विरुवा कन्स्ट्रक्सन सहित १८ ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विरुवा कन्स्ट्रक्सन प्रा.लि. सहित विभिन्न १८ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता (ठेकेदार) कम्पनीहरूलाई कालोसूचीमा राखेको छ। कार्यालयले आज कात्तिक २३ गते एक सूचना जारी गर्दै आजैको मितिदेखि लागू हुने गरी सार्वजनिक गरिद ऐन,...


कालीमाटीमा मूला १० रुपैयाँ किलोमै फालाफाल

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कात्तिक २३ गतेका लागि मूल्य निर्धारण गरेको छ। सोका अनुसार आज सेतो लोकल मूला १० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ भने सानो लोकल गोलभेडा २० रुपैयाँले सस्तिएर ३५ रुपैयाँ...


उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ पर्व सम्पन्न

काठमाडौं । धार्मिक आस्था र प्रकृतिप्रतिको सम्मानको प्रतीक छठ पर्व आज उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी मनाइँएको छ। चार दिनसम्म चल्ने यो पर्व आज अर्घ्य अर्पणसँगै सम्पन्न भएको हो। काठमाडौंदेखि तराईलगायतका विभिन्न क्षेत्रका नदी, पोखरी र घाटहरूमा भक्तजनहरूले आस्थापूर्वक...


अमेरिकी डलरको भाउ उच्च विन्दुमा

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएको दोस्रो दिनपनि अमेरिकी डलरको भाउ बढेको छ। आज डलरको भाउ १४ पैसाले बढेर खरीदमूल्य १३४.७० रुपैयाँ र बिक्रीमूल्य १३५.३० रुपैयाँ पुगेको हो। अघिल्लो दिन पनि डलरको भाउ २८ पैसाले बढेको थियो।...


हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने, मूल्य कति ?

काठमाडौँ । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो इलेक्ट्रिक कार आयोनिक ५ को १०० किलोवाट मोटर संस्करणलाई नेपाली बजारमा ल्याउने घोषणा गरेको छ। यस नयाँ संस्करणको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। १०० किलोवाटको मोटर क्षमता...


कामना सेवा विकास बैंकद्वारा मठमन्दिर सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १८औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । धार्मिक स्थलहरूको महत्वलाई ध्यानमा राख्दै बैंकले मन्दिरहरूको सरसफाई र संरक्षणका लागि देशव्यापी रुपमा मठमन्दिर, पार्क सरसफाई साथै डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको...


चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरु हाउसफूल

काठमाडौं । कात्तिक १५ गते लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले देशभर हाउसफुल व्यापार गर्दै दर्शकहरूबाट उच्च प्रशंसा पाइरहेको छ । कूल शोको ५० प्रतिशतभन्दा धेरै शोसहित अहिले यो चलचित्र नेपालमा चलिरहेको छ । घरेलु बक्स अफिसमा उछाल...


४ वाणिज्य बैंकको शेयर किन्दा पाइन्छ लाभांश, कुनले कति दिदैछन् ?

काठमाडौँ । यति बेला लाभांश सिजन चलिरहेको छ । सूचीकृत विभिन्न क्षेत्रका कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरिरहेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १९ वाणिज्य बैंकमध्ये ७ वटाले लाभांश घोषणा गरिसकेका छन् । जसमा...


ट्रेड टावरले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने

काठमाडौँ । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि १५औं वार्षिक साधारण सभा आव्हान गरेको हो । सभा होटेल क्रिष्टल पशुपति ट्रेड टावर गौशालामा बिहान १०ः३० बजे हुनेछ...


भौतिक मन्त्रालयले गर्‍यो निर्माण व्यवसायीलाई पाँच अर्ब भुक्तानी

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच अर्ब पाँच करोड रुपैयाँ निर्माण व्यवसायीलाई भुक्तानी गरेको छ । भौतिक मन्त्रालय सचिव केशवकुमार शर्माले सो रकम भुक्तानी गरेको जनाएका हुन् । अर्थ मन्त्रालयले साउन १ गते मन्त्रालयको बजेटबाट रकम रकमान्तर...


पुँजी बजारमा ‘पर्ख र हेर’ अवस्थाः लगानीकर्ता नयाँ रौनक कै पर्खाइमा, के छन् चमक देखिने आधार ?

काठमाडौँ । पछिल्लो समय नेपाली पुँजी बजारमा लगानीकर्ता उत्साहका साथ प्रवेश गर्न सकेका छैनन् । शेयर बिक्रीको स्थिति पनि खासै उत्साहजनक देखिएको छैन र बजार समग्रमा ‘पर्ख र हेर’ को अवस्थामा रहेको देखिन्छ । खासगरी तिहार र छठको बीचमा,...


मिथिला लघुवित्तको खुद नाफा ३५ प्रतिशत वृद्धि

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा ३५.८० प्रतिशतले वृद्धि भएको हो।...


डोनाल्ड ट्रम्पको जितसँगै टेस्लाको शेयरमा वृद्धि, चीनका इलेक्ट्रिक सवारीमा कर बढ्ने संकेत

काठमाडौँ । टेस्लाको शेयर अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पको जितसँगै बढेका छन् । ट्रम्पको पुनः सत्ता फर्कनुले इलेक्ट्रिक सवारी निर्माता टेस्ला र यसको सीईओ एलन मस्कलाई फाइदा पुर्याउने देखिएको हो । ट्रम्पको प्रशासनमा वैकल्पिक ऊर्जा र इलेक्ट्रिक सवारी साधनका लागि...


आत्मनिर्भर लघुवित्तको वित्तीय अवस्था दयनीय, पहिलो त्रैमासमा ४३ लाख घाटा

काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तले घाटा व्यहोर्नु परेको छ । समीक्षा अवधिमा लघुवित्तले ४३ लाख ५३ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ...


निगमले भोलीदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले भोली शुक्रबारदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई उडान गर्ने भएको छ । निगमले साताको चार दिन भैरहवा–दुबई उडान गर्न लागेको हो । निगमले आइतबार, सोमबार, बुधबार र शुक्रबार राति ९ः३० बजे काठमाडौंबाट उडान गर्ने...


पहिलो त्रैमासमा दिव्यश्वरी हाईड्रोपावरको वित्तीय अवस्था कस्तो छ ?

काठमाण्डौँ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोे छ । उक्त विवरण अनुसार कम्पनीले नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ४ लाख ९५ हजार रुपैयाँ घाटामा रहेको...


चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौँ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार साँझ ७.५ बजेबाट विद्युत् प्रवाह (चार्ज) गरी...


क्यान महासंघका नवराज कुँवर असोसियोको उपाध्यक्षमा पुनः निर्वाचित

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का निवर्तमान अध्यक्ष नवराज कुँवर एसियन-ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (ASOCIO) को उपाध्यक्षमा पुनः निर्वाचित भएका छन् । जापानमा हालै सम्पन्न असोसियोको वार्षिक साधारणसभा तथा अधिवेशनबाट कुँवर आगामी सन् २०२४-२६ कार्यकालका लागि सो...


बिहिबार सुनको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव जितेसँगै नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । सुन एकैदिन तोलामा चार हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६४...


प्रिमियम मूल्यमा प्रभु हेलिकप्टरको शेयर बिक्रीमा, कसरी दिने आवेदन ?

काठमाडौँ । प्रभु हेलिकप्टर लिमिटेडले प्रिमियम मूल्यमा शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले १०० अंकित मूल्यमा ५० रुपैयाँ प्रिमियम मूल्य थपेर १५० रुपियाँमा शेयर निष्कासन गरेको हो । उक्त शेयर संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन्...