आईएमई जनरल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रदलाई अनुमति

१२ जेष्ठ २०७८, बुधबार १०:५४

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले जारी गर्न लागेको ४० प्रतिशत हकप्रद शेयरले बीमा समितिबाट अनुमति पाएको छ ।

समिति उच्च स्रोतका अनुसार आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरलाई हालै अनुमति दिइएको हो । यसअघि अजोड इन्स्योरेन्स कम्पनीको हकप्रद रोकेको बीमा समितिले आईएमई जनरल इन्स्योरेन्स कम्पनीले पहिले नै प्रक्रिया सुरु गरेको र सो सम्बन्धी साधारणसभाबाट समेत बीमा समितिबाट स्वीकृत भएपछि मात्रै हकप्रद जारी गर्ने शर्त राखेर पास गरिसकेको सन्दर्भमा अनुमति दिइएको जनाएको छ ।

कम्पनीले अब धितोपत्र बोर्डबाट अनुमति लिएपछि मात्रै हकप्रद शेयर जारी गर्न पाउनेछ । कम्पनीको बैशाख १२ गते सम्पन्न भएको साधारणसभाले हकप्रद पारित गरेको भएपनि बीमा समितिबाट अनुमति लिनुपर्ने भएकोले आशंकाहरु जारी नै रहेको सन्दर्भमा बीमा समितिले आईएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयरको लागि अनुमति दिएको हो ।

हाल एक अर्ब १५ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजि भएको कम्पनीको हकप्रद शेयर जारी गरेसँगै एक अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजि पुग्नेछ । कम्पनीको चुक्ता पुँजि बढेसँगै कम्पनीले बहन गर्ने जोखिम समेत बढ्नेछ । जसबाट कम्पनीको पुनर्बीमा खर्च घट्न गई मुनाफामा बृद्धि हुने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*