राजस्व र भन्सार विभागका प्रमुखलाई हटाईयो
काठमाडौँ । सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्य र भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीलाई हटाएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले आचार्यलाई राजस्वबाट हटाएर सामान्य प्रशासन मन्त्रालय र पुडासैनीलाई भन्सारबाट हटाएर राष्ट्रिय योजना आयोगमा सुरुवा गर्ने निर्णय गरेको...
नेप्सेमा शिखर इन्स्योरेन्सको शेयर मूल्य समायोजन
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । शिखर इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको हो । कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य ७६५ रुपैयाँ ४५ पैसा कायम भएको...
अर्थ सचिवमा उपाध्यायलाई स्वागत र डा.घिमिरेको बिदाइ
काठमाडौँ । अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई स्वागत गरिएको छ । यसअघि अर्थ सचिव रहेका डा. रामप्रसाद घिमिरेलाई बिदाइ गरिएको छ । अर्थ मन्त्रालयमा कार्यक्रम गरी उपाध्यायलाई स्वागत र डा. घिमिरेलाई बिदाइ गरिएको हो । मन्त्रिपरिषद्को हिजोको बैठकले सचिव...
सिमेन्टको मूल्यवृद्धि छलफलः उद्योगमन्त्री र सांसदबीच तर्क–वितर्क
काठमाडौं । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा सिमेन्टलगायत निर्माण सामग्रीको मूल्यवृद्धि सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र सांसदहरुबीच सवाल–जवाफ भएको छ। बैठकमा सांसदहरूले निर्माण सामग्रीको मूल्यवृद्धिको कारणबारे जिज्ञासा राख्दा उद्योगमन्त्री भण्डारीले उद्योगहरूमा लोडसेडिङको प्रभाव...
सानिमा बैंकद्वारा विद्यालयमा न्यानो लुगा हस्तान्तरण
काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । यसै क्रममा सानिमा बैंकको मान्म शाखाले,...
वातावरण संरक्षणको फैसलाले इप्पानलाई छटपटी, सर्वोच्चको आदेश उल्टाउन नेताको दैलोमा गुहार
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) सर्वोच्च अदालतको पछिल्लो फैसलालाई लिएर असन्तुष्ट भएको छ । अदालतले राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रभित्र कुनै पनि पूर्वाधार निर्माणमा रोक लगाउने आदेश दिएपछि इप्पान छटपटिमा रहेको हो । आदेशले देशको वातावरणीय...
चार कम्पनीको शेयर मूल्यमा आयो बुम, यी लगानीकर्ता भए मालामाल
काठमाडौँ । निरन्तरको ओरालो यात्रामा आज भने ब्रेक लागेको छ । बजार आज ६.५४ अकंले बढेर २६८३.८६ बिन्दुमा कायम भएको हो । कारोबार रकम समेत केहि कमि आएको छ । आज २९९ कम्पनीको १ करोड ३९ लाख ६८ हजार...
५ दिनको ओरालो यात्रामा ब्रेकः ७ अर्ब २४ करोडको कारोबार, कस्तो होला अबको गति ?
काठमाडौँ । पुँजी बजार ओरालो यात्राको ब्रेक लागेको छ । लगातार ५ दिन घटेको शेयर बजार आज भने एकल अकंले बढेको छ । बजार सामान्य सुधार आएसँगै लगानीकर्ता मख्ख बनेका छन् । लगानीकर्ताको मनोबल कमजोर हुँदा थोरै नाफा हुने...
मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । शेयर बजार लगातार पाँच दिनको ओरालो यात्रामा ब्रेक लागेकोछ । बजार बढेसँगै कारोबार समेत सन्तोषजनक भएकोछ । यसदिन सिईडिबि होल्डिङको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको ३६ करोड ८१ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको हो ।...
प्रतिपक्षद्वारा संसद बैठक अवरोध
काठमाडौँ । प्रतिपक्ष दलले संसद बैठक अवरोध गरेको छ । विधि पद्दति बिचेर सत्ता पक्षको सांसदलाई बोल्न दिएको भन्दै उनीहरुले अवरोध गरेका हुन् । माओवादी, रास्वपासहितका सांसदले आसन ग्रहण नगरेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थिगित गरेका छन् ।
प्रतिनिधि सभामा सांसद भोटेले सरकारसँग गुहार मागेपछि…..
काठमाडौं। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद छिरिङ डम्डुल लामा (भोटे) ले सरकारप्रति कडा आक्रोश व्यक्त गरेका छन्। विभिन्न विषयमा सरकारको असक्षमता र जनताप्रतिको उदासीनतामाथि प्रहार गर्दै उनले गुहार गुहार गुहार भन्दै सरकारलाई जिम्मेवारी बोध गराउन आह्वान गरेका हुन्...
भ्रष्टाचार सूचकांकमा नेपाल १०७ औं स्थानमा
काठमाडौं। नेपाल भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२४ मा एक स्थान माथि उक्लिएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालले यो वर्ष १०० मा ३४ अंक प्राप्त गर्दै १०७औं स्थान हासिल गरेको छ। यो अघिल्लो वर्षको तुलनामा एक स्थानको...
शेयर धितो कर्जामा एसबीआई र माछापुच्छ्रे आक्रामकः नबिल र ग्लोबलको टक्कर, कुनले कति गरे लगानी ?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो ६ महिना (साउनदेखि पुषसम्म) मा वाणिज्य बैंकहरूबाट ९१ अर्ब ५४ करोड २१ लाख रुपैयाँ मार्जिन प्रकृति अर्थात शेयर धितो कर्जामा...
सर्वोत्तम सिमेन्टको नाफामा उछाल, प्रतिशेयर आम्दानीसहित अन्य सूचक कस्तो ?
काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडको नाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको ६८९.२४ ले बढेको हो । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले २४ करोड १४ लाख रुपैयाँ खुद...
सिटिजन्स बैंकको नयाँ शाखा काठमाडौंको पानीपोखरीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९८औं शाखा काठमाडौंको पानीपोखरीमा संचालनमा ल्याएको छ। यससंगै काठमाडौं उपत्यकाभित्र सञ्चालित शाखाको संख्या ३९ र बाग्मती प्रदेशमा सञ्चालित शाखाको संख्या ५५ पुगेको छ। पानीपोखरीमा आयोजित एक कार्यक्रमकाबीच बैंकका...
करिब १८ लाख कित्ता अवितरित हकप्रद बेच्दै बलेफी हाइड्रो, सबैले किन्न पाउने
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले आउदो फागुन ५ गतेदेखि १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद शेयर लिलाम प्रक्रिया मार्फत् बिक्री गर्ने भएको छ। कम्पनीले यसअघि १ः१ को अनुपातमा हकप्रद निष्कासन गरेकोमा बाँकी बसेको शेयरहरू अहिले बेच्न लागेका...
मंगलबार बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आज कारोबार ?
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । आज...
विशाल बजारद्वारा १४ प्रतिशत लाभांश घोषणा
काठमाडौँ । विशाल बजार कम्पनी लिमिटेडले १४ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले १४ प्रतिशत अन्तरिम नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।
निर्धन उत्थान लघुवित्तको वित्तीय विवरणमा लोभलाग्दो प्रगतिः नाफासँगै अधिकांश सूचांकमा बृद्धि
काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको...
शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारण सभा कहिले ?
काठमाडौँ । शिखर इन्स्योरेन्सको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्तावित लाभांश लगायतका प्रस्ताव...




















