विकास बैंकको शेयर मूल्य सस्तिदै, प्रतिकित्ता कतिमा किन्न मिल्छ ?

१० चैत्र २०८०, शनिबार १४:१५

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन विकास बैंकको शेयरमा पहिरो गएको छ । यस दिन विकास बैंकको शेयर मूल्य १८.२४ अकंले घटेर ४०४४.५९ बिन्दुमा बन्द भएको छ ।

बिहिबारको दिन ९ विकास बैंकको शेयर मूल्य ओरालो लागेको छ भने ६ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । यस दिन गरिमा विकास बैंकको शेयर मूल्य स्थिर रहेको छ ।

अन्तिम कारोबारको दिन सर्वाधिक शेयर मूल्य बढाउने कम्पनीको कर्णाली डेभलपमेन्ट बैंक रहेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९.२३ प्रतिशत अर्थात ३७ रुपैयाँ ४० पैसाले बढेर ४४२ रुपैयाँ ४ पैसा रहेको छ । यता, सिन्धु विकास बैंकको १.४२ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्टको १.०२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य आज सर्वाधिक घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३.६ प्रतिशत अर्थात ११.३ रुपैयाँले घटेर ३०३ रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*