लामो समयदेखि रोकिएका प्रसारण लाइन र सबस्टेशन निर्माण कार्य सम्पन्न हुँदा सहजता आएको छः राष्ट्रपति

१ जेष्ठ २०८१, मंगलवार १५:४३

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन भएको बिजुली प्रसारण र वितरणमा सहजता आएको बताएका छन्।

मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले विभिन्न कारणले लामो समयदेखि रोकिएका प्रसारण लाइन र सबस्टेशन निर्माण कार्य सम्पन्न हुँदा सहजता आएको बताए।

उनले जलविद्युत उत्पादनको जडित क्षमता दुई हजार नौ सय ४० मेगावाट पुगेको बताए।

कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युत पहुँच पुगेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले छिमेकी मुलुक भारत र बंगलादेशमा विद्युत निर्यात सुनिश्चित भएको बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*