यस्तो छ आज तरकारी र फलफूलको बजारभाउ
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज १ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, घिउ सिमी ९० रुपैयाँ,...
आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै
काठमाडौं । आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदैछ। हरेक वर्ष कन्या संक्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाका अवसरमा भगवान् विश्वकर्माको पूजा आराधना गरी कलकारखाना, उद्योगधन्दा, औजार, मेसिनरी तथा सवारीसाधनको पूजा गर्ने परम्परा छ। भगवान् विश्वकर्मालाई निर्माण, वास्तुकला, शिल्पकला तथा...
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वाग्ले बिहान ७ः३५ बजेको उडानबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणसँगै नेपाल–भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक...
मुक्तिनाथ म्युचुअल फण्ड–२ को इकाई आजदेखि बिक्री खुला
काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने मुक्तिनाथ म्युचुअल फण्ड–२ को इकाई सार्वजनिक निष्कासन तथा बिक्री खुला भएको छ। मुक्तिनाथ विकास बैंक प्रवद्र्धक रहेको यस योजनाको इकाई बिक्री आज असोज १ गते बिहीबारदेखि खुला भएको हो। प्रति इकाई १०...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज १ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५३.२४ रुपैयाँ र बिक्रीदर १५३.८४ रुपैयाँ कायम भएको छ। त्यसैगरी यसदिन एक अष्ट्रेलियन डलरको खरीददर १०९.२७ रुपैयाँ र...
पुनर्बीमा स्वदेश–विदेश होइन, जोखिम बाँडफाँडको सिद्धान्त अनुसार हुनुपर्छः विरेन्द्र बैदवार
काठमाडौँ । रसुवा भोटेकोशी–त्रिशूलीमा आएको बाढीको कारण बीमा कम्पनीहरुमा हालसम्मको विवरण अनुसार करिब १३ अर्बको बीमा दावी परेको छ । यद्यपि यो विवरण करिब ३० अर्ब नाघ्ने विश्वास गरिएको छ । विध्वंसमा पुगेको क्षतिको बीमा दावी निकै ढिलासम्म पर्नेहुनसक्छ...
वालेन्द्र शाहसँग जापानी राजदूतको भेट, विपद्पछिको पुनर्निर्माणमा सहयोगको आश्वासन
काठमाडौँ । वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीज्यूसँग जापानी राजदूत तोरुले भेटवार्ता गरेका हुन् । भेटका क्रममा शाहले विपद्को यस परिस्थितिमा नेपाल सरकार तथा बाढी...
भूमिहीन भन्दै आवेदन दिएका चारजनाको नाममा जग्गा फेला
काठमाडौं । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा–जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चारजनाको नाममा जग्गा रहेको भेटिएको छ । भूमि समस्या समाधान समितिले सरकारी अभिलेखसँग गरिएको रुजुका क्रममा उनीहरू तथा उनीहरूको परिवारका सदस्यको नाममा जग्गा रहेको...
नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले अर्थशास्त्री तथा विकास रणनीतिकार डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशक नियुक्त गरेको छ । उनले बिहीबारदेखि कार्यभार सम्हाल्ने एफएनसीसीआईले जनाएको छ । एफएनसीसीआईका अध्यक्ष अञ्जन श्रेष्ठले डा. तिवारीको नियुक्तिले महासंघको संस्थागत क्षमता र...
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ६ निर्णय
काठमाडौँ । सरकारले शेयर कारोबारमा पूँजीगत लाभकर घटाउने निर्णय गरेको छ। बुधबारको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो। बैठकले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिव पदमा बढुवा गर्ने, चक्रीय राहत कोष सञ्चालन कार्यविधि २०८३ स्वीकृत गर्ने लगायतका निर्णयहरु गरेको सरकारका प्रवक्ता...
युनाइटेड मोदीको हकप्रद निष्कासन अघि बढ्यो, आयोगबाट पूर्वस्वीकृति
काठमाडौँ । वियुनाइटेड मोदी हाइड्रोपावर लिमिटेडलाई हकप्रद शेयर निष्कासनका लागि द्युत नियमन आयोगले पूर्वस्वीकृति प्रदान गरेको छ । कम्पनीले ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनामा लगानी गर्न हकप्रद शेयर निष्कासनको प्रस्ताव अघि बढाएको हो । उक्त आयोजना युनाइटेड...
सहसचिव कालीप्रसाद पराजुलीलाई सचिव पदमा बढुवा
काठमाडौँ । सरकारले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिव पदमा बढुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवाका पराजुलीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
नेपाल बैंकका कर्मचारीको बीमा सुरक्षाका लागि नेशनल लाइफसँग सम्झौता
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूको जीवन बीमा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत स्मृती राज कंडेल र...
शेयर लगानीकर्तालाई राहत, पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित
काठमाडौं । सरकारले शेयर कारोबारबाट प्राप्त हुने नाफामा लाग्ने पूँजीगत लाभकरको दर घटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अघि सारेको करसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो। सरकारको निर्णयअनुसार अब सेयर बिक्री गर्दा अल्पकालीन लगानीकर्ताले...
सिटिजन्स बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी २०औं वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आज भदौ ३१ गते बुधबार बसेको ५२१औं सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट...
राष्ट्र बैंक नेतृत्वको कार्यकाल अब ३ वर्ष, कार्यसम्पादनका आधारमा पुनः नियुक्ति
काठमाडौँ । अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक समिति सदस्यको कार्यकाल पाँच वर्षबाट घटाएर तीन वर्ष कायम गर्ने प्रस्ताव पारित गरेको छ। नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३ माथि बुधबार भएको छलफलमा समितिले उक्त...
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौंमा पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–२९ मैतिदेवी बस्ने ३६ वर्षीय हिमान्सु भुवनिया रहेका छन्। जिल्ला अदालत जलेश्वरबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका...
लाभांश प्रस्ताव पारित गर्दै कामना सेवा विकास बैंकको साधारण सभा सम्पन्न
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा भदौ ३१ गतेका दिन आम्रपाली बैंक्वेट, भाटभाटेनी, काठमाण्डौंमा सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार...
रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा दुई शव फेला
काठमाडौँ । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा दुई वटा शव फेला परेका छन् । खोजी तथा उद्धारका क्रममा सुरुङभित्र दुई वटा शव फेला परेका हुन् । गत १० भदौमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मानिस फसेको आशंकामा...
राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१९ अकंले घटेर २६१२.४२ बिन्दुमा कायम भएको छ । आज २५० कम्पनीको १ करोड ५० लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँको कारोबार भएको हो । बुधबार ४२...



















