राष्ट्र बैंक र नेष्डो समृद्ध लघुवित्तको कुरा नमिल्दा लाभांश प्रस्तावको कुरा अझै टुंगिएन, पुरानै बम्पर लाभांशबाट नहट्ने लघुवित्तको अडान
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्तले प्रस्ताव लाभांशमा घटाएपछि लगानीकर्तामा अन्यौलता सिर्जना भएको छ । राष्ट्र बैंकले घटाएर पठाएको लाभांश आफूहरुले कार्यान्वयन नगर्ने नेष्डो समृद्ध लघुवित्तले अडान लिएपछि लगानीकर्ताहरुमा अब लाभांश पाइन्छ वा पाइँदैन भन्ने अन्यौलता बढेको...
बीमा कम्पनीहरुको कुल सम्पत्ती १५ प्रतिशतले बढ्यो, कुल सम्पत्ती ६ अर्बमाथि
काठमाडौं । हाल संचालमा रहेका बीमा कम्पनीहरुको कुल सम्पत्ती १५ प्रतिशतले बढेको छ । असार मसान्तसम्ममा बीमा प्राधिकरणको तथ्यांक अनुसार १५ प्रतिशतले बीमा कम्पनीहरुको सम्पत्ति वृद्धि भएको देखिएको छ । आर्थिक बर्ष २०७८ मा ५ अर्ब रुपैयाँ ४२ अर्ब...
बैंक तथा वित्तीय संस्थाले बचत खातामा ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी फरक पार्न नमिल्ने
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको बचत खातामा दिने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी फरक हुन नमिल्ने व्यवस्था गरेको छ।नयाँ बचत खाताको विकास गर्दा पुरानो खाताको ब्याजदर अत्यन्तै कम भयो भन्ने आमगुनासोलाई सम्बोधन गर्न विभिन्न प्रकारका...
संसदीय समितिको निर्देशन विपरित स्टक एक्सचेन्जको लाइसेन्स वितरण गरिँदै, ६ अर्ब घुस बाँडफाँडको सेटिङ गर्दै रमेश हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डले वितरण गर्न लागेको स्टक एक्सचेन्जको लाइसेन्स देशको अर्थतन्त्रलाई थप धरासायी बनाएर ठूला व्यापारिक घारानालाई पोस्न उद्देश्यका लागि काम गर्न लागेको देखिएको छ । करिब छ अर्ब रुपैयाँ कमिशन सेटिङमा हुन लागेको यस परियोजनामा नेपाल...
हिमालयन स्टक एक्सचेन्जलाई लिएर बोर्डविरुद्ध मुद्दा हाल्ने तयारी, यस्तो छ कारण
काठमाडौं । नेपाल धितोपत्र बोर्डले यसअघि नै स्टक एक्सचेन्जका लागि आवेदन माग आवेदन परेको कम्पनीको नाममा पुनः आवेदन दिन स्वीकृति दिएको छ। यसअघि २०६६ सालमा हाल महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका रमेशकुमार भट्टराई लगायतका लगानीकर्ताले हिमालयन स्टक एक्सचेन्जको नाममा नयाँ...
धितोपत्र बोर्डमा तीन स्टक एक्सचेन्ज र तीन कमोडिटी एक्सचेन्जको आवेदन
काठमाडौं । धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) संचालनका लागि इजाजत लिन समान तीन/तीनवटा कम्पनीको आवेदन परेको छ। नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको इजाजत पत्र लिनका लागि आवदेन दिने आज अन्तिम दिन रहेकोमा...
मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । यी दुई कम्पनीबीच शेयर रजिष्ट्रारको काम गर्न वैशाख ८ गते सम्झौता भएको हो । सम्झौतामा हाइड्रोपावरको तर्फबाट अध्यक्ष हिमाल गुरुङ र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी...
नेपाल लाइफको वार्षिकोत्सवको अवसरमा क्यास व्याक अफर सार्वजनिक, बीमितमैत्री बनाउनेमा सिईओ पराजुलीको जोड
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२ वर्ष पुरा गरेर २३ वर्षमा प्रवेश गरेको सुखद अवसरमा क्यास व्याक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत बैशाख महिना भरि बीमा शुल्कको नविकरण ई(सेवा मार्फत भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले ५...
मातातीर्थ औंसीमा आमालाई दिऔं जीवन बीमा पोलिसी उपहार
आज (वैशाख ७ गते) मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । नेपाली परिवेशमा आजको दिन विशेषगरी आमालाई पुजा गर्ने गरिन्छ । आमालाई मिठा–मिठा परिकारका खानेकुराका साथै विभिन्न खालका उपहारहरु दिने प्रचलन छ । यो दिनमा विशेष आ–आफ्ना आमालाई...
सिटि होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सिटि होटल लिमिटेडले निष्काशन गरेको आइपीओमा आवेदन दिने आज (बैशाख ५) अन्तिम दिन रहेको छ । कम्पनीले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी १...
सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छ: अर्थमन्त्री महत
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बधाई तथा शुभकामना दिएका छन् । निर्वाचित पदाधिकारीसँगको सोमबार आयोजित भेटघाट कार्यक्रममा डा. महतले सफल कार्यकालको शुभकामना दिएका हुन् ।वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो र...
प्रधानमन्त्री हराएको सूचना दिँदै एमालेका सांसद रघुजी पन्त
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पमकल दाहाल हराएको सूचना दिँदै खोजेर वानेश्वर स्थित संसद भवनमा बुझाउन आग्रह गरेका छन्।एमाले सांसद पन्तले प्रतिनिधिसभाको बारम्बारको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि एमाले सांसद पन्तले व्यंग्य गर्दै यस्तो बताएका हुन्...
तथ्याङ्कमा देशको अर्थतन्त्र सबै ठीकठाक तर सरकार टाट पल्टिने अवस्थामा, के होला शेयर बजार ?
समाचार विश्लेषण नयाँ वर्ष २०८० भर्खर सुरु भएको छ । तथ्याङ्कमा देशको आर्थिक अवस्थामा विस्तारै लयमा फर्कदै गरेको नेपाल राष्ट्र बैंकको भनाई छ । विदेशी मुद्रा संचिती, शोधनान्तर स्थिति आदि आदिमा सबै ठीकठाक रहेको राष्ट्र बैंकको भनाई छ । तर,...
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा कर्मचारी माग
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्डिङ र डिजिटल मार्केटिङका लागि कर्मचारी माग गरेको हो । इच्छुक आवेकले कम्पनीको वेवसाईटमा रहेको भ्याकेन्सीको साईटमा गएर आवेदन दिन आग्रह गरेको छ ।
बैंक र बीमा कम्पनी अख्तियारको दायराभित्र पर्दै, सिधै छानविन गर्न पाउने विधेयक राष्ट्रिय सभाबाट पारित
काठमाडौं । हिजो बसेको राष्ट्रिय सभाको बैठकबाट भ्रष्टाचार निवारण ऐन २०५९ पारित गरेको छ । राष्ट्रियसभाबाट हिजो पारित भएको सो विधेयक सामान्य संशोधनसहित पारित भएको सचिव राजेन्द्र फुयालले बताए । राष्ट्रियसभाबाट पारित भएको सो विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रपतिबाट...
बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको छः प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् । आज सिंहदरबारमा आयोजित कार्यक्रममा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर...
नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्ससम्बन्धी मुद्दा खारेज गर्ने सर्वोच्च अदालको फैसला, लाईसेन्सविरुद्धका सबै प्रकारका रिटको सुनुवाइ सकियो
काठमार्डौं । नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्ससम्बन्धी मुद्दा खारेज गर्ने सर्वोच्च अदालतले फैसला सुनाएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले आज रिट खारेज गरेको हो। नेपाल धितोपत्र बोर्डलाई बजारको आवश्यकताअनुसार नयाँ स्कट एक्सचेञ्ज र ब्रोकरको लाइसेन्स...
नेशनल लाइफ इन्स्योरेन्सले माग्यो मार्केटिङ म्यानेजरदेखि डेपुटी सिइओ पदमा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले मार्केटिङ म्यानेजर, मार्केटिङ अफिसरदेखि डेपुटी महाप्रबन्धक तथा डेपुटी सिईओसम्मका पदहरुमा आवेदन खुल्ला गरेको छ । आज प्रकाशित सूचना अनुसार राजधानीभित्र तथा मोफसलमा काम गर्ने गरी नयाँ कर्मचारी भर्ना गर्न आवेदन खुल्ला गरेको हो ।...
एनएमबि बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । एनएमबि बैंक लिमिटेडले आज (चैत २१ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९।२०९०’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक...
कानून विपरित शेयर बिक्री गरेको आरोपमा ज्ञानेन्द्रलाल प्रधानलाई बोर्डको कारबाही
नेपाल हाइड्रो डेभलोपर लिमिटेडका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले कानून विपरित सेयर बिक्री गरेको पुष्टि भएपछि धितोपत्र बोर्डले कारबाही गरेको छ । धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले प्रधानलाई ७५ हजार रुपैयाँ जरिवाना र १० बर्षसम्म कुनै पनि सूचीकृत संस्थाको सञ्चालक,...


















