स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक निलम्बनमा परेसँगै ५ जना सदस्यले दिए सामूहिक राजीनामा

३० आश्विन २०८०, मंगलवार २०:२८

काठमाडौं ।  स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौलास्वास्थ्य बीमा बोर्ड धरासायी बन्दै गएको छ ।

केहीदिन अगाडी मात्र बीमा बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौलालाई निलम्बन गरिएको थियो । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले अघिल्लो दिन मात्र बोर्डको निमित्त निर्देशकमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा। मदन उपाध्यायलाई जिम्मेवारी दिएका थिए ।

निमित्त निर्देशक नियुक्ति गरेको भोलीपल्टै स्वास्थ्य बीमा बोर्डका ५ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् । मंगलबार उनीहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई सामूहिक राजीनामापत्र बुझाएका हुन्।

राजीनामा दिनेहरुमा बोर्डका मनोनित सदस्यहरु डा। सुरेश तिवारी, डा।तारा साह, चन्द्र थापा, टीका चापागाई भट्टराई र इन्द्रकला राई रहेका छन् ।

९ महिनादेखि बोर्ड अध्यक्ष नियुक्त नगरेको, बीमा कार्यक्रम गिजोल्न गलत मनसायले कार्यकारी निर्देशकलाई निलम्वन गरेको, आवश्यक जनशक्ति व्यावस्थापन नगरेको भन्दै उनीहरूले राजिनामा दिएका हुन् । बीमालाई स्वायत्त बन्न नदिएको उनीहरूको आरोप छ ।

उनीहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेत र सरकार बीमालाई सक्न लागी परेको आरोप लगाएका छन् । बोर्ड ८ महिनादेखि अध्यक्ष बिहीन बन्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*