नेको इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारण सभा आज नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको छ। उक्त सभाले चुक्ता पूँजीको ७ प्रतिशत अर्थात् १०० कित्ता शेयरका लागि ७ कित्ताका दरले बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर समेत)...


कर छुटको सुविधा सहित शहरी क्षेत्रको घरबीमा अनिवार्य व्यवस्था एक बर्षभित्र लागू हुने

काठमाडौं । सरकारले शहरी क्षेत्रमा घर निमार्णको नक्सा सम्पन्न प्रमाणपत्र लिँदा अनिवार्य रुपमा घरबीमा गनुपर्ने प्रावधान एक बर्षभित्र लागू गर्ने भएको छ। सरकारले आर्थिक सुधार सुझाव आयोगले दिएको सुझाव कार्यान्वयनका लागि बनाएको कार्ययोजनामा एक वर्ष भित्र सो व्यवस्था कार्यान्वयन...


सलिको इन्स्योरेन्सको लोगो उल्लेखित झण्डा सगरमाथामा फहरियो

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको लोगो उल्लेखित झण्डा सर्बोच्च शिखर सगरमाथामा फहरिएको छ । अभिनेत्री तथा चर्चित डान्सर कविता नेपालीले सगरमाथा आरोहरणको क्रममा सलिकोको लोगो उल्लेखित झण्डा सगरमाथामा फहराएकी हुन् । कलाकार कबिता नेपालीले  सर्वोच्च शिखर सगरमाथा...


नेको इन्स्योरेन्सको साधारण सभा आज, शेयरधनीलाई लाभांश प्रस्ताव

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारण सभा आज बिहान ११ बजेदेखि नक्सालस्थित लिसारा रिसेप्सनमा बस्दैछ। उक्त सभाले चुक्ता पूँजीको ७ प्रतिशत अर्थात् १०० कित्ता शेयरका लागि ७ कित्ताका दरले बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर...


सानिमा जीआईसीले तीनदिने अभिकर्ता तालीम सञ्चालन गर्ने

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले यही जेठ २० देखि २२ गतेसम्म तीनदिने निर्जीवन बीमा अभिकर्ताको तालीम सञ्चालन गर्ने भएको छ। यसमा प्लस टू गरेकाले तालीम लिन पाउने छन्। यसका लागि शैक्षिक योग्यताको प्रमाणपत्र, पासपोर्ट साइजको ४ प्रति फोटो,...


बीमा कम्पनीहरुकोे ८ खर्बको लगानी, कुन क्षेत्रमा कति ?

काठमाडौं । बीमा कम्पनीहरुले ८ खर्ब रुपैयाँ बढीको लगानी गरेको पाइएको छ। नेपालमा हाल संचालमा रहेका जीवन बीमा कम्पनीहरुले ७ खर्ब ३३ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ लगानी गरेको र निर्जिवन बीमा कम्पनीहरुले ६८ अर्ब ७ करोड ४३...


सलिकोले जेठ २३ देखि चारदिने अभिकर्ता तालीम सञ्चालन गर्ने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले यही जेठ २३ देखि २६ गतेसम्म चार दिन बीमा अभिकर्ताको आधारभूत तालीम सञ्चालन गर्ने भएको छ। यसका लागि कम्तीमा प्लस टू उत्तीर्ण गरेको हुनु पर्नेछ। तालीम लिन चाहेने आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र,...


नेपाल इन्स्योरेन्सलाई हकप्रद सेयर बिक्री गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले आफ्ना सेयरधनीहरुलाई...


पूर्वसूचना प्रणालीले आयोजनामा क्षति कम भई बीमा कम्पनीमा दाबी पनि कम पर्ने इप्पानको विश्वास

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०बीच जलविद्युत आयोजनामा पूर्वसूचना प्रणाली विकास गर्ने सम्बन्धी एक समझदारी पत्र ९एमओयू०मा हस्ताक्षर भएको छ । बुधवार राष्ट्रिय मनसुन दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच...


सरकारले दिन सकेन कोरोना बीमाको साढे ११ अर्बको भुक्तानी, बजेटमा समावेश होला त ?

काठमाडौं । सरकारले आफ्नो दायित्व अन्तर्गतको रकम निकासा नगरिदिँदा धेरै सर्वसाधारणले हालसम्म पनि कोरोना बीमा बापतको भुक्तानी पाउन सकेका छैनन् । सरकार आर्थिक वर्ष २०८२र८३ को बजेट तयारीमा जुटेको छ। जेठ १५ गतेभित्रै ल्याइसक्नुपर्ने प्रावधान रहेको छ । यता...


चैतसम्मको दाबी भुक्तानी लिन आईजीआई प्रुडेन्सियलको आग्रह

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चैत मसान्तसम्म परेको दाबी निवेदन बापतको भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ। बीमितहरूले विभिन्न मितिमा दिएको दाबी निवेदनमा केहीमा कागजात अपुग रहेको त केही बीमित सम्पर्कमा नआएकाले दाबी भुक्तानी प्रक्रिया अघि बढ्न नसकेको...


निर्जीवन बीमकको बीमा दावी बक्यौता ३५ अर्ब ७९ करोड, युनाइटेड अजोड र हिमालयन एभरेष्टको सबैभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको कुल बक्यौता बीमा दावी रकम ३५ अर्ब ७९ करोेड ४५ लाख रुपैयाँ रहेको छ । कम्पनीहरुले बीमा दावी परेका बीमितहरुले दिनुपर्ने रकम गत आवको तुलनामा सामान्य अंकले बृद्धि...


राष्ट्रिय बीमा कम्पनीको भ्रष्टाचार महालेखाको प्रतिवेदनमा छर्लङ्ग, अख्तियार र प्राधिकरण मौन

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले भेरी बबई सिचाँई आयोजनामा कम्पनीका उच्च तहका पदाधिकारीको मिलेमतोमा ६ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचारलाई महालेखा परिक्षण प्रतिवेदनमा छर्लङ्गै प्रष्ट पारिएको छ । तर नियामक निकाय नेपाल बीमा प्राधिकरण आफैले छानविन प्रतिवेदनमा दोषीलाई...


एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । कृषकको टोलटोल अनि घर–घरमा पुग्ने अभ्यासलाई निरन्तरता दिदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले यस पटक कृषि तथा पशुपन्छी बीमा सम्बन्धि छलफल कार्यक्रम त्रीवेणी गाउपालिका ३ झुल्नेटा रुकुम पश्चिम मा सम्पन्न गरेको छ । कृषकलाई बीमाको दायरामा ल्याउन विभिन्न...


नेको इन्स्योरेन्सको लिलामी शेयर बाँडफाँड, अन्तिम मूल्य कति?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले वैशाख १२ देखि २१ गतेसम्म लिलामी प्रक्रिया मार्फत् बिक्री खुला गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम १०० रूपैयाँ तोकेर ५० लाख ३० हजार ९०१.५५ कित्ता शेयरका लागि बोलपत्र आह्वान गरेको...


लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले यही जेठ २९ गते बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा बिहान ११ बजे १९औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आवको मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ५० करोड...


निर्जीवन बीमा कम्पनीको सोल्भेन्सी रेसियो ३.२८, कुन कम्पनीको जोखिम धारण क्षमता कति ?

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपालमा सञ्चालित निर्जिवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो अनुपात ३.२८ रहेको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा सोल्भेन्सी रेसियो अनुपात सामान्य अंकले बृद्धि भएको देखिएको छ...


राष्ट्रिय बीमा कम्पनीमा कर्मचारी माग (सूचनासहित)

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदहरूमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी १८ जना कर्मचारी माग गरेको छ। कम्पनीले प्रशासन, व्यवस्थापकदेखि प्रशासन सहायकसम्म गरी विभिन्न आठवटा पदहरूका लागि आवेदन खुलाएको हो। तोकिएको योग्यता भएको इच्छुक नेपाली नागरिकले...


सलिकोलाई हराउँदै नेको इन्स्योरेन्सले जित्यो बीमा प्राधिकरणको बार्षिकोत्सव फुटसल कप

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आयोजना गरेको फुटसल प्रतियोगितामा नेको इन्स्योरेन्स च्याम्पियन बन्न सफल भएको छ । बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजित पुरुष फुटसल प्रतियोगितामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई हराउँदै नेको इन्स्योरेन्सको पुरुष टिम उपाधी चुम्न सफल भएको हो...


तेस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको मुनाफा ५४ प्रतिशतले घट्यो (तथ्याङ्कसहित)

काठमाडौँ । निर्जीवन बीमा कम्पनीको मुनाफामा भारि गिरावट देखिएको छ । चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो (साउन–चैत) त्रैमाससम्मको अवधिमा अधिकांश निर्जीवन बीमा कम्पनीको मुनाफा घट्न पुगेको हो । चालु आवको ९ महिनामा हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा...