नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा सन्तोष प्रसाई नियुक्त, बीमा समितिले दियो स्वीकृति

१२ चैत्र २०७७, बिहीबार १८:१९

काठमाडौं । बीमा समितिले हिजो स्वीकृति दिएसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओ नियुक्ती प्रक्रिया पूरा भएको छ । यसअघि सञ्चालक समितिले सिईओ नियुक्ती गरे पनि लामो समयसम्म बीमा समितिमा अनुमतिको लागि कागजात पुगेको थिएन ।

गत साता बीमा समितिमा पुगेको नेपाल लाइफको फाईललाई बीमा समितिले बुधबार स्वीकृत गरेको जनाइएको छ । बीमा समितिबाट स्वीकृति पाएसँगै प्रमुख कार्यकारी अधिकृत प्रसाईले सिईओको रुपमा कार्य प्रारम्भ गरिसकेको सो कम्पनीले जनाएको छ । प्रसाई चार वर्षका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा नियुक्त भएका हुन् । उनको यो पहिलो कार्यकाल हो । यसअघि चार वर्षभन्दा बढि डेपुटी सिईओ भएर काम गरिसकेका छन् ।

बीमा समितिको माथिल्लो तहका पूर्व कर्मचारी प्रसाई २०७३ सालमा नेपाल लाइफमा प्रवेश गरेका थिए । उनलाई सिईओ नियुक्ती गर्न नहुने भन्दै बीमा समितिमा उजुरी परेको भएपनि सो उजुरी बीमा समितिले दर्ता नै नगरेको उजुरीकर्ताले गुनासो गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*