासँगै इपीएस बढ्यो

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९५ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा ४४...


लाभांश वितरण नगर्ने ज्योति लाइफको निर्णय, वित्तीय विवरण पारित

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को वित्तीय विवरण पारित गरी नियामक निकाय बीमा समितिमा...


१५ प्रतिशत लाभांश दिने एशियन लाइफको घोषणा, लगानीकर्ताले साढे १४ प्रतिशत बोनस शेयर पाउने

काठमाडौं । एशियन लाइफ इन्स्योरन्स कम्पनीले आव २०७७।०७८ मा आर्जित मुनाफाबाट १५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यही साउन २० गते बसेको सञ्चालक समितिको निर्णय ढिलोगरी बीमापोष्ट प्राप्त भए अनुसार कम्पनीले १४.५ प्रतिशत बोनस शेयर र कर...


३६ लघुवित्तको वित्तीय विवरण सार्वजनिक हुँदा एकमात्रै अर्ब क्लबमा, कसको मुनाफा कति ? (तथ्याङ्कसहित)

काठमाडौं । हालसम्म ३६ वटा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका छन् । संचालनमा रहेका ६७ लघुवित्तमध्ये आधा लघुवित्त संस्थाहरुले आफ्नो वित्तीय विवरण प्रकाशित गरेका हुन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय...


गोर्खाज फाइनान्सको खुद नाफामा गिरावट, इपीएस कति ?

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९ करोड २१ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा कम्पनीको नाफा ११.५९ प्रतिशतले...


रिजर्भको आकार बढाउँदा नयाँ सारथी लघुवित्तको नाफामा सामान्य सुधार, अन्य सूचक कस्तो ?

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा ७ करोड ९० लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९.६९...