१४ औं बार्षिकोत्सवको अवसरमा ‘प्राइम शुभलाभ जीवन बीमा योजना’को बिक्री सुरुवात

२२ जेष्ठ २०७८, शनिबार २२:३४

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसर पारेर आज अनौपचारिक रुपमा ‘प्राइम शुभलाभ जीवन बीमा योजना’ नामक नयाँ जीवन बीमा योजना बिक्री सुरुवात गरेको छ ।

कम्पनीले आजदेखि ‘प्राइम शुभलाभ बीमा योजना’ को बिक्री सुरुवात गरिएको जनाएको छ । नयाँ बीमा योजना समय सापेक्ष परिस्कृत र बीमितले थप लाभ पाउने खालको भएको सो कम्पनीले जनाएको छ । कम्पनीले आजदेखि बिक्री सुरुवात गरेको नयाँ बीमा योजनाको विस्तृत विवरण सार्वजनिक गरेको छैन । बीमा समितिबाट स्वीकृत भइसकेको सो बीमा योजना चलन चल्तीको बीमा योजना भन्दा केही फरक रहेको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*