ट्राफिक प्रहरीलाई सिद्धार्थ प्रिमियरको सहयोग

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५५० थान सनग्लास सहयोग गरेको छ । कम्पनीले निरन्तर गर्दै आइरहेको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई सडक व्यवस्थापनमा खटिदा धुलोधुँवा लगायत प्रदुषणले आँखालाई क्षति नगरोस भन्ने हेतुले...


११ वर्षदेखि नेपालको लाइसेन्स प्रणाली भारतीय कम्पनीको कब्जामा, स्मार्ट लाइसेन्स कार्ड समेत विदेशी

काठमाडौं । ११ वर्षदेखि नेपालको चालक अनुमतिपत्र अर्थात् लाइसेन्स प्रणाली विदेशीको नियन्त्रणमा छ । नेपालको स्मार्ट लाइसेन्स (सवारी चालक अनुमतिपत्र)प्रणाली सन् २०१३ देखि विदेशी कम्पनीको नियन्त्रणमा रहेको हो । भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सले नेपालको स्मार्ट लाइसेन्स प्रणाली बनाएको हो...


नेको इन्स्योरेन्स कम्पनीको अध्यक्षमा रमेश प्रसाद निरौला

काठमाडौं । नेको इन्स्योरेन्सको कम्पनीको अध्यक्षमा रमेश प्रसाद निरौला चयन भएका छन् । कम्पनीको आज सम्पन्न २८ औं वार्षिक साधारण सभापछि बसेको संचालक समितिको बैठकले अध्यक्ष पदमा निरौलालाई सर्बसम्मत चयन गरेको हो । यस अघि कम्पनीको अध्यक्षमा रोहित कुमार...


नेको इन्स्योरेन्सको साधारण सभा सम्पन्न, पाँच जना संचालक निर्विरोध चयन

काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा, लिसारा रिसेप्सन नक्साल, काठमाडौँमा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल गरी पारित गर्नुका...


नेको इन्स्योरेन्समा कस्को कति छ लगानी ?

काठमाडौं । नेको इन्स्योरेन्समा १ वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीको संख्या ९ रहेको छ । कम्पनीमा सवै भन्दा धेरै सेयर स्वामित्व राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको रहेको छ । राष्ट्रिया बाणिज्य बैंकको १५ प्रतिशत अर्थात ३० लाख १८...


इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष लक्ष्मी सुनार पक्राउ

काठमाडौँ । इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष २७ वर्षीया लक्ष्मी सेन सुनार पक्राउ परेकी छन् । बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेकी बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष सुनार प्रक्राउ परेकी हुन् । नेपाल प्रहरीको...


राष्ट्रिय जीवन बीमा कम्पनीमा बढुवा कर्मचारी पाँच महिनादेखि जिम्मेवारी विहीन

काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनी पाँच महिनादेखि निमित्तको भरमा चलिरहेको छ । कम्पनीका तत्कालिन प्रशासक कवि पाठक बाहिरिएसँगै कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीइओ) को जिम्मेवारीमा महेश रिमाल रहेका छन् । कामु सीइओमा जिम्मेवारी पाएसँगै कर्मचारी बढुवा...


बाराही हाइड्रोपावरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । यस हाइड्रोपावर कम्पनीले जारी पूँजीको १०० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको २५ लाख कित्ता साधारण शेयरहरुको हकप्रद निष्काशन गर्नको लागि...


‘टोल टोलमा वडाध्यक्ष’ वडा विकासले गर्यो निरीक्षण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ७ ले पाँचौँ ‘टोल टोलमा वडाध्यक्ष (नागरिक सभा)’ कार्यक्रम सम्पन्न गरेको छ । सरकारका प्रतिनिधि र स्थानीय सँगै रहेर वडामा भएका पूर्वाधार निर्माणका कामको निरीक्षण गर्नु, यसको प्रभाव र अभावका विषयमा लाभग्राहीका कुरा...


विद्युतीय गाडीमा दिएको छुटले ३५ अर्ब बढी राजस्व कम भयोः अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीलाई कर छुटले ३५ अर्ब बढी राजस्व कम भएको दाबी गरेका छन् । शुक्रबार काठमाडौँमा अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । अर्थमन्त्री डा महतले पेट्रोलियम पदार्थबाट चल्ने...


श्री डिष्टिलरीले प्रिमियममा आइपीओ निष्कासन गर्ने

काठमाडौँ । श्री डिष्टिलरी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम थप गरेर आइपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि फागुन ४ गते एभोकाडो क्याफे प्रालि, बालुवाटार, काठमाडौँमा दिउँसो २ बजे...


कुमारी बैंकको सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?

काठमाडौँ । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयर समूहको ३ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । कम्पनीको संस्थापक सेयरधनी बिजय कोइरालाले आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने लागेको हो । उक्त सेयर खरिद...


हजारौं नेपालीसहित विश्वका २६ अर्ब इमेल र सामाजिक सञ्जाल एकाउन्टको विवरण चोरी, तपाई कति सुरक्षित ?

काठमाडौं । सूचना प्रविधिको दुनियाँमा हालसम्मकै सबैभन्दा ठूलो डाटा चोरीको घटना हालै बाहिर आएकोछ । साईबर न्यूजडटक नामक अनलाईनले सार्वजनिक गरेको विवरण अनुसार हजारौं नेपालीसहित विश्वभरमा करोडौं मानिसका जिमेल, ट्वीटर, लिङ्कड इन, स्न्यापच्याट, इस्टाग्रामसहितका एकाउन्ट सम्बन्धी विवरणहरु चोरी भएका...


शेयरधनीलाई हितग्राही खाता अद्यावधिक गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकको आग्रह

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले शेयरधनीहरुलाई भौतिक शेयर अभौतिकिकरण गरी हितग्राही खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले विगतका वर्षहरुमा गरेको नगद लाभांश हालसम्म पनि भुक्तानी प्राप्त नगरेपछि शेयरधनीलाई आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक...


माउन्टेन इनर्जीको विद्युत बिक्री आम्दानी साढे ७३ करोड, मुनाफा र प्रतिसेयर आम्दानी कति ?

काठमाडौँ । माउन्टेन इनर्जीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी १.१८ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ७३ करोड ५२ लाख ९२ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी...


शुक्रबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । निरन्तर चार दिन स्थिर रहेको सुन हिजो तोलामा ४०० रुपैयाँले घटेपनि आज पुनः स्थिर रहेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ र तेजावी...


सपोर्ट लघुवित्तको नाफामा उछाल, घट्यो खराब कर्जा, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा उछाल आएको हो । पुष समान्तसम्ममा कम्पनीको मुनाफा ८६ लाख ४२ हजार रुपैयाँ रहेको छ ।...


यस्तो छ उन्नति सहकार्य लघुवित्तको ९औं वार्षिक साधारण सभाको ‘माइन्यूट’

काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय सस्था लिमिटेडको ९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुष २९ गते एशियन बुद्ध होटल सि.न.पा ८ रुपन्देहीमा सम्पन्न भएको हो । कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी...


महिला लघुवित्तको ‘लक इन’ अवधि फागुन १३ गते सकिने

काठमाडौँ । महिला लघुवित्तको ‘लक इन’ अवधि फागुन १३ गते सकिने भएको छ । सो अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । हाल महिलाको ६ लाख कित्ता संस्थापक सेयर र ५ हजार...


नेको इन्स्योरेन्सको साधारण सभा आज, लाभांश बाहेक यी प्रस्ताव पारित एजेण्डा

नेको इन्स्योरेनस कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । सभा, लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिकको नाफाबाट लगानीकर्तालाई लाभांश भने वितरण नगर्ने जनाएको छ । सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन,...