परिचयपत्रमै एथर इलेक्ट्रिक स्कुटर, ६ हजार ५८ रुपैयाँबाट सुरु किस्ताबन्दी

काठमाडौं । एथरका इलेक्ट्रिक स्कुटर खरिद गर्ने प्रक्रिया थप सरल बनेको छ । एथरको नेपालका लागि आधिकारिक वितरक बैद्य इनर्जीले अब ग्राहकहरूले केवल मान्य परिचय पत्र (आईडी कार्ड)को आधारमा कुनै पनि अतिरिक्त वित्तीय कागजात बिना एथर स्कुटर खरिद गर्न...


समानुपातिक बन्दसूचीमा अपांगता भएका व्यक्तिको अनिवार्य समावेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राजनीतिक दलहरूले बुझाएको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा अपांगता भएका व्यक्तिको नाम अनिवार्य रूपमा समावेश गर्न अन्तरिम आदेश जारी गरेको छ। नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय अपांग संघका अध्यक्ष माधव चम्लागाईंले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै...


कतारले दियो १३ नेपाली बन्दीलाई आममाफी

काठमाडौं । कतार सरकारले १३ जना नेपाली बन्दीलाई आममाफी दिने निर्णय गरेको छ। राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा कतारको विभिन्न जेलमा रहेका उनीहरूलाई आममाफी दिइएको हो। आममाफी दिइएकोमा नेपाल सरकारले कतारलाई धन्यवाद ज्ञापन गरेको परराष्ट्र मन्त्रालयले जानकारी...


हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, अब कहाँको कति ?

काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई यात्रुका लागि न्यूनतम भाडा घटाएको छ । नेपाल आयल निगमले पुस १६ गतेदेखि हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएपछि त्यसको प्रभाव हवाई भाडामा देखिएको हो ।...


७७ वस्तुमा शून्य भन्सारको अध्याय बन्द, अमेरिकी बजारमा नेपालले गुमायो एक दशकको सम्भावना

काठमाडौँ । अमेरिकाले नेपालका ७७ स्वदेशी वस्तुलाई प्रदान गर्दै आएको शून्य भन्सार (ड्युटी फ्री) सुविधा औपचारिक रूपमा समाप्त भएसँगै नेपाल–अमेरिका व्यापार सम्बन्धको एक दशक लामो विशेष अध्याय टुंगिएको छ। सन् २०१५ मा विनाशकारी भूकम्पपछिको आर्थिक पुनरुत्थानमा सहयोग पुर्‍याउने उद्देश्यले...


सन् २०२५ मा २२ लाख ६० हजार कार बिक्री गर्दै बीवाईडी बन्यो विश्वकै नम्बर वान ईभी ब्रान्ड

काठमाडौं । चिनियाँ विशाल विद्युतीय कार निर्माता बीवाईडी (बिल्ड योर ड्रिम्स) ले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्दै विश्वकै नम्बर वान विद्युतीय कार ब्रान्डको हैसियत स्थापित गरेको छ । कम्पनीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार...


बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । निरन्तर घटी रहेको सुनको मूल्य आज भने बढेको छ । सुन तोलामा दुई हजार ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६२ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ...


कालोबजारी र ठगी नियन्त्रणका लागि अनुगमन तीव्र, एक फर्मलाई नगद जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा एकै दिन काठमाडौँ उपत्यकाका १७ वटा फर्ममा निरीक्षण गरेको छ । उपभोक्ताको हक–अधिकार सुनिश्चित गर्ने उद्देश्यले गरिएको अनुगमनका क्रममा एक फर्मलाई नगद जरिवाना गरिएको छ भने बाँकी...


कुश्मा नगरपालिकामा भवन निर्माणमा अनियमितता, प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुश्मा नगरपालिकामा ज्येष्ठ नागरिक भवन निर्माणमा अनियमितता भएको ठहर गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङसहित चार जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बिहीबार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत...


बयानपछि पूर्वगृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा

काठमाडौं । भाद्र २३ र २४ गतेको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको भ्रमण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। आयोगको सचिवालयले एक सूचना जारी गर्दै लेखकको विदेश भ्रमण र काठमाडौँ उपत्यका छोड्न नपाउने पूर्व निर्णयलाई...


नाडा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

काठमाडौं। नेपाल अटोमोबाइल्स क्षेत्रको छाता संस्था नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले नयाँ नेतृत्व पाएको छ। आगामी कार्यकालका लागि महासचिव सुरेन्द्रकुमार उप्रेती निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । उक्त निर्वाचनका लागि आगामी पुस २५ गते निर्धारित गरिएको भए पनि उम्मेदवारी...


सरकारी जग्गा हडप्ने चौधरी ग्रुपको योजनामा अख्तियारको हस्तक्षेप

काठमाडौं । शक्ति र सत्ताको आडमा सरकारी जग्गा हडप्न खप्पिस चौधरी समुहको योजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गरेको छ । अर्बपति बिनोद चौधरीका कान्छा भाई अरुण चौधरीको सिजी होल्डिङ्सले शक्ति र सत्ताको आडमा मन्त्रिपरिषद्लाई नै गुमराह बनाएर हदभन्दा...


मल्टीपर्पस फाइनान्सका सञ्चालक ढुङ्गानाको राजीनामा स्वीकृत

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडका सञ्चालक गेहनाथ ढुङ्गानाको राजीनामा स्वीकृत भएको छ । कम्पनीको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । ढुङ्गानाले आफ्नो व्यक्तिगत कारणवश सञ्चालक समितिको सदस्य पदबाट राजीनामा दिएका...


सशस्त्र प्रहरीको गोलीपछि तनावग्रस्त बन्यो सुनसरीको लौकहीबजार, प्रहरीद्वारा हवाईफायर

काठमाडौँ ।  सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीबजार क्षेत्र तनावग्रस्त बनेको छ । सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित बनेका हुन् । घटना बिहीबार बिहान करिब १ः१० बजे कोसी–१ को पुरी टोलमा भएको हो...


निरन्तर घट्दै सुनको मूल्य, आज प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन आज तोलामा एक हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ...


एक वर्षमा १५ लाखभन्दा बढी नेपाली विदेशिए, १० लाख विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ ।  अध्यागमन विभागको तथ्यांकअनुसार भिसा वर्ष २०२५ (जनवरी १ देखि डिसेम्बर ३१, २०२५) को अवधिमा १५ लाख २३ हजार नेपाली नागरिक विदेश प्रस्थान गरेका छन्। सोही अवधिमा विभिन्न मुलुकबाट १३ लाख १३ हजार एक सय ९१ नेपाली नागरिक...


निजि क्षेत्रका संरचना पुनः निर्माण भए ढल्ने छैनन्, सुरक्षाका लागि जस्तो कदम पनि उठाउछुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शुशिला कार्कीले निजी क्षेत्रका संरचना पुनः निर्माण भएको खण्डमा ढल्न नदिने र सुरक्षाका लागि जस्तो कदम पनि उठाउँने बताएकी छिन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘निजि क्षेत्रसहित देशमा...


अहिले लगानीको उपयुक्त समय हो, मनोबल उकास्न सरकार तपाईको साथमा छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अहिले लगानीको लागी उपयुक्त समय भएको र मनोबल उकास्न सरकार व्यवसायीहरुको साथमा रहेको बताएका छन् ।  बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आन्दोलनमा निजि क्षेत्रले भोगेको समस्याबार हामि...


डार्क फाइलका अभियान्ता राजकुमार तिमल्सिना पक्राउ

काठमाडौं । न्यायधीसमाथि लगातार विभिन्न धम्की दिएको आरोपमा ललितपुर गोदावरीका राजकुमार तिमल्सिना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालउको टोलीले उनलाई पक्राउ गरेको हो । उनले पछिल्लो समय डार्क फाइल नेपाल अभियान नाम दिएर न्यायाधीशहरूलाई धम्की दिँदै...


निजि क्षेत्रको एउटै स्वर: ‘हामी फेरि उठ्छौँ तर सुरक्षाको ग्यारेन्टी चाहियो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले एउटै स्वरमा व्यवसायिक सुरक्षाको ग्यारेन्टी माग गरेका छन्। कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले देशका युवाहरू एक प्रकारको असन्तुष्ट...