युनियन लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ ११ मा हुने, शेयरधनीको हात खाली

२१ बैशाख २०७८, मंगलवार ०८:४७

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आगामी २०७८ साल जेठ ११ गते आव २०७५।०७६ को वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षमा आर्जित मुनाफाबाट लाभांश दिने निर्णय नगरेकाले यस साधारणसभाबाट शेयरधनीहरुले आर्थिक लाभ लिन पाउने छैनन् ।

कम्पनीले आज प्रकाशन गरेको सूचना अनुसार साधारणसभाले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, वासलात तथा नाफा÷नोक्सान हिसाव एवं नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचिहरु तथा नेपाल वित्तीय प्रतिवेदनमान बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने तथा खर्चहरु अनुमोदन गर्ने प्रस्ताव राखेको छ ।

कम्पनीले आगामी जेठ ११ गते विहान नौ बजे कम्पनीको रजिष्टर्ड कार्यालय सिद्धार्थनगर रुपन्देहीमा बार्षिक साधारणसभा आयोजना गर्ने जनाएको छ । साथै कोरोना महामारीका कारण यस वर्षको साधारणसभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*