आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । नेप्सेको रैनक एक दिन पनि टिकेन । अर्थमन्त्रालयले बजारलाई सकारात्मक लयमा ल्याउनको लागि पुँजीबजार सुदुढीकरण कार्यायोजना सार्वजनिक गरेको प्रभाव बजारमा पर्ने अपेक्षा गरेपनि शेयर बजारको सुधार हिजो एक दिनको लागि मात्रै स्थिर भएको छ। साताको कारोबारको तीन...


अर्थमन्त्रीमाथि अविश्वास कायमैः एक्जिट हुँदै ठुला लगानीकर्ता, यी हुन् गिरावटका मुख्य कारण!

काठमाडौँ । अर्थ मन्त्रालयले शेयर बजार सुधारका लागि २१ बुँदे राहत तथा सुधार प्याकेज सार्वजनिक गरेपछि अघिल्लो दिन उत्साहजनक रूपमा उकालो लागेको शेयर बजार पुनः राताम्य बनेको छ । नयाँ सरकार गठन भएयता लगातार सुस्त देखिएको बजारलाई चलायमान बनाउन...


प्रसाईंको प्रश्न–‘महँगी र कालोबजारी नियन्त्रण गर्न सरकार किन मौन?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रसाईंले एकातर्फ देश विपत्तिको मारमा परेको र अर्कोतर्फ बजारमा अत्यावश्यक वस्तुको मूल्य बढ्दा पनि सरकार...


सर्वदलीय बैठकका तीन निर्णय, एक हप्ताभित्र संसदीय विशेष समिति बन्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन एक हप्ताभित्र ‘संसदीय विशेष समिति’ गठन गर्ने निर्णय गरेको छ। बैठकमा भोटेकोशी लगायतका क्षेत्रमा...


ईभी दुर्घटना बढेको भन्दै सांसद बमले उठाए सडक सुरक्षामाथि प्रश्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले पछिल्लो समय विद्युतीय (ईभी) सवारीसाधनको दुर्घटना दर बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बमले ईभी दुर्घटनालाई गाडीको प्राविधिक पक्षमा मात्रै सीमित गरेर...


तालिममा प्रशिक्षक बनाइदिने भन्दै ४५ हजार घुस, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

काठमाडौँ । सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले सञ्चालन गरेको ९० कार्यदिनको ढाका सिलाई बुनाई तालिममा...


नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौं समूह र नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन हुँदै आएका   दुवै कार्यक्रमका...


राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी अर्थ समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ। बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकले समितिले तयार पारेको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो। बैठकमा समितिका सभापति डा....


तेस्रो ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड भव्य रूपमा सम्पन्न, २४ विधाका सर्जक सम्मानित

काठमाडौं । गीत–सङ्गीत तथा चलचित्र क्षेत्रमा योगदान पुर्‍याउँदै आएका सर्जक र कलाकारलाई सम्मान तथा पुरस्कृत गर्दै तेस्रो ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड–२०८३’ सम्पन्न भएको छ । ओप्सना फिल्म्सको आयोजनामा आइतबार चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा आयोजित समारोहमा...


बालेन र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौँ । वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन् । सो अवसरमा शाहले विपद्‍को यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि हार्दिक आभार...


बाढीले तहसनहस रसुवाको क्षति मूल्याङ्कन गर्न २५ सदस्यीय समिति गठन

काठमाडौँ ।  भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको धनजनको क्षतिको यकिन विवरण सङ्कलन गर्न रसुवामा २५ सदस्यीय तथ्याङ्क मूल्याङ्कन समिति गठन गरिएको छ । जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा गठन गरिएको समितिलाई बाढीबाट भएको प्रारम्भिक...


चार महिनापछि खुल्यो सार्वजनिक सवारी दर्ता

काठमाडौं । सरकारले सार्वजनिक यातायातका सवारीसाधनको दर्ता पुनः खुला गरेको छ। वातावरणीय प्रभावलाई कारण देखाउँदै गत ७ जेठदेखि अनिश्चितकालका लागि रोकिएको सार्वजनिक सवारीको दर्ता यातायात व्यवसायी, सवारी आयातकर्ता तथा बिक्रेताहरूको दबाबपछि करिब चार महिनापछि खुला गरिएको हो। यातायात व्यवस्था...


सिंहदरबारमा सर्वदलीय बैठक सुरु

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले आह्वान गरेको बैठक सुरु भएको हो । बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका...


रसुवा बाढीका साना बीमा दाबी एक महिनाभित्रै फर्छ्यौट गर्ने तयारी

काठमाडौं । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट क्षति पुगेका बीमितको साना बीमा दाबीलाई तत्काल फर्छ्यौट गर्ने तयारी गरिएको छ। नेपाल बीमक संघका अध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र वैदवार क्षेत्रीले ५ करोडदेखि १० करोड रुपैयाँसम्मका साना...


जलवायुजन्य जोखिमको बीमा व्यवस्थापनमा बीमा प्राधिकरण र जेआइसीएबीच अन्तरक्रिया

काठमाडौँ ।  नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जेआइसीए) का बिज्ञहरु विच जलवायुजन्य विपद् जोखिम न्यूनीकरण, प्यारामेट्रिक बीमाको प्रवर्द्धन तथा चुनौतीका विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ। जलवायु परिवर्तन तथा विपद्जन्य जोखिमबाट सिर्जित...


सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, दुई सातामै दोस्रोपटक घटना

काठमाडौँ । सर्वोच्च अदालतको मुद्दा फाँटमा गएराति आगलागी भएको छ। आगलागीका कारण फाँटमा रहेका टेबल, कुर्सी र तीनवटा कम्प्युटरमा क्षति पुगेको हो । अदालतका अनुसार घटना रातिको समयमा भएकाले कार्यालय बन्द थियो। ढोका बन्द रहेको अवस्थामा आगलागी भएको र...


ऋण लिने सोचमा हुनुहुन्छ? यी बैंकले असोजका लागि घटाए ब्याजदर

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकले असोजका लागि नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहे पनि कर्जाको मागमा अपेक्षाअनुसार वृद्धि हुन नसकेपछि अधिकांश बैंकले निक्षेपको ब्याजदरलाई भदौकै स्तरमा राखेका छन् भने केही बैंकले...


बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ८०० रुपैयाँ कायम भएको छ। आज १० ग्राम...


आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । बालेन शाहले बुधबार अपराह्न मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।


लाभांश पारितका लागि नबिल बैंकले बोलायो साधारण सभा, अन्य के के छन् एजेण्डा ?

काठमाडौँ । लाभांश पारितसहितका एजेण्डा बोकेर नबिल बैंक लिमिटेडले साधारण सभा बोलाएको छ। बैंकले असोज २२ गते त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौँमा ४२ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ। सभाले...