मौरी घारको भन्दा, मौरीको घारमा भएको फ्रेमको आधारमा बीमा हुन्छ

बीमा प्राधिकरणले तोकेको मापदण्ड बाहिर गए कारवाही हुन्छ
धनबहादुर मगर
१९ बैशाख २०८१, बुधबार ०९:४५

काठमाडौं । बैशाख १४ राष्ट्रिय किसान आयोगले मौरी पालक कृषकका समस्या र समाधान विषयक अन्तरक्रियात्मक कार्यक्रम गर्यो ।
उक्त कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष डा.प्रेम दंगालले मह खाने र उत्पादन गर्ने जीव मात्र नभई समस्त सृष्टिलाई बचाउने जीव भएको बताए ।

उनले प्रसिद्ध वैज्ञानिक आइन्सटाइनले मौरी समाप्त भएको ४ वर्ष पछि मानव जातिनै समाप्त हुने भनेर भनिएको भनाईलाई उद्धृत गदैए मौरीको संरक्षण गर्न ध्यान दिनुपर्ने बताए ।

मौरी संरक्षण नीति प्रवद्र्धन जरुरी छ । सुन्दै जाँदा झन् सुन्न मन लाग्छ । प्रसिद्ध वैज्ञानिक अल्वर्ट आइन्सटाइनले सापेक्षितकताको प्रतिपादन गरे । साथमा उनले मौरीको बारेमा भने, मौरी मरेको ४ वर्ष पछि मानव अस्तित्व समाप्त हुन्छ भनेको छ ।

बेलायतमा प्रत्येक घरमा बिरालो पाल्ने गथ्र्यो । मुसाले बिरालोले खाने, मुसाले मौरी र भमरा जस्ता किटहरु खाने, गर्नाले खाद्यान्न उत्पादनमा समेत कमी हुने गरेको बताए तर बिरालो पाल्ने गरेपछि वनस्पति देखि खेतीबालीको उत्पादन बढ्न थाल्यो ।

मौरी संरक्षणमा ढिलाई गर्न नहुने बताउँदै सृष्टि धान्ने, कृषि उत्पादन बढाउने, मौरीलाई हामीले चिन्न सक्नु पर्ने बताए । सानो सेक्टर छ भनेर सोच्नु गलत कुरा हो । मौरीलाई विदेशमा जैविक विविधतासँग जोडेर संरक्षण गर्दै आएकोमा नेपाल त्यसमा पछि परेको बताए ।

साथै कार्यक्रम बजारको समस्या सम्वोधन गर्न आयतलाई प्रतिस्थापन गर्ने हो । वैधानिक ढंगले र अवैधानिक ढंगले भएको उत्पादनलाई विस्थापन गर्ने हो । विश्व व्यापार संगठनको सदस्य लिएपछि राज्यले मेजर डम्पिङ्ग ः अवैधानिक ढंगले भएको उत्पादन विस्थापन गर्ने हो । अति डम्पिङ्ग मेजर्स बाहिरबाट आउनेलाई रोक्ने हो । अन्तिम अल्टिमेट डम्पिङ्ग मेजर आन्तरिक उत्पादनलाई संरक्षण गर्ने । नेपालमा उत्पादन गरिने मौरीमा विदेशी र वहुर्राष्ट्रिय कम्पनीहरुले लगानी गरेको छैन । वहुर्राष्ट्रिय कम्पनी आयो भने नेपाली किसानको हित विरुद्ध हुन सक्छ ।

मौरी पालन क्षेत्रमा उत्पादनमा लगानी गर्ने, मौरी पालन व्यवसायीलाई सपार्ने । महको बजार व्यवस्थापन र मौरी विकासमा नीति निर्माण तयार गरी कार्यन्वयनमा जाने हो । विकसित देशहरुमा ल्याव टेष्ट गर्ने सुविधा छ । रसायनिक विषादीको अवशेष छ छैन भनेर विषादीको जाँच गर्ने चलन छ ।

साथै आयोगले जनशक्ति व्यवस्थापन, मौरीका लागि एम्वुलेसन्स, पर्यटनमूखी मौरी पालन, पयर्टकीय रुपमा लोभ्याउने गरि आउलेटहरुको निर्माण हुनुपर्छ भनेर सिफारिस गरेको छ । कर्जा, अनुदान, बिमा नीति जारी, कृषि कर्जा व्यवहारिक पक्षलाई ध्यान दिनु पर्छ । संरचनात्मक बजेटको समस्या छ । आयातित महमा कर बढाई नेपाली महको बजार निर्माणमा सहज बनाउनु पर्छ । मौरी पालनमा क्षति भएमा क्षतिपूर्तिको व्यवस्था गर्ने, न्यून व्याजदरमा ऋण उपलब्ध गराउने, आदि कुरामा ध्यान दिनु आवश्यक छ ।

फुलहरु नफूल्ने समयमा कृतिम आहार व्यवस्थापन र कर छट । कृषि तथा फलफूलहरुमा परागसेचन गरी संरक्षण योजना, आधुनिक ब्राण्डको हनिमार्टको निर्माण, महलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने व्यवस्था । आधुनिक र मौलिक घारहरुको निर्माण, प्रशासनिक भवनको निर्माण, राज्यकोषबाट प्राप्त अनुदान उपलब्ध गराउनु पहल गर्नु पर्छ ।

जलवायू परिवर्तन र जथाभावी विषादी र रसायनिक मलहहरुको प्रयोगले मौरीमा पराग सेचन घट्दो अवस्था छ । कृषि बाली लगायत प्रायः बालीहरुमा रसायनिक विषादीहरुको प्रयोगमा रोक लगाउनु पर्छ ।

सेना र प्रहरीलाई ५/१० ग्राम मौरीको मह खुवाउने व्यवस्था गर्दा मौरीको मह नेपालमा नै खपत हुने सम्भावना बढ्छ । व्यवसाययिक मौरी पालक किसानका लागि दीर्घकालीन रुपमा योजनाहरु बनाउनु जरुरी छ । यसो गर्दा आर्थिक र प्राकृतिक रुपमा पनि मौरी संरक्षण र मानव हितमा हुनेछ ।

मौरी पालक महासंघ अध्यक्ष तीर्थकुमार श्रेष्ठले मौरी पालन विकास केन्द्र गोदावरीले मेलिफेरा मौरी पालन गर्ने किसानहरुको संख्या हालसम्म १० हजार रहेको बताए । साथै श्रेष्ठले प्रदेश र स्थानीय निकायमा मौरी पालनबाट आयआर्जन गर्ने किसानहरुको संख्या वृद्धि हुन नसकेको बताउँदै उत्पादन भने बढेको बताए । पालन गरेको मौरी, पालन नगरिएको मौरीको संरक्षण दुबैको हुनु जरुरी छ । रैथाने मौरी, सेरना मौरी, हिमालयन ३ रेञ्जमा पाईने मौरीको पोलिनेशन अवस्था कमजोर भएको कारण उत्पादनमा समेत असर पारेको छ ।

अढाई लाखको हाराहारी मौरी घारहरुमा मौरी पालन गरेका छन् । पालुवा मौरी र पालन नगरिएका मौरीको मौरी गोलामा पनि फरक हुन्छ । नेपालको मौरी पालन गर्ने भूगोलको छनौंट, मौरी उत्पादन गर्न सक्ने सम्भावना भएका स्थानको अनुसन्धान जरुरी छ । नेपालमा प्रशस्त मौरी उत्पादन गर्नसक्ने सम्भावना बढ्दो छ । महलाई पञ्चाम्रितको रुपमा खाने चलनबाट पनि महको उपभोग हुँदै आएको छ ।

उत्पादन बजारीकरणको उचित व्यवस्थापन गर्न नसक्दा समस्या आएको हो । रोयल जेली उत्पादन गर्न छाउराको आहार–विहार र स्याहार–सुसार ख्याल गर्नु पर्छ । रोयल जेली सेवनले यौवन रही रहन्छ भन्ने विश्वास छ । त्यसकारण पनि कस्मेटिक सामानहरूमा रोयल जेलीको प्रयोग गरिएको पाइन्छ । एक किलोग्राम कुटलाई ४ हजार रुपैयाँ पर्छ । मौरीले कुटलाई प्रोपोलिन चोपबाट संकलन गरी उत्पादन गरिन्छ । जस्मा इथानोल प्रोपोलिन १ लिटरको ७० हजार रुपैयाँ पर्छ । प्र्रोपोलिनहरु सुनभन्दा महँगो मानिन्छ । एनटीआईएनको २०१० मा प्रकाशित गरेको तथ्याङ्क अनुसार हजारौं किलो ग्राम मह निर्यात भएको आंकडा छ ।

१ लाख ७७ हजार हाराहारीमा स्थानीय मौरी पालन गरिएको छ । १० लाखको हाराहारीमा मौरी पालन गरेको छ भने महबाट मात्रै १० अर्ब भन्दा बढी आम्दानी लिन सकिन्छ ।

मौरीपालन क्षेत्रमा समस्याहरु चुनौंतीहरु :

मौरी प्रवद्र्धन नीति २०७३ ले मौरी बोकेका गाडीलाई एम्बुलेन्स सरह लिन्छ । मौरीपालनमा ढुवानी गर्दा विमाको व्यवस्था गरेको छ । ढुवानी गर्दा क्षति भएको छ भने विमा दावी गर्न पाइन्छ ।

हाम्रो नेपालीहरू अर्काले गरिखाएको देखि सहँदैन । क्वारेन्टाइनको समस्या छ । पढेर मात्र हुँदैन । काम गरेपछि धेरै कुरा सिकिन्छ । मौरी विज्ञको अभाव छ । गुणस्तरीय मौरी पालन गर्न गुणस्तरीय रानी उत्पादन गर्नु पर्छ । यसै आर्थिक वर्षदेखि नै रानी मौरीको उत्पादन गरिरहेको छ ।

जहाँ तथ्याङ्कको कुरामा भिन्नता छ । अभिलेखीकरण नगरीकन हुँदैन । कम्तीमा पनि ४०० रुपैयाँ महको उत्पादन गर्न लागत पर्छ । खेर गएका काठहरु मौरीका घार बनाउन प्रयोग गर्नसके नेपाली बजारमा महको उत्पादन लागत सस्तो हुनसक्छ ।

किसानको लागत अनुसार महको मूल्य प्राप्त हुनुपर्छ । नेपाली बजारमा स्वादेशी उत्पादनको मह भन्दा विदेशी मह बेचविखन भइरहेको छ ।
वन क्षेत्रमा अतिक्रमण हुँदा मौरीको वासस्थानहरु मासिएका छन् । चरण क्षेत्र खुम्चिदा समस्या छ । चरन क्षेत्र सञ्चालन गर्ने किसानलाई अनुदानको व्यवस्था हुनु पर्छ ।

किसानले आफैले मात्र बजार बजारसम्म पु¥याउन सक्दैन । (जङ्क फुड), पतुर खाना नेपाल भित्रै खपत हुन्छ । प्रवद्र्धन नीति, अगाडि बढाउन तोरीको उत्पादन, फलफूल जन्य बोट बिरुवाहरुको रोपण, गर्न जरुरी छ । तोरीका फूलहरु फुल्दा १४ प्रतिशत महको उत्पादन बढेको तथ्याङ्क छ । जलवायू परिवर्तनमा विषादीहरुको प्रयोगले मुस्ताङ्को फापर, स्याउमा पराग सेचन प्रणालीमा कमी आयो । जनशक्तिको कमी, बजारीकरणमा वेवास्ता, व्यवसायिक किसानहरुको खोज, कृषिमा आधुनिक प्रविधिको प्रयोग गर्न जरुरी छ । कृषि ऐन नबनेका कारण किसानहरु सेवा सुविधाबाट बञ्चित छ ।

मौरी पालन व्यवसायीहरुमा एकरुपता नभएको बताउँदै २०० सयमा रुपैयाँमा घर–घरमा गएर किन्ने र तिनै महलाई ८ सयदेखि ११ सय रुपैयाँ मूल्यमा बिक्री गर्ने गरेको बताए ।

मौरी पालक किसान शालिकराम बानियाँले भने म २० वर्षदेखि मौरी पालन गर्दै आएको छु । मेरो ४०० घारमा १०० गोला मौरीमा बीमा छैन । शुरुमा बिमा गर्दा महको लागि भनेर भन्यो । तर बिमाको दावी गर्दा मौरी गोलाको होइन महको लागि मात्र भन्यो । त्यसकारण मौरी बीमा सहज भएन । छ महिना देखि किसानहरुले मह खाटमुनी डम्पिङ्ग गरेको छ । नेपालमा मह भण्डारण गर्ने भण्डारको व्यवस्था छैन । ५० प्रतिशत भवन निर्माण गर्न अनुदान आएको थियो त्यो पनि गर्न सकिएन । मेशिनरी मौरी घारको लागि ६० प्रतिशत अनुदान हुनु पर्छ । निवर्तमान अध्यक्ष जानुका थपलियाले मौरी व्यवसायी संघले महलाई एकद्धारा प्रणालीमा लानु पर्ने बताए । नक्कली मह बेचेकालाई कारवाही नहँदा किसानहरु निराश भयो ।

कीट विकास निर्देशनालयका प्रमुख भोजराज सापकोटाले भारतले मौरी किसानहरुलाई संरक्षण गरेको छ । मौरी कृषकहरूलाई ६० प्रतिशत अनुदान दिएको छ । भारतसँग प्रतिस्पर्धा गर्न सक्दैन । भारतले, भारतका मौरी किसानहरुका लागि प्रधानमन्त्री मधुमख्खी परियोजना लिएर आएको छ । नेपालमा भारतको मह आयात् भइरहेको छ । यो अवस्थामा नेपालको मह दिगो हुन सक्दैन । व्यवसायिक संगठन नभईकन यस विषयलाई अगाडि बढाउन सक्दैन । वंश सुधार, नयाँ प्रविधिको विकास गर्न विदेशबाट लिएको ज्ञान लगाउनु पर्छ । संघीयता पछि सेवा विस्तार हुनु पर्नेमा संकुचन भयो । मौरीको घार उत्पादन गरेर नेपाली बजारमा मात्र नभई विदेशमा पनि निर्यात बढाउनु पर्छ ।

विमा लेखमा विमा प्राधिकरणले बनाएको मापदण्ड छ । नेपाल बिमा प्राधिकरणका प्राविधिक तथा उपनिर्देशक निर्मल अधिकारीले प्राधिकरणले बनाएको मापदण्डभन्दा बाहिर गएमा कारवाही गर्छ । माइग्रेशनमा लग्दा विमा हुन्छ । प्रति घारको फ्रेमको आधारमा बिमा भुक्तानी दिन्छ । एउटा मौरीको घारमा रहेको ५ वटा फ्रेमका लागि विमा हुन्छ । विमालेखमा प्राविधिक भन्ने छैन । १० वटा घार भएपुग्छ ।

छलफलका क्रममा १ वर्षमा पूरानो भएको घार फेर्नु पर्छ र राँगा–भैँसीको कुरा आउँछ, मौरीका लागि कहीँबाट कुरा उठ्दैन ।
तथ्याङ्कको अध्यवधि गर्ने कुरामा पटक–पटक कुरा उठ्छ । एकातिर किसान घटेको छ अर्कोतिर उत्पादन बढेको छ । छानिएर आएको र प्रविधिमा सुधार भएकोले उत्पादन बढेको हुनसक्छ । मौरीलाई किन प्राथमिकता दिन सकेको छैन ? बुल्गेरियाबाट रोयल जेली आएको छ । मौरीलाई राज्यको मुलधारमा लान सकेन ।

सरकारले पोलीनेशन कीट भने पनि डम्पीङ्ग बनाएर जेनेटीक जेनोसाइड गरेको छ । मैरी किसानका घरमा टनका टन मह थुप्रेका छन् । धेरै वर्ष पहिले बुल्गेरिबाट मह ल्याएर बेच्ने म नै हुँ । तर अहिले मह बाहिरबाट ल्याइएको छैन । मौरीले दिने अरु उत्पादन भन्दा मह सस्तो उत्पादन हो । सबभन्दा ठूलो समस्या बजारको छ ।

उत्पादन गर्न सके रोयल जेलीको राम्रो बजार छ । त्यसलाई बी पोलेन हाइभ्यालु भनिन्छ । हामीले किसानहरूलाई हँुदा खाने भन्दा पनि हुने खाने बनाउने हो । मह परीक्षण गर्ने ल्याब टेष्ट महत्वपूर्ण प्रविधि हो । महमा ग्लुकुोज, फ्रुक्टोज, ल्याक्टोज जस्ता महत्वपूण तत्व पाइन्छ । महको प्रशोधन गरि बजारमा लान सके राम्रा आम्दानी लिन सकिन्छ ।

नेपाली महलाई राज्यले बुझ्दैन पतञ्जली र डावरको मह खान्छ । अब शुरुवात हामीबाटै गर्नुपर्छ । प्रत्येक होटल स्कुल, कलेज, र सेना, प्रहरीहरु कहाँ मह पु¥याउनु पर्छ । राज्यले मौरीले मह बाहेक अरु केही बनाउँदैन भन्ने भ्रम छ । विद्यालयमा महको बारेमा पढाउनु पर्छ ।
नक्कली र सक्कली मह छट्याउने माध्यम भनेको उपभोक्ता नै सचेत हुनु पर्ने र सर्वसाधारण उपभोक्तालाई जनचेतनाको जरुरी छ । नेपालको मह विदेशमा किन जाँदैन । यूरोपमा नेपाली महको माग छ । तर ल्याव टेष्ट गर्न नसक्दा पठाउन सकिएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*