आईपिओ निष्काशन गर्ने प्रस्तावसहित सानिमा लाइफको साधारणसभा जेठ २३ गते आह्वान

२ जेष्ठ २०७८, आईतवार १३:५८

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको साधारणसभा आउँदो जेठ २३ गतेका लागि आह्वान गरेको छ । आईपिओ निष्काशनका लागि धितोपत्र बोर्ड लगायतका निकाय प्रक्रिया अघि बढाउने प्रस्तावसहित कम्पनीले साधारणसभा आह्वान गरेको हो ।

गत बैशाख ३१ गते बसेको कम्पनीको १३१ औं सञ्चालक समितिको बैठकको निर्णय अनुसार तेस्रो वार्षिक साधारणसभाको मिति तय भएको हो ।

कम्पनीले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट आफ्नै प्रधान कार्यालय, कमलादी, काठमाडौंमा, बिहान ११ बजेका लागि तोकिएको जनाएको छ ।

साधारण सभाको प्रस्तावमा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने, कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव आगामी साधारणसभामा पेश गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*