लघुबीमाको लाइसेन्सका लागि प्रतिकित्ता ५५ रुपैयाँदेखि १०० रुपैयाँसम्म घुस रकम संकलन

काठमाडौं । बीमा समितिले खुल्ला गरेको लघुबीमाको लाइसेन्स लिन बिचौलिया र माफियाहरुले प्रतिकित्ता ५५ रुपैयाँ देखि १०० रुपैयाँसम्म संकलन गरिरहेका छन् । घुस सेटिङमा दर्ता हुन लागेको लघुबीमा कम्पनीको लाइसेन्स वितरण गर्ने बीमा समितिको निर्णय गैर कानुनी रहेको भन्दै...


गैर कानुनी रुपमा लघुबीमाको लाइसेन्स वितरणबारे १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश, अन्तरिम आदेशबारे ९ गते छलफल हुने

काठमाडौं । सर्वोच्च अदालतले गैर कानुनी रुपमा लघुबीमाको लाइसेन्स वितरण गर्ने कार्य गर्नुको कारण १५ दिनभित्र पेश गर्न नेपाल सरकार र बीमा समितिको नाममा आदेश जारी गरेको छ । बीमा समितिले गैर कानुनी रुपमा वितरण गर्न लागेको लघुबीमाको लाइसेन्स...


एसएलएफको अवधी बढाउन बैंकर्स संघको माग, दशैंमा तरलता अभाव हुन नदिन राष्ट्र बैंक समक्ष आग्रह

काठमाडौं । नेपाल बैैकर्स संघले राष्ट्र बैंकको तरलता परिचालन सम्बन्धी टुल्स स्थायी तरलता सुविधा (एसएलएफ) को समयावधी बढाउन आग्रह गरेको छ । संघले दसैंको समयमा लामो समय बिदा हुने भएकोले एसएलएफको अवधि बढाउन नियामक निकाय राष्ट्र बैंक समक्ष आग्रह...


चार जीवन बीमा कम्पनीद्धारा लाभांश प्रस्ताव, कुनले कति दिए ?(लाभांश इतिहाससहित)

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्न सुरु गरेका छन् । लाभांश घोषणा सिजन सुरु भएसँगै १० वटा म्युचुअल फण्ड र एक हाइड्रोपावर कम्पनीले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् । म्युचुअल फण्डहरुसँगै यता जीवन बीमा कम्पनीहरुले समेत...


लघुबीमा लाइसेन्स गौरकानुनी भएको भन्दै सर्वोच्चमा मुद्धा दर्ता

काठमाडौं । लघुबीमा लाइसेन्स गौरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा  मुद्धा दर्ता भएको छ। लघु बीमा सम्बन्धी व्यवसाय गर्ने छुट्टै बीमा कम्पनी स्थापना गर्न सकेमा हाल सबै निर्जिवन बीमा कम्पनीहरुले घाटा व्यहोर्दै आएको तर जिल्ला तोकेर अनिवार्य गरिएको लघु बीमाको...


सेबोनको छ अर्ब सेटिङमा अर्थ समिति हस्तक्षेप गर्दै, भ्रष्टाचार रोक्ने उद्देश्य कि हिस्सा खोज्ने दाऊ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले छ अर्ब रुपैयाँ भन्दा बढि घुस सेटिङमा दर्ता गर्न लागेको स्टक एक्सचेन्ज कम्पनीको लाइसेन्सबारे संसदको अर्थ समितिले चासो देखाएको छ । तर, अर्थसमितिको पत्रमा उल्लेखित व्यहोराले समस्याको समाधान भन्दा पनि पुनः गम्भिर बन्ने जोखिम...


नागरिकता विधेयकमा राष्ट्रपति भण्डारीको चट्टानी अडान, अन्ततः स्वीकृत भएन राष्ट्रघाती विधेयक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियताको पक्षमा चट्टानी अडान लिँदै विवादित नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रियताको पक्षमा ऐतिहासिक निर्णय लिनु भएको छ । विदेशीहरुबाट प्रभावित संसदले विवादित र राष्ट्रघाती नागरिकता विधेयक दुई पटक पारित गरी राष्ट्रपति समक्ष सिफारिसका लागि...


कोरोना बीमाको रकम राष्ट्रिय बीमा कम्पनीले नपाउने

काठमाडौं । कोरोना बीमाको रकम सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले नपाउने भएको छ।  मन्त्रिपरिषदको बैठकले सरकारमा नाम रहेको दायित्व मध्ये हाललाई १ अर्ब तिर्ने निर्णय गरिसकेको छ।  अर्थमन्त्रालयको स्रोतका अनुसार कोरोना बीमाको पहिलो चरणको रकम राष्ट्रिय बीमा कम्पनीलाई...


बीमा समितिद्धारा बाख्रा बीमालेख संशोधन, कम्पनीले क्षति मूल्याङ्कन पेश भएको ३५ दिनभित्र दाबी भुक्तानी दिनुपर्ने

काठमाडौं । बीमा समितिले बाख्रा बीमालेखमा बाख्रा बीमालेख खरीद गर्ने बाख्रापालक कृषकको दुर्घटना बीमा, सामूहिक बाख्रा बीमा लगायतका व्यवस्थाहरु थप गरी बाख्रा बीमालेखमा संशोधन गरेको छ ।जस अनुसार, कृषकले बाख्रापालन गर्दा एक महिनादेखि ७ वर्ष उमेरसम्मका बाख्राको बीमा गर्न...


दोस्रो स्टक एक्सचेञ्चको लाईसेन्स खोल्ने धितोपत्र बोर्डको निर्णय विरुद्ध अर्थसमितिमा उजुरी, सातदिनभित्र विवरण पठाउन निर्देशन

काठमाडौं । दोस्रो स्टक एक्सचेञ्चको लाईसेन्स खोल्ने धितोपत्र बोर्डको निर्णय विरुद्ध अर्थसमितिमा उजुरी परेको छ । अर्थ समितिले नयाँ ब्रोकर र नयाँ स्टक थप्ने विषयमा अर्थ मन्त्रालयलाई ७ दिन भित्र विस्तृत विवरण पठाउन निर्देशन दिएको छ ।प्रतिनिधि सभा अन्तर्गतको...


नागरिकता विधेयकमा राष्ट्रपति सामु एउटा विकल्प अझै बाँकी, सर्वोच्चसँग राय माग्न सुझाव

काठमाडौं । विवादित नागरिकता विधेयक प्रमाणिकरण गर्ने नगर्ने बारेमा राष्ट्रपति कार्यालय गम्भिर विचार विमर्शमा रहेको छ । विवादित नागरिकता विधेयक स्वीकृत नगर्न राष्ट्रपति भण्डारीमाथि चर्को नागरिक दवाव छ भने जसरी पनि पास हुनुपर्ने भारतीय समर्थक दल र तिनका नेताहरुले...


निक्षेप तथा कर्जा सुरक्षण कोषले डिपोजिट निक्षेप इन्स्योरेन्स गरेर मात्रै बस्ने होइन, वित्तीय प्रणालीमा केही अप्ठ्यारो पर्दा यसले भूमिका निर्वाह गनुपर्छः गर्भनर

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले डिपोजिट निक्षेप इन्स्योरेन्स गरेर मात्रै बस्ने होइन, वित्तीय प्रणालीमा कही अप्ठ्यारो पर्दा यसले भूमिका खेल्नुपर्ने राष्ट्र र्बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताएका छन् । ।कर्जा सुरक्षणमा पनि बैंक तथा वित्तीय संस्थाले नै कर्जा लगानी...


नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे कोरियामा सेटिङ !

काठमाडौं । नेपाल धितोपत्र बोर्डले खुल्ला गरेको स्टक एक्सचेन्जको लाइसेन्सको लागि गत भदौंको अन्तिम साता दक्षिण कोरियामा माफियासँग सेटिङ गरिएको चर्चा चल्न थालेको छ । भदौंको अन्तिम साता अर्थमन्त्री जनार्दन शर्मा कोरिया भ्रमणमा गएका थिए । सो क्रममा माफियाको...


राष्ट्र बैंकद्धारा नियमविपरित प्रिमियम बढाएर लिएको ब्याज फिर्ता गर्न बैंकहरुलाई निर्देशन

काठमाडौं । नेपाल  राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा कर्जा सम्झौता गर्दाको भन्दा प्रिमियम बढाएर कर्जाको ब्याजदर बढाएका बैंकहरुलाई राष्ट्र बैंकले ब्याजदर फिर्ता गर्न निर्देशन दिएको छ। विगतमा न्यूनतम बिन्दु र अधिकतम बिन्दूको सीमा दिने गरेका बैंकहरूले पछिल्लो...


सूर्या लाइफ इन्स्योरेन्सको सम्मान तथा उत्प्ररेणा कार्यक्रम भव्यताका साथ सम्पन्न, उत्कृष्टलाई सम्मान

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई दिने Annual Recognition Program कार्यक्रम सम्पन्न गरेको छ ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काले उद्घाटन गरेको उक्त कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग सम्बन्धित १५० भन्दा बढी अभिकर्ता र कर्मचारीहरु...


प्राइम लाइफको नयाँ बोनसदर बीमा समितिबाट स्वीकृत, बीमितले ८० रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको बोनसदर यही भदौं ३० गते बीमा समितिबाट स्वीकृत भएको हो । घोषित नयाँ बोनस दर अनुसार बीमितले अधिकतम् ८० रुपैयाँसम्म प्रति वर्ष प्रति हजारका दरले बोनस...


प्रभु इन्स्योरेन्सकी अध्यक्ष लामालाई सुप्रबल जनसेवाश्री, सिईओ बज्रचार्य र सञ्चालक भट्टचनलाई विभुषण

काठमाडौं । प्रभु इन्स्योरेन्सका अध्यक्ष कुसुम लामा, सिईओ संचित बज्रचार्य र सञ्चालक शिक्षा भट्टचनलाई सरकारले सातौं संविधान दिवसको अवसरमा विभिन्न पदकबाट सम्मानित गर्ने निर्णय गरेको हो । संविधान दिवसको अवसरमा प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामा सुप्रबल जनसेवाश्रीबाट विभुषित हुने...


नेपाल पुनर्बीमाद्वारा रेट्रोको लागि ब्रोकर कम्पनीको नामावली सार्वजनिक, अधिंकाश भारत छानिए

काठमाडौं । नेपाल रिद्वारा रेट्रोको लागि ब्रोकर कम्पनीको नामावली सार्वजनिक गरेको छ । नेपाल पुनर्बीमा कम्पनीले सार्वजनिक गरको कम्पनीले आज पुनर्बीमा दलालीको लागी आर्थिक वर्ष २०७९।८० को लागी सूचीकृत कम्पनीहरुको नामावाली सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका १९ मध्ये...


जीवन बीमा कम्पनीहरुमा एकल बीमा शुल्कका पोलिसी घट्दै, १९ बीमा कम्पनीहरुमा कसको अवस्था कस्तो ?

काठमाडौं । हाल सञ्चालनमा रहेका अधिकांश बीमा कम्पनीहरुको एकल बीमाशुल्क घटेको बीमा समितिले प्रकाशन गरेको तथ्यांकले देखाएको छ । अघिल्लो आवको तुलनामा कूल एकल बीमा शुल्क २५.८१ प्रतिशतले घटेको छ । एकल बीमाशुल्कले बीमा कम्पनीलाई नै घाटा पुर्याउन थालेपछि...


नेपाल लाइफको एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, उत्कृष्ट एजेन्सीलाई सम्मान (फोटो फिचर सहित)

काठमाडौं । नेपाल लाइफको एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अनुपमा फुडल्याण्ड बत्तिसपुतली काठमाडौंमा हिजो सम्पन्न भएको हो । कम्पनीका सिनियर एजेन्सी म्यानेनजर...