शेयर बजारबाट ९ महिनामा उठ्यो ३ अर्ब ७९ करोड पुँजीगत लाभकर, कुन महिनामा कति तिरे ?

काठमाडौँ । शेयर बजारबाट चालु आर्थिक वर्षको ९ महिनामा ३ अर्ब रुपैयाँ ७९ करोड रुपैयाँ पुँजीगत लाभकर सङ्कलन संकलन भएको छ । सीडीएससीका अनुसार चैत मसान्तसम्ममा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, कर्पोरेट र स्टक डिलरबाट उक्त परिमाणमा लाभकर उठेको हो...


सञ्चय कोषले सञ्चयकर्तालाई मौज्दात रकममा १.१०% मुनाफाको रुपमा वितरण गर्ने

काठमाडौं । सञ्चय कोषका सञ्चयकर्ताले व्यक्तिगत खातामा रहेको सुरु मौज्दात रकममा १।१० प्रतिशतका दरले हुन आउने रकम मुनाफाको रुपमा वितरण गर्ने निर्णय गरेको छ। कोषले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । सञ्चय कोषका सञ्चयकर्ताको तथा...


अतिथिको रूपमा निमन्त्रणा गरेर जिबी राईले सचिव बनाएको सहकारी ठगीमा दिपेशकुमार पुनको बयान

काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर भईसकेको छ। इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरी २८ जनालाई प्रतिवादी बनाएको छ। सहकारीका ८ हजारभन्दा बढी बचतकर्ताको ९६...


स्वास्थ्य बीमा कार्ड नागरिक एपमा लिङ्क गर्न मिल्ने, डिजिटल फोटोलाई अस्पतालले मान्यता नदिए कारबाही हुने

काठमाडौं । आमनागरिकलाई डिजिटल माध्यमबाट सेवा प्रवाह गर्नको लागि ‘नागरिक एप’ सञ्चालनमा ल्याएको सरकारले स्वास्थ्य बीमा बोर्डलाई समेत डिजिटल सेवामा जोडेको छ । नागरिक एपले स्वास्थ्य बीमा कार्डलाई नागरिक एपमा समावेश गरेसँगै आम नागरिकलाई सेवा लिन सहज भएको छ...


भोलि देशभर सार्वजनिक बिदा

काठमाडौँ । सरकारले भोलि अर्थात बैशाख ५ गते देशभर सार्वजनिक बिदा दिने भएको छ । राम नवमीको अवसरमा बुधबार सार्वजनिक बिदा हुने भएको हो । बिदासँगै सबै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार समेत बन्द हुनेछ...


स्वास्थ्य बीमा बोर्ड र रुपाकोट अस्पतालबीच सम्झौता

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र कास्की जिल्लाको रुपा गाउँपालिकामा रहेको रुपाकोट अस्पतालबीच सम्झौता सम्पन्न भएको छ । नागरिकहरुलाई सहज र सरल वातावरणमा स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यका साथ बैशाख ३ गते उक्त सम्झौता सम्पन्न भएको हो । कार्यक्रमको...


२ हजार बिन्दु तल झर्यो नेप्से

काठमाडौँ । नेप्से परिसूचक २ हजार बिन्दु तल झरेको छ । मंगलबार कारोबार सुरु भएसँगै परिसूचक २ हजार तल आएको हो । यो समाचार तयार पर्दा (११.८ बजे) सम्म नेप्से ६.७७ अकंले घटेर १९९९.७४ बिन्दुमा पुगेको छ । यो...


यस्तो छ मनकामना स्मार्ट लघुवित्तको छैटौं वार्षिक साधारण सभाको ‘माइन्युट’

काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल पौवा सिद्धार्थनगर ६ रुपन्देहीमा सम्पन्न भएको हो । सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै...


सर्वोत्तम सिमेन्ट ९ महिनामा करोडौं रुपैयाँ घाटामा, वित्तिय विवरण लुकाएर साधारणसभा गरिँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा घुस सेटिङमा बुक बिल्डिङमा आईपिओ निष्काशन गरेको सर्वोत्तम सिमेन्टको पछिल्लो आर्थिक अवस्था अन्योलग्रस्त रहेको पाइएको छ । कम्पनीले तीन त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन । सर्वोत्तम सिमेन्टले गत असार मसान्तसम्मको वित्तीय विवरण गत...


मंगलबार सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो । आज मात्र सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो । मंगलबार छापावाला सुनको मूल्य एक लाख ३९ हजार २०० रुपैयाँ...


निर्धन उत्थान लघुवित्तको सिईओमा दहाल नियुक्त

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा मुकेश दहाल नियुक्त भएका छन् । कम्पनीको वैशाख ३ गते बसेको संचालक समितिले रिक्त रहेको सिईओ पदमा इटहरी उपमहानगरपालिका वडा नम्बर ४ निवासी दहाललाई नियुक्त गर्ने निर्णय...


नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ। आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद...


प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ (साविक महालक्ष्मी लाइफ) ले नयाँ बोनसदर सार्वजनिक गरको छ । कम्पनीले  आर्थिक वर्ष २०७९।८० को आर्थिक लेखाजोखा तथा दायित्वको मूल्याङ्कन कम्पनीको आधिकारिक बीमाङ्की मूल्याङ्कन प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीको बोनसदर...


चार वर्ष पुरानो लाभांश बुझिलिन नेपाल बैंकको आग्रह

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न चार आर्थिक वर्षको पुरानो लाभांश बुझिलिन शेयरधनीहरूलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७५।७६, २०७६।७७, २०७७।७८ र २०७८।७९ को साधारण सभाबाट पारित नगद लाभांश तथा बोनस शेयर बुझिलिन...


यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (वैशाख ४ गते) का लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, कन्य च्याउ १०० तथा डल्ले च्याउ २८०...


स्नो याक फाउन्डेशनलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो स्थापनाको १७औं वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गर्ने क्रममा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्नो याक फाउन्डेशनलाई सहयोग गरेको छ । नेपालभरका पिछडिएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको संस्था स्नो याकका...


नेशनल लघुवित्तको नगद लाभांश शेयरधनीको बैंक खातामा

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत्र १६ गते सम्पन्न १०औं वार्षिक साधारण सभाले पारित गरेको ७.५ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ।कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन ३० गते बुक क्लोज...


निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, अब प्रतिलिटर कति ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। मङ्गलबार बिहानदेखि कायम हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाएको हो। नेपाल आयल निगम लिमिटेडले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार इण्डियन आयल कर्पोरेसनबाट...


गृहमन्त्री रवि लामिछानेले प्रकृया नपुर्याई सुप्रिम सहकारीबाट २ करोड रुपैयाँ कर्जा लिएको खुलासा

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै प्रकृया पुरा नगरी बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारीबाट २ करोड रुपैयाँ कर्जा लिएको खुलासा भएको छ । गृहमन्त्री रवि  लामिछानेले उक्त रकम २०७७ चैत १८ गते लिएको खुलासा भएको...


वाइवाइ चाउचाउले आइपिओ जारी गर्ने

वाइवाइ चाउचाउ उत्पादक चौधरी ग्रुप अन्तर्गत सिजी फुड्सले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ। सोमबार समाजिक सञ्जाल एक्स (ट्विटर) मा लेख्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले छिट्टै सर्वासाधारणका लागि आइपिओ जारी गर्ने बताएका हुन्। ‘तपाईंहरूलाई मनपर्ने चाउचाउको...