बिग्रियो देशको अर्थतन्त्र, चालु खाताको घाटा खर्ब नाघ्यो

४ चैत्र २०७७, बुधबार ०९:४८

काठमाडौं । नेपालको अर्थतन्त्र पछिल्लो तीन महिनामा नराम्ररी बिग्रिएको छ । आयात ह्वात्तै बढ्दा चालु खाता समेत घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु खाता एक खर्ब एक अर्ब ९० करोड रुपैयाँले घाटा रहेको छ ।

विवरण अनुसार चालु आवको सातौं महिनासम्म आइपुग्दा आयात आठ खर्ब तीन अर्ब ६४ करोड रुपैयाँको पुगेको छ भने व्यापार घाटा सात खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । वर्तमान अर्थमन्त्री विष्णु पौडेलको कार्यक्षमतामाथि गम्भिर प्रश्न चिन्ह उठ्ने गरी बढेको आयात यद्यपी यो अघिल्लो वर्षको भन्दा ०.७ प्रतिशतले कम हो।

केन्द्रीय बैंकको तथ्याङ्क अनुसार शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति .२१ अर्ब ६१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको छ ।

यसैबीच, कोरोना भाइरसको महामारीको कारण विदेशीने नेपालीको संख्यामा उच्च गिरावट आएको छ । यद्यपि नेपालले प्राप्त गर्ने रेमिट्यान्स (विप्रेषण आप्रवाह) भने बढेको छ । चालु आर्थिक वर्षको ७ महिनामा नेपालले कूल पाँच खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको छ । अघिल्लो वर्षको तुलनामा १०.९ प्रतिशत बढी हो ।

तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनासम्म आईपुग्दा विदेश जाने नेपालीहरुको संख्यामा ७५.९ प्रतिशतको उच्च गिरावट आएको छ । समीक्षा अवधीको अघिल्लो वर्षमा उक्त संख्या २१.७ प्रतिशतले बढेकोमा यस वर्ष झनै घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*