सेन्चुरी बैंकको घोटाला काण्ड छानविन गर्न माग

एक करोड ३१ लाख रुपैयाँको कर्जा स्वीकृत हुँदा ऋणीको खातामा एक करोड मात्रै
२१ असार २०७८, सोमबार ०८:५२

काठमाडौं । सेन्चुरी बैंकमा भएको एक ऋण घोटाला काण्डको १५ दिनभित्र छानविन गर्न पीडितहरुले माग गरेका छन् । पीडित शान्ता शर्माले यही असार १३ गते नेपाल राष्ट्र बैंकको वित्तीय विभागमा दर्ता गराएको लिखित उजुरीमा आफूलाई बैंकले एक करोड ३१ लाख रुपैयाँ कर्जा स्वीकृत गरी एक कराड मात्रै उपलब्ध गराएर ३१ लाख रुपैयाँ हिनामिना गरेकोमा छानविनको माग गरेकी हुन् ।

२०७५ साल पुस २९ गते सेन्चुरी बैंकबाट ग्रिनहिल सिटीसँग त्रिपक्षिय करार गरी एक करोड रुपैयाँ ऋण लिएकी शान्ता शर्मालाई सेन्चुरी बैंकले एक करोड ३१ लाख रुपैयाँ ऋण स्वीकृत गरी आफ्नो खातामा एक करोड रुपैयाँ मात्रै देखाएर घोटाला गरेको आरोप लगाएकी छिन् । झण्डै साढे दुई वर्षदेखि नियमित किस्ता तिर्दै आएकी शान्ता शर्मा त्यतिबेला छक परिन, जतिबेला बैंकले एक करोड ३१ लाख रुपैयाँ ऋण दिएको भन्दै करारमा संलग्न ग्रिनहिल सिटीमा पत्र पुग्यो । आफूले एक करोड मात्रै ऋण लिएर नियमित सावा ब्याज तिर्दै आएकी शर्माले एक करोड ३१ लाख रुपैयाँ कर्जा स्वीकृत भएको भन्ने व्यहोराको बैंकले पत्राचार गरेको सम्बन्धीमा ग्रिन हिलले चासो राखेपछि दुई पक्षका बीचमा विवाद उत्पन्न भएको थियो । सो विवाद बैंकले समयमा सल्टाउन नसक्दा अहिले केन्द्रीय बैंकमा पुगेको हो ।

 

नेपाल राष्ट्र बैंकमा २०७८ बैशाख ५ गते पहिलो उजुरी दर्ता गराएका पीडितहरुले पुनः दोस्रो उजुरी दर्ता गर्दै १५ दिनभित्र छानविन गर्न माग गरिएको छ । सामाजिक अभियान्ता दिपेन्द्र कँडेल र उनकी श्रीमती शान्ता शर्माले २०७७ साल माघ ११ गतेदेखि पीडक सेन्चुरी बैंक हुँदै नेपाल राष्ट्र बैंकसम्म पुग्दा समेत छानविनमा तदारुकता नदेखाएपछि आफ्नो सम्पत्तिको सुरक्षाको लागि १५ दिनभित्रमा छानविन गर्न माग गरिएको इन्जिनियर दीपेन्द्र कँडेलले बीमापोष्टलाई जानकारी गराए ।

नेपाल राष्ट्र बैंकमा दोस्रो पटक दर्ता गरिएको उजुरी समेत समयमा सुनुवाई नभए आफू कडा कानुनी बाटो अवलम्वन गर्ने चेतावनी सहितको उजुरी दर्ता गराएका छन् । ऋणीको नाममा प्रवाह भएको कर्जा दुरुपयोग भएको बारे नियामक निकाय नेपाल राष्ट्र बैंकमा पटक पटक उजुरी गर्दा समेत न्याय नपाएपछि अब कानुनी लडाई लड्ने तयारीमा लागेको इन्जिनियर दीपेन्द्र कँडेलले बताए ।

One thought on “सेन्चुरी बैंकको घोटाला काण्ड छानविन गर्न माग

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*