अर्ब क्लवमा उक्लियो अजोड इन्स्योरेन्स कम्पनी, केक काटेर मनाइयो उत्सव

५ बैशाख २०७८, आईतवार १२:२१

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी अर्ब क्लवमा उक्लिन सफल भएको छ । चालु आर्थिक वर्षको नौ महिनामा नै एक अर्बभन्दा बढि बीमा शुल्क आर्जन गर्न सफल भएपछि कम्पनीले एक कार्यक्रम गरी उत्सव मनाएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब रुपियाँभन्दा बढि बीमाशुल्क आर्जन गरेको अजोड इन्स्योरेन्स कम्पनीका सिईओ कुमार बहादुर खत्रीले बीमापोष्टलाई जानकारी दिए । अजोड इन्स्योरेन्स कम्पनी नयाँ कम्पनी भएर पनि चुस्तदुरुस्त बीमा प्रशासनमार्फत प्रभावकारी बीमा सेवा प्रवाह गर्दै आइरहेका कारण बीमा व्यवसायमा निकै ठूलो फड्को मार्न सफल भएको हो ।

अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमार बहादुर खत्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ यस कम्पनीले स्थापनाकालको छोटो अवधिमा नै आफ्नो उत्कृष्ट बीमा सेवा प्रदान गर्दै चालू आव को नौं महिनामा एक लाख रुपैयाँ भन्दाबढी बीमित, ग्राहकहरुबाट एक अरब रुपैयाँभन्दाबढी बीमा शुल्क आर्जन गर्न सफल भएको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, संचालक समिति सदस्यज्युहरु, शेयरधनी महानुभावज्युहरु, नियमन निकायका पदाधिकारीज्युहरु, पत्रकार मित्रहरू, बीमा अभिकर्ता साथीहरु र कर्मचारी मित्रहरुमा हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्द्छौ साथै आगामी दिनहरूमा पनि सबै पक्षको यस्तै साथ, सहयोग र समर्थन रहिरहने आशा एवं विश्वास लिएकाछौ । जय अजोड !!’

कम्पनीले यही बैशाख ३ गते केक काटेर अर्ब क्लवमा प्रवेश गरेको खुशियालीमा उत्सव मनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*