सेन्चुरी बैंकको घोटाला काण्डमा संलग्नलाई राष्ट्र बैंकको संरक्षण, पीडितले न्याय पाउन सकेनन्

टोप बहादुर सोती (मनिष)
७ मंसिर २०७८, मंगलवार १७:२५

काठमाडौं । सेन्चुरी बैंकले ग्रिनहिल सिटीको घर बिक्री गरेको भन्दै प्रवाह गरेको कृत्तिम ऋण काण्डमा संलग्न बैंकका जिम्मेवार अधिकारीहरुलाई नेपाल राष्ट्र बैंकले नै संरक्षण गरेको देखिएको छ ।

सेन्चुरी बैंकका पीडित शान्ता शर्मा र इन्जिनियर दीपेन्द्र कँडेलले २०७८ बैशाख ५ गते र गत असार १३ गते नेपाल राष्ट्र बैंकमा आफू पीडित भएको भन्दै लिखित उजुरी दिएको र सो उजुरीको सम्बन्धमा कुनै सुनुवाई नभएको फेला परेको छ ।

पीडितहरुले उजुरी दिँदा एक करोड ३१ लाख रुपैयाँ ऋण स्वीकृत भएको तर शान्ता शर्माको नाममा त्रिपक्षिय सम्झौता बमोजिम जम्मा एक करोड रुपैयाँ मात्रै ऋण पाएको भन्दै पीडित शान्ता शर्माले बैशाख ५ गते नेपाल राष्ट्र बैंकमा लिखित निवदेन दिएकी थिइन् ।

सो निवेदनमाथि कुनै कारवाही नभएपछि शान्ता र शर्मा र उनका श्रीमान दिपेन्द्र कँडेलले पुनः दोस्रो पटक राष्ट्र बैकमा उजुरी दिएका थिए । दोस्रो पटक उजुरी दिएको विषय सार्वजनिक सञ्चार माध्यममा समेत प्रकाशित भएको थियो । तर, राष्ट्र बैंकले कारवाही नगरी सेन्चुरी बैंकले भित्रभित्रै जतिसक्दो छिटो कीर्ते नक्कली ऋण प्रवाह गरेको काण्ड मिलाउन लगाएको देखिएको छ ।

पीडित उजुरी दिएपछि बैंकले पटक पटक पत्राचार गरेर घटनामा आफू माथि पर्न खोजेको देखिएको छ । अर्कै बैंकमा धितोमा भएको जग्गालाई ग्रिनहिल सिटीले २०७५ साल पुसमा शान्ता शर्मालाई बिक्री गर्ने सम्झौता गरेको थियो । सोही सम्झौताको आधारमा सेन्चुरी बैंकले ग्रिनहिल सिटीसँग सेटिङमा २०७५ पुस ९ गते एक करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । बैंकले ऋणी शान्ता शर्माको नाममा एक करोड ३१ लाख रुपैयाँ ऋण स्वीकृत गरी जम्मा एक करोड मात्रै ऋण दिएको थियो । तर, ग्रिन हिल सिटीले उक्त जग्गाबापत ऋण नै नलिएको भन्दै पत्र पठाएपछि अहिले आएर उक्त ऋण नै कीर्ते भएको ऋणीको नाममा ऋण देखाएर रकम अज्ञात समुहले चलाएको विश्वास गरिएको छ । जोसँग त्रिपक्षिय सम्झौता गरिएको हो, सोही पक्षले ऋण नपाएको लिखित जानकारी दिएको अवस्था र बैंकले समेत ऋणीभन्दा बाहेकको व्यक्तिसँग एक करोड रुपैयाँ फिर्ता गर्न पत्र लेखिएको अवस्थाले घटना झनै रहस्यमय बनाएको छ । त्यसैले सो घट्नामा नियामक निकाय केन्द्रीय बैंकको निष्पक्ष छानविन आवश्यक देखिएको हो ।

सेन्चुरी बैंकको घोटाला काण्ड छानविन गर्न माग

रोचक कुरा के छ भने बैंकले शान्ता शर्मासँग एक करोड रुपैयाँ ऋण प्रवाह भएको भन्दै २०७५ साल पुसदेखि मासिक सावा ब्याज लिँदै आएको थियो । ऋण एउटाको नाममा उक्त ऋण बापत सावा ब्याज अर्को व्यक्तिबाट असुल गर्दै आएको सेन्चुरी बैंकले प्रवाह गरेको ऋण शंकाको घेरामा परेको छ ।

बैंकका शाखा प्रमुख दीपेन्द्र बिष्ट, सेन्चुरी बैंकका तत्कालिन सिईओ तुलसी राम गौतम र ग्रिनहिल सिटीका अध्यक्ष भेषराज लोहनीको मिलेमतोमा प्रवाह भएको एक करोड रुपैयाँ ग्रिन हिल सिटीमा अल्झिन पुगेको छ ।

घरजग्गा माफिया भेषराज लोहनीको ग्रिनहिल सिटीले समेत चरम फटाई गरेको पाइएको छ । बैंकलाई थाहै नदिई अन्य बैंकमा धितोमा भएको जग्गा दोस्रो पक्षलाई बिक्री गर्न एक करोड तीन लाख रुपैयाँ बैना लिई सेन्चुरी बैंकसँग त्रिपक्षिय करार गरी घर जग्गा खरिदकर्ताको नाममा एक करोड रुपैयाँ लिन लगाई आफ्नो खातामा जम्मा गरी दुरुपयोग गरेको पाइएको छ ।

ग्रिनहिल सिटीमा एक करोड फसेपछि सेन्चुरी बैंक तनावमा, रकम फिर्ता गर्न गैर कानुनी पत्राचार

बैंकबाट लिएको कर्जा दुरुपयोग गर्ने ग्रिनहिल सिटीलाई कालोसूचिमा राख्नुपर्नेमा उल्टै बैंकले शान्ता शर्माको नाममा जारी भएको कर्जा ग्रिनहिल सिटीलाई फिर्ता गर्न पत्र लेखेको घटनाले नेपालको बैंकिङमा नियमन फितलो रहेको पुष्टि हुन आएको छ ।

सबै तथ्य प्रमाणहरु सञ्चार माध्यमबाट सार्वजनिक हुँदा समेत केन्द्रीय बैंकले अनुसन्धान नगर्नु, पीडितले दिएको उजुरीमाथि समेत सुनुवाई नगर्नुले केन्द्रीय बैंककै उच्च पदस्थ अधिकारीले सो घटनामा संलग्न अभियुक्तहरुको संरक्षण गरेको आशंका गरिएको छ ।

केन्द्रीय बैंकले समयमा छानविन नगर्दा पीडितले न्याय नपाएको गुनासो गरेका छन् ।

 

यस्तो छ, सेन्चुरी बैंक घोटालाको प्रमाण

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*