फरवार्ड माइक्रोफाइनान्सको नाफामा उछाल, कस्ता छन् अन्य सूचक?

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा १६७ दशमलव १६ प्रतिशतले वृद्धि...


पुवा खोला–वान हाइड्रोवापरले आईपिओ निष्काशन गर्ने, भोलि एसजीएम बस्दै

काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीको आईपिओ निष्काशन प्रस्ताव पारित गर्न भोलि (वैशाख १५ गते) विशेष साधारण सभा (एसजीएम) बस्दैछ । कम्पनीको सभा भोलि शनिबार काठमाडौंको अनामनगरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा भौतिक तथा...


तीन कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले आफ्ना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक शेयर आज (वैशाख १४ गते) देखि लिलामीमा ल्याएका छन् । कम्पनीहरूले विद्यमान संस्थापक शेयरधनीहरू वा जो कोही...


प्रतिकित्ता २५० रुपैयाँमा यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले एक लाख १९ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी पृथी तिवारीको नाममा रहेको एक लाख कित्ता र सृजना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता शेयर बिक्रीमा...


कुमारी बैंकको ५.९९ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी शोभा मिश्रको नाममा रहेको पाँच लाख ९९ हजार १२१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन...


महावै गाउँपालिकाका पूर्व उपाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियारले डोजरले सडक खन्ने क्रममा भएको काम भन्दा बढी मूल्याङ्कन गरी...


एनसेलको शेयर किनबेच अवैध, प्राधिकरणपछि राजस्व अनुसन्धान र राष्ट्र बैंकको डण्डा लाग्न बाँकी

काठमाडौं । शक्ति केन्द्रको सेटिङमा गैरकानूनी शेयर खरिदविक्रीलाई ढाकछोप गर्ने एनसेलको प्रयास विफल भएको छ । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलको शेयर स्वामित्व खरिदविक्री भएको ६ महिनापछि नियामक निकाय दूरसञ्चार प्राधिकरणले शेयर खरिदविक्री प्रक्रिया अवैध करार गरिदिएको छ ।...


हिमालयन हाइड्रो एक्स्पो २०२४: ग्रीन हाइड्रोजन परियोजनाहरुका लागि कन्सियस इनर्जीकेयू र उर्जा डेभेलपर्सको सहकार्य

काठमाडौँ। नेपाल काठमाडौं विश्वविद्यालय (केयू) को स्पिनअफ कम्पनी कन्सियस इनर्जीले नेपालमा ग्रीन हाइड्रोजन व्यावसायिक परियोजनाहरू अगाडि बढाउन उर्जा डेभलपर्ससँग रणनीतिक साझेदारीको घोषणा गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४...


राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा नेपाल बैंकका प्रकाशकुमार अधिकारी नियुक्त

काठमाडौं ।  राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा नेपाल बैंकका प्रकाशकुमार अधिकारी नियुक्त भएका छन् ।अर्को व्यवस्था नभएसम्मका लागि सञ्चालक सदस्य रहने भएका हुन् । सञ्चालक अधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गरि पद बहाली समेत गरेका छन्।


वैदेशिक रोजगारमा ज्यान गुमाएका तामाङकी श्रीमतीले पाइन् बीमाको १४ लाख रुपैयाँ

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले बैदेशिक रोजगारीमा ज्यान गुमाएका बीमितको परिवारलाई बीमा दावी भुक्तानी गरेको छ । म्यागङ गाउँपालिका २ नुवाकोट निवासी बृक्ष तामाङले बैदेशिक रोजगारको शिलशिलामा (म्यादि) बीमा गरेका थिए । केही समय पश्चात रोजगारको क्रममा उनले आफ्नो...