सानिमा जिआईसीका सिद्धार्थ शाहको अध्यक्षतामा निप्स बाँकेमा नयाँ कार्य समिति निर्वाचित
कोहलपुर । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाईटी (निप्स), बाँकेमा सिद्धार्थ शाहको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको छ । हिजो बैशाख १४ गते सम्पन्न भएको निप्सको पाँचौं वार्षिक साधारण सभा तथा अधिवेशनबाट सर्बसम्वत निर्बाचित गरेको हो । नव निर्वाचित कार्य...
नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे सिवाकोटी समितिले प्रतिवेदन बुझायो, व्यापारीको दवाव थेग्न नसकेपछि लाईसेन्स दिन सिफारिस
काठमाडौं । नयाँ स्टक सम्बन्धि अध्ययन गर्न मन्त्रिपरिषदको बैठकले गठन गरेको अध्ययन समितिले तीन महिनाभन्दा तीन दिनपछि यही बैशाख १३ गते आफ्नो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ । बनेको समितिले सो सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई पेश...
लगानीकर्ताहरूले गरे सेयर ब्रोकरको कार्यालयहरू बन्द गराउने घोषणा
काठमाडौं । लगानीकर्ताहरूले सोमबारदेखि सेयर ब्रोकरको कार्यालयहरू बन्द गराउने घोषणा गरेका छन् ।आज माईतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आन्दोलन कडा बनाउने घोषणा गरेका हुन् । संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले ब्रोकर कार्यालय बन्दको क्रममा कुनै अप्रिय घटना भए त्यसको जिम्मेवार...
धेरै अमेरिकी कम्पनीले ठूलो लगानी लिएर नेपाल आउन चाहेका छन्ः अतुल
काठमाडौँ, १४ वैशाख– अमेरिकन व्यवसायीहरुको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कश्यपले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् । १६ र १७ वैशाखमा हुने तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन निजी क्षेत्रका प्रतिनिधिहरुको नेतृत्व गरेर आएका...
लगानी सम्मेलनको पूर्वसन्ध्यामा अघि बढ्यो नेपालको सार्वभौम साख मूल्याङ्कन प्रक्रिया
काठमाडौँ, १५ वैशाख– सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढाएको छ । मुलुकको वित्तिय अवस्था तथा साख क्षमताको चित्र देखिने विभिन्न आधारमध्ये सोभरेन क्रेडिट रेटिङ मुख्य आधार हो । यस्तै मुलुकको...
अनलाइन जुवाको अखडा बन्दै इ–सेवा, नियामक निकाय मूकदर्शक हुँदा मौलाउँदै गैर कानुनी धन्दा !
काठमाडौँ । अनलाइन जुवा मार्फत रातारात धनी बन्ने मान्छेको प्रवृत्ति बढ्दै गएको छ । गैर कानुनी भनिएको अनलाइन जुवा खेल्ने नेपालीहरूको सङ्ख्या दिनप्रति दिन बढ्दो क्रममा रहेको छ । नेपाल राष्ट्र बैङ्कले गैर कानुनी भनेको अनलाइन सट्टाबाजी डिजिटल भुक्तानीमार्फत...
एनआईसी एसिया बैंकद्धारा अर्जुन राज खनियालाई डेपुटी सिईओ बनाउने निर्णय
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड व्यवस्थापनले यसअघि सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका अर्जुन राज खनियालाई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिईओ) पदमा बढुवा गर्ने निर्णय गरेको छ । २०६१ सालदेखि नेपालको बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नु भएका खनियाले...
पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको घोषणा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज सञ्चालन गरिने बताएका छन् । उनले विराटनगर चक्रपथ निर्माणको योजना पनि अगाडि बढाउने प्रतिबद्धता जनाएका हुन् । मोरङको सुन्दरहरैंचामा शुक्रबार आयोजित पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त...
लगानी सम्मेलनको बहानामा गम्भीर राष्ट्रघात गर्दै सरकार, विमानस्थल विदेशीको जिम्मा लगाउने तयारी
काठमाडौं । आसन्न तेस्रो लगानी सम्मेलनका दौरान सरकारले गम्भीर राष्ट्रघात गर्न खोजेको छ । आगामी आइतबार र सोमबारलाई तय भएको तेस्रो लगानी सम्मेलनमा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका तीन ठूला हवाई अड्डा व्यवस्थापन सम्बन्धी परियोजना ‘सोकेस’ गर्ने तयारी गरेको...
‘आईआईएन इन्स्योरेन्स समिट २०२४–एभिएशन’ भव्यताका साथ सम्पन्न
‘आईआईएन इन्स्योरेन्स समिट २०२४–एभिएशन’ भव्यताको कार्यक्रम सम्पन्न भएको छ । बीमा प्राधिकरण र बीमा कम्पनीहरुद्धारा स्थापित कम्पनी इन्स्योरेन्स इन्च्यिूट अफ नेपालद्धारा आयोजना गरिएको हवाई बीमा क्षेत्र प्रवद्धनको लागि एक दिवसीय Avia Risk Mitigation: A Shared Responsibility Amongst Stakeholders बिषयक...
‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’
काठमाडौं । नेपालमा जलविद्युत् मात्रै होइन हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को आयोजनामा भृकुटीमण्डमा बुधबारदेखि सुरु भएको ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ अन्तर्गत ‘पायोनियरिङ द...
वित्तीय क्षेत्रसहित समष्टिगत आर्थिक स्थायित्वनै राष्ट्र बैंकको प्राथमिकता : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रसहित समष्टिगत आर्थिक स्थायिवलाई राष्ट्र बैंकको प्राथमिकता रहेको बताएका छन् । राष्ट्र बैंकको ६९औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले नेपालको समष्टिगत विकासलाई राष्ट्र बैंकले प्राथमिकता दिएको बताएका हुन्...
महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाका उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरूद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज...
सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा आइएमई सम्मानित
काठमाडौं । सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र बैकले आफ्नो ६९औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९।८० मा रेमिटेन्स कम्पनीहरु मध्येबाट सबैभन्दा बढी २७ दशमलव ५ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा आइएमई लाई सम्मानित...
डिजिटल एक्स्पोले आर्थिक गतिबिधि बढाउन मद्दत पुग्छः सञ्चार मन्त्री शर्मा
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले नेपालको आइटी क्षेत्रमा अथाह सम्भावना रहेको बताउँदै डिजिटल एक्स्पोबाट देशको आर्थिक गतिबिधि चलायमान बनाउन सकिने बताएकी छिन् । नेपाल उद्योग बाणिज्य संघ, काठमाडौंको आयोजनामा आजदेखि सुरू भएको एनक्लीक डिजिटल एक्स्पो २०२४...
साइबर सुरक्षा र सामाजिक सञ्जालसम्बन्धी कानुन संसद्मा लैजाने तयारी
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले नेपालको विज्ञापन बजारमा भएको अनियमितता, साइबर सुरक्षा र सामाजिक सञ्जालसम्बन्धी कानुन संसद्मा लैजाने तयारी भइरहेको बताइन् । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको १४औँ अधिवेशन तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले...
भौगोलिक अवस्था,चरा आतंक र घरेलु हवाई सेवाको कारण नेपाली हवाई क्षेत्र चुनौतीपूर्ण, ठूलो जोखिमभार बीमा कम्पनीमाथि
काठमाडौं । भौगोलिक अवस्था,चरा आतंक र घरेलु हवाई सेवाको कारण नेपाली हवाई बीमा थप चुनौतीपूर्ण रहेको युआईबी एभिएसनका कार्यकारी निर्देशक माइल्स ट्याफसले बताएका छन् ।विश्वभर नै हवाई बीमाको जोखिम रहेपनि नेपालमा हवाई क्षेत्रको अवस्थाको कारण रिक्स बढी रहेको इन्स्योरेन्स...
ज्योति क्यापिटलमा दुई जना स्वतन्त्र सञ्चालक नियुक्त
काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको वैशाख १३ गते बिहीबार सम्पन्न सञ्चालक समितिको ४८ औं बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए. मन्दिप वशिष्ठलाई क्यापिटलको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक डा.गौतमले रणनितीक...
नेशनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न, १४० जना अभिकर्ता सहभागी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसय गरी लक्ष्य पुरा गर्न सफल करिब १४० जना भन्दा बढि बरिष्ठ अभिकर्ताहरुको उत्साहजनक उपस्थितीमा नेपालको पर्यटकिय...
सानिमा बैंकद्वारा सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण
काठमाडौँ । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो । सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका...




















