शिक्षा र बीमाको ज्योति एकसाथ छर्दै मञ्जु पुडासैनी, भन्छिन्, ‘सरकारी जागिर छोडेरै भएपनि बीमा व्यवसायलाई अझै फराकिलो बनाउँछु’

३२ जेष्ठ २०८०, बिहीबार २०:०२

काठमाडौं । अहिले मञ्जु पुडासैनीको जीवनको केही कुराको अभाव छैन । अभाव छ त बीमा व्यवसायमार्फत आम सर्वसाधारणको जोखिम व्यवस्थापनलाई अझै फराकिलो बनाउने हुटहुटीको लक्ष्य पुग्न भने अझै बाँकी छ । नेपाल सरकारको जागिरे (शिक्षक पेशा) सँगै घर, परिवार सम्हाल्दै जीवन बीमा व्यवसायमा प्रवेश गरेकी मञ्जु पुडासैनी हाल आइएमई लाइफको चिफ एजेन्सी म्यानेनजरको रुपमा कार्यरत छिन् । मञ्जु पुडासैनीको काम दैनिक रुपमा ज्योति छर्ने हुँदै आएको छ । दिउँसो विद्यालयमा शिक्षाको ज्योति छर्दै आएकी छिन् भने अन्य खाली रहेको समयमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमार्फत बीमाको ज्योति छरेर आम नागरिककलाई बीमामार्फत जोखिम रक्षावरण गर्दै आएकी छिन् ।

मनमोहन मेमोरियल क्याम्पस र विद्यालयमा समेत अध्यापन गराउनु मञ्जुको दैनिकी हो । उनले शिक्षण पेशासँगै जीवन बीमा क्षेत्रमा प्रवेश गरेको दुई बर्षमै राम्रो सफलता हासिल गर्न सफल भएकी छिन् । शिक्षण पेशाको साथ–साथै बीमा अभिकर्ता पेशा रोजेकी मञ्जुको दैनिकी बनेको छ, शिक्षण । सरकारी काम हो, त्यसैले विद्यालय समयमा विद्यार्थी पढाउने र अन्य समयमा बीमितहरुलाई पढाउने र अभिकर्ता बन्न चाहनेलाई पढाउने ।

शिक्षाको ज्योति छर्ने मञ्जुले विगत दुई बर्षदेखि बीमाको ज्योति छरेर यसै क्षेत्रमा आफ्नो व्यक्तित्व विकास समेत भइरहेको बताँउछिन् । जीवन बीमा अभिकर्ता बनेर समाज सेवा गर्ने भन्दै बाँकी जीवन बीमामा समर्पित गर्ने अबकोे योजना मञ्जुको छ ।

बीमा अभिकर्ता र सरकारी शिक्षण पेशा रोज्नुपर्दा के रोज्नुहुन्छ ? भन्ने प्रश्न आँउदा उनी बीमा अभिकर्ता पेशालाई नै रोज्ने बताँउछिन् । शिक्षण पेशा मात्रै नभई उनी राजनीतिक रुपमा पनि सक्रिय छिन् । आइएमई लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी गोविन्द जोशीको उत्प्रेरणाबाट बीमा क्षेत्रमा आएकी मञ्जु सन् २०२२ की एमडिआरटी लक्ष्य चुम्न सफल भइसकेकी छिन् । बीमा आफैले नबुझी कसरी अरुलाई बुझाउन सकिन्छ भन्ने मान्यता राख्ने मञ्जुले आफ्नै परिवारको बीमा गराएर बीमा पेशामा प्रवेश गरेको पनि आज दुई बर्ष बितिसकेको छ ।

अभिकर्ता पेशामा आउनुअघि मेट लाइफमा बीमा गराएकी मञ्ज्ुले कम्पनीबाट आएको रकमले पुनः बीमा गराएर भविष्यको आउने भविष्यको सुरक्षण गराएकी थिईन् । बीमा गराउन फिल्डमा पुग्दा बीमाको बारेमा बुझेको धेरै भेटेको तर बीमा गर्नु नै पर्छ भन्ने जमात थोरै भोटेको अनुभव उनी सुनाउछिन् । बीमाको बारेमा बीमितहरुलाई ग्रास रुटदेखि जानकारी दिनु अझै जरुरी रहेको बताउने मञ्जु बीमा अभिकर्ता र बीमा कम्पनी दुवैको मेहनत उत्तिकै आवश्यक रहेको बताउँछिन् । सुरुमा बीमालाई राजनीति जस्तै काम नलाग्ने क्षेत्र रुपमा बुझेकी मञ्जुले अहिले यो पेशालाई उनी आफै खुलस्त रुपमा बीमा ज्ञान बाढ्दै, ज्योति छर्दै हिड्न पाउँदा गर्व लाग्ने बताउँछिन् ।

जगिरे जीवनको दौडधुप, थकान, प्रतिस्पर्धीले गर्ने खुराफातसँगको पौठेजोरी खेल्दै बीमा व्यवसाय हात पार्न निकै चुनौतिको सामना गर्नुपर्ने उनको अनुभव छ । ‘यद्यपि यो पेशामा स्वतन्त्रता मिल्छ । जुन मैले महसुस गरेको छु । मैले दुई बर्षको अवधिमा यस पेशाबाट पाएको सन्तृष्टी र खुसीले नै आज मलाई समाजसेवीको स्थान पनि दिएको छ । जुन मेरो लागि गौरवको कुरा हो,’ पुडासैनी भन्छिन् ।

नेपाली पितृसत्तात्मक समाज, जहाँ पुरुषको तुलनामा महिलालाई कमजोर ठानिन्छ । निर्णय प्रक्रियामा पनि कम स्थान दिइन्छ । पुरुषको तुलनामा थोरै मात्र महिला सफल हुन्छन् । हुन त जागिर जीवन बिताइरेहकी उनी जागिरको शिलशिलामै नै बीमा अभिकर्ता पेशामा आवद्ध हुन् पुगिन् ।उमेरले ४० बर्ष कटेपनि अबको जोश र जागरलाई भने उनी बीमा क्षेत्रमा उपयोग गर्न चाहन्छिन् । बीमाको जानकारी लिने शिलशिलामा बीमा अभिकर्ता पेशामा आवद्ध भएकी मञ्जु चिफ एजेन्सी म्यानेनजरको रुपमा काम गर्दै अरुलाई पनि बीमाको ज्ञान बाढ्दै आईरहेकी छिन्।

मञ्जुले बीमा अभिकर्ता पेशाको तालिममा सहभागी भएपछि यहि पेशामै लाग्ने निधो गरिन् र लाईसेन्स पनि लिईन् । लाइसेन्स लिइसकेपछि मञ्जुले पहिलो बीमा आफनै परिवारको बीमा गरिन् । मञ्जुले तालिममा सुरु–सुरुमा बीमाको प्रस्ताव लिएर आफन्तकोमा जानुस् सजिलो हुन्छ भन्ने सिकेकी थिईन् । सोही बमोजिम उनले आफ्नै परिवारबाट अभिकर्ता पेशा सुरु गर्न पहिलो पोलिसी बिक्री गरेर यस पेशामा पाईला राखिन् ।

तालिम त लिईन्, नयाँ काम कसरी सफल हुने थाहा थिएन् । बीमा कसको गर्ने होला भन्ने दोधारमा थिईन् उनी । परिवारको बीमाको प्रस्ताव स्वीकार गरेपछि उनलाई हौसला मिल्यो । र उनी अघि बढ्दै गईन् । अभिकर्ता पेशालाई सामाजिक पेशा तथा सर्वोत्कृष्ट पेशाका रुपमा लिँदै मञ्जुले भनिन्, ‘अभिकर्ता पेशा यस्तो पेशा हो, जहाँ लागे पछि सबै कुरा पाईन्छ ।’

‘आर्थिक पाटो, इज्जत, पब्लिक रिलेशनलगायत समाजमा सामाजिक कार्य गर्न पाईन्छ । सबै दृष्टिकोणले हेर्दा अभिकर्ता पेशा उत्तम पेशा हो । बीमा अभिकर्ता त्यस्ता व्यक्ति हुन्, जसले समाजमा छरिएर रहेको स–साना पैसालाई टिपेर ल्याएर ठुलो ठुलो फण्ड सृजना गर्ने, जोखिममा रहेका आमजनमानिसलाई सानो रकम तिरेको आधारमा भोलि भविष्यमा हुने जोखिमलाई सामना गर्न सघाउँछन्,’ मञ्जु पुडासैनी थप प्रष्ट पार्छिन ।

आफु आवद्ध भएको कम्पनी कुन हो, त्यो कम्पनीमा के कस्ता खालका बीमा पोलिसीहरु छन्, कुन व्यक्तिलाई कस्तो पोलिसी आवश्यक छ भन्ने लगायतका कुरामा जो सुकै अभिकर्ता पनि जानकार हुनुपर्ने मञ्जुको अनुभव छ ।

इमान्दारिता, निरन्तरता, धैर्यता, समयमा चलायमान रहनु पर्दछ । उनी सानैदेखि पढाईमा अब्बल थिईन् । शिक्षक पेशा र अभिकर्ता पेशामा उनले धेरै अन्तर पाईन् । शिक्षक पेशामा विद्यालय गयो आयो । बाहिरी मान्छेसँग भेट नहुने । त्यो एकोहोरो पेशा थियो । बीमा अभिकर्ता पेशामा जोडिएपछि मञ्जुले आफैमा परिवर्तन भएको पाईन् । आर्थिक रुपमा अझ सबल हुन पुगिन् । सबै तह र तप्काका मानिससँग भेट हुने अवसर पाईन् । जीवन जीउने कला र नयाँ सम्भावनाको ढोका खुलेको रुपमा पनि बुझिन् ।

सरकारले पनि अभिकर्तालाई आर्थिक पाटोको मेरुदण्ड हुन् भनेर बुझ्न जरुरी रहेको उनले दावी गरिन् । उनी भन्छिन्, “जीवन बीमा सबै जनालाई नभई नहुने कुरा हो । तर आज पनि नेपाली समाजमा जीवन बीमालाई बुझ्ने थोरै छन् । बुझेर बीमा गर्ने मान्छे थोरै छन् ।

‘म अहिले धनी छु । मेरो आम्दानी पनि राम्रो छ । यस्तो अवस्थामा मलाई बीमा किन चाहियो र भन्ने खालका मानिसहरु पनि बजारमा पाईन्छन् । तर समय एकैनास नहोला । हामी सधै यहि अवस्थामा रहि रहदैनौँ । समयसँगै हाम्रो उमेर सकिन्छ । उमेर छँदै, कमाई छँदै बीमा गर्ने हो भने बुढेसकालको लौरो जीवन बीमा बन्न सक्छ’ बीमाको महत्वबारे उनी भन्छिन् । ‘यो पेशा सजिलै सफल हुने पेशा त होईन । लडेपछि उठिन्छ भन्ने आँटलाई भने लिएर हिड्नुपर्छ’, उनले भनिन्।

सबैको हौसलाले आफू यहाँसम्म आईपुगेको बताउने मञ्जु बीमा कम्पनीजस्तै नियामक निकाय र सरकारले पनि बीमा अभिकर्ताहरुलाई हौसला दिनुपर्ने बताउँछन् । ‘सबैको हौसला भयो भने पुँजि निर्माण हुने बीमा क्षेत्रमा हामीले धेरै योगदान गर्न सक्छौं ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*