युनियन लाइफको नयाँ बोनसदर स्वीकृत, अधिकतम् बोनस ७२ रुपैयाँसम्म

५ बैशाख २०७८, आईतवार ०९:०३

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आव २०७५।०७६ को लागि नयाँ बोनसदर स्वीकृत भएको छ । बीमा समितिले गत चैत्र २० गते स्वीकृत गरेको नयाँ बोनसदरमा कम्पनीले अधिकतम् ७२ रुपैयाँसम्म बोनस दिने भएको छ ।

स्वीकृत बोनसदर अनुसार २०७६ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रति हजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७२ रुपैयाँसम्म बोनस दर गणना गर्न पाउनेछ ।

सावधिक तथा बालबच्चा सावधिक जीवन बीमा योजना अन्र्तगत बीमा अवधिको आधारमा बीमितले प्रतिहजार न्युनतम ३० रुपैयाँ देखि ७० रुपैयाँसम्म पाउनेछन् । त्यस्तै, सावधिक जीवन बीमा योजनामा (एकल) मा न्युनतम २७ रुपैयाँ देखि ४० रुपैयाँसम्म बोनस पाउनेछन् भने सावधिक तथा आजीवन जीवन बीमा योजनामा बीमितहरुले न्युनतम ४२ रुपैयाँ देखि ७२ रुपैयाँसम्म बोनस पाउनेछन् ।

नयाँ बोनसदर अनुसार भुक्तानी सार्वधिक तथा आजीवन जीवन बीमा योजनाका सबै बीमितहरुले बीमालेखमा प्रतिहजार ५० रुपैयाँका दरले बोनस पाउनेछन् । कम्पनीले बिक्री गर्दै आएको अग्रिम भुक्तानी जीवन बीमा योजना अन्र्तगत बीमा अवधिको आधारमा न्युनतम २० रुपैयाँ देखि २८ रुपैयाँ र अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा न्युनतम २५ रुपैयाँ देखि ४० रुपैयाँ बोनस पाउने नयाँ बोनसदर तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*