साईन रेसुंगा बैंकका जीतपुर शाखा प्रमुख अनुराग पाण्डेको कार दुर्घटनामा निधन

१४ पुष २०७८, बुधबार ११:५७

काठमाडौं । बुटवलस्थित साइन रेसुंगा बैंकका जीतपुर शाखा प्रमुख अनुराग पाण्डेको सवारी दुर्घटनामा गएराति निधन भएको छ । कपिलवस्तुको जितपुरस्थित शाखा कार्यालयबाट घर जाँदै गरेका पाण्डे सवार बा६च ११६४ नम्ववरको कारलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा भएको दुर्घटनामा पाण्डेको निधन भएको हो ।

कपिलवस्तुको जीतपुरमा रहेको शाखा कार्यालयबाट बाँणगंगास्थित निवासतर्फ जाँदै गरेका पाण्डेलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । बाणगंगा नगरपालिका पिपरा घर भएका पाण्डे आफैले कार चलाउँदै थिए । पछाडिबाट आएको बसले ठक्कर दिएपछि कार अगाडि उछिट्टिएको थियो । सो क्रममा अगाडि रहेको बसमा ठोक्किएर उनको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनामा सुदिप खनाल र राजेश शर्मा गम्भिर घाइते छन् । उनीहरुको बुटवलमा उपचार भइरहेको छ । साइन रेसुंगा जीतपुर शाखा प्रमुखको रुपमा कार्यरत पाण्डे कपिलवस्तु जेसिसका पूर्व अध्यक्ष समेत हुन् । सिद्धार्थ क्याम्पसमा अध्यापन समेत गर्दै आएका पाण्डेले बैंकका उत्कृष्ट कर्मचारी मध्येका एक भएको सो बैंकले जनाएको छ ।

घटनामा लाखौं रुपैयाँ बीमा दावी पर्ने भएको छ । तीन वटा सवारी साधनमा क्षति भएकोले तेस्रोपक्ष बीमा तथा मृत्यु तथा घाइतेहरुको उपचार खर्च बापतको रकम बीमा दावी पर्नेछ ।

One thought on “साईन रेसुंगा बैंकका जीतपुर शाखा प्रमुख अनुराग पाण्डेको कार दुर्घटनामा निधन

  1. AYUSH DHUNGEL says:

    KASTO NARAMRO SAMACHAR
    MA PANI YESTAI DURGHATANA NA MA NEWARPANI MA PAREKO THIYE, TARA BACHEKO THIYE.
    so SAD FOR LOSS OF LIFE…HARDIK SHRADANJALI

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*