नवप्रवर्तनका लागि एक प्रतिशत बजेट छुट्याउने तयारी छः प्रधानमन्त्री प्रचण्ड

२० बैशाख २०८१, बिहीबार १३:४४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तनका लागि कोष स्थापना गर्ने बताएका छन्।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा बिहीबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै उनले कोषका निम्ति आवश्यक कानून तर्जुमा गर्ने गृहकार्य अघि बढिसकेको बताए।

कोषबाट हुने कामले यस क्षेत्रमा गुणात्मक फड्को मार्ने उनको भनाइ छ। नेपालको इतिहासमा पहिलो पटक नवप्रवर्तनका निम्ति भनेर पुँजीगत बजेटको १ प्रतिशत छुट्याउन लागेको उनले बताए।

‘नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तन कोष स्थापना गर्ने र सोका निम्ति आवश्यक कानून तर्जुमा गर्ने गृहकार्य अगाडि बढाइसकेको छ,’ उनले भने, ‘यो कोष र यसबाट हुने कामले यस क्षेत्रमा गुणात्मक फड्को मार्नेछ। नेपालको इतिहासमा पहिलो पटक नवप्रवर्तनको निम्ति भनेर हाम्रो पुँजीगत बजेटको एक प्रतिशत छुट्याइनेछ।’

युवाहरुलाई देशभित्र आशा जगाउन र अर्थतन्त्रमा गुणात्मक सुधार गर्न पनि कोषले भूमिका खेल्ने प्रधानमन्त्री दाहालको भनाइ छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*