हकप्रद जारी गरेर जनरल इन्स्योरेन्स कम्पनीले पुँजि पुराउन सक्छ? यस्तो छ वित्तिय अवस्था

९ जेष्ठ २०७९, सोमबार २०:०८

काठमाडौं। हकप्रदको सूचना सार्वजनिक भए लगत्तै जनरल इन्स्योरेन्स कम्पनी नेपालकोे शेयर मूल्यमा गिरावट आउन लागेको छ। सूचना सार्वजनिक भएकै दिन जनरलको सेयर मूल्य १४ रुपैयाँ घटेको हो। त्यसो त निरन्तर घट्दो क्रममा रहेको मूल्यले सूचना अघिका दुई कारोबारमा ४४ रुपैयाँको वृद्धि लिएको थियो। तर वृद्धिको फराकिलो आकारलाई मूल्यले सूचना सार्वजनिक भएपछि निरन्तरता दिन सकेन।

कम्पनीको तत्काल पुँजी वृद्धिको दबाबमा छ। एकातर्फ कम्पनीको चुक्ता पुँजी निकै न्यून हो, अर्कोतर्फ कायम गर्नुपर्ने चुक्ता पुँजीको आकार नियामकले अढाइ गुणा बढाएको छ। एक अर्बको जनरल इन्स्योरेन्सलाई अढाइ अर्ब चुक्ता पुँजी पु¥याउनै ठूलो चुनौती देखिन्छ। कम्पनीको जगेडा कोषमा रकम त्यति देखिदैन ।

विकल्पमा कम्पनीले कायम चुक्ता पुँजीको हकप्रद निष्कासन गर्ने हल निकालेको हो। कायम चुक्ता पुँजीमै इन्स्योरेन्सले हकप्रद बिक्री गर्दा समेत कम्पनीलाई आवश्यक पुँजी भने पुग्दैन । जसको अन्तिम समाधन नै मर्जरमा जानु हो। त्यसैले कम्पनी बार्गेनिङ पावर बढाउन आफैंमा बलियो बन्ने प्रयत्न गर्दैछ।

हकप्रदमार्फत चुक्ता पुँजी वृद्धिमा नियामक बीमा समितिले इन्स्योरेन्सहरुलाई रोक लगाएको छ।तर जनरलले प्रस्ताव गरेको हकप्रद निष्कासनलाई भने जवाफ दिइसकेको छैन। कम्पनीले बीमा समितिले हकप्रद प्रस्ताव पारितका लागि पठाईसकेको छ। समितिले कस्तो प्रतिक्रिया दिन्छ भनेर कम्पनी पखाईमा रहेको देखिन्छ ।

तर बीमा समितिले पुँजि वृद्धि मात्रै नभई कम्पनीको अवस्था बलियो बनाउन क्यापिटल प्लानको निर्णय गरेको हुँदा हकप्रद शेयर स्वीकृत नहुने देखिएको छ ।

२०७९ चैत मसान्तसम्म चुक्ता पुँजी पुयाउन नसक्ने संस्थाले मर्जर तथा एक्विजिसनमा पुँजी बढाउनुपर्ने नीति छ। जसको परिणाम पछिल्लो केही समयमै पाँच बीमा कम्पनीबीच मर्जरको प्रस्तावलाई समितिले सैद्धान्तिक सहमति समेत प्रदान गरिसकेको छ।

जसमध्ये हिमालयन जनरल र एभरेष्ट निर्जीवन वर्गका कम्पनी एकआपसमा गाभिने भएका छन्। त्यस्तै, जीवनबीमातर्फ प्राइम, युनियन र गुराँस लाइफ पनि एक अर्कासँग मर्ज हुने भएका छन्।

बजारको चर्चालाई पनि विश्लेषण गर्ने हो भने जनरल इन्स्योरेन्सलाई मर्ज गर्ने प्रारम्भिक चरणको छलफल अधिकांश निर्जीवन बीमा कम्पनीको तुलनामा कम्पनी कमजोर नै देखिन्छ ।
जसको तयारीमा जनरल आफैंले पुँजी वृद्धि गर्ने योजना अघि बढाएको हो। कम चुक्ता पुँजी भएकालाई बजारका लिडर न्यून मूल्यमा आफूमा समावेश गर्न प्रयासरत छन्।

विवरण सार्वजनिक भएको अर्को दिनको कारोबार देखि नै मूल्यमा ह्रास आएको छ। पछिल्लो तथ्यांक अनुसार ४८८ रुपैयाँसम्म जनरलको सेयर मूल्य ओर्लिसकेको छ। तर, कम्पनीले ३० प्रतिशत हकप्रद निष्कासन गर्ने हुँदा मूल्यमा केही वृद्धि भने देखिएको छ। धितोपत्र बजारको अन्तिम कारोबार मूल्य अनुसार जनरल इन्स्योरेन्सको प्रतिकित्ता मूल्य ४८८ रुपैयाँ छ।

मूल्यको पछिल्लो गतिविधिलाई मूल्यांकन गर्ने हो भने ५०० नजिक जनरल इन्स्योरेन्सको सेयरले खरिदकर्ताको तीव्र आकर्षण बटुल्ने गरेको छ। मूल्य ५२ साताको न्युनतम मूल्यविन्दु नजिक पनि छ।

विवरण सार्वजनिक भएको अर्को दिनको कारोबार देखि नै मूल्यमा ह्रास आएको छ। पछिल्लो तथ्यांक अनुसार ४६० रुपैयाँसम्म जनरलको सेयर मूल्य ओर्लिसकेको छ। तर, कम्पनीले ३० प्रतिशत हकप्रद निष्कासन गर्ने हुँदा मूल्यमा केही वृद्धि भने देखिएको छ। धितोपत्र बजारको अन्तिम कारोबार मूल्य अनुसार जनरल इन्स्योरेन्सको प्रतिकित्ता मूल्य ५०२ रुपैयाँ छ।

मूल्यको पछिल्लो गतिविधिलाई मूल्यांकन गर्ने हो भने ५०० नजिक जनरल इन्स्योरेन्सको सेयरले खरिदकर्ताको तीव्र आकर्षण बटुल्ने गरेको छ। मूल्य ५२ साताको न्युनतम मूल्यविन्दु नजिक पनि छ। यद्यपि अघिल्लो समयमा बजारले दोहो¥याएको प्रवृत्ति यस पटक पनि दोहोयाउने छ या छैन भने प्रश्न हो। हकप्रद निष्कासनको सूचनाले पनि कम्पनीको सेयरमा कस्तो प्रभाव पार्छ त्यो हेर्न बाँकि नै रहेको छ।

कम्पनी गत वर्षका लागि लाभांश प्रस्ताव नगर्दा चुक्ता पुँजीको आकार स्थिर नै छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब रुपैयाँ कायम छ। कम्पनीको जगेडा तथा कोषमा १६ करोड ७४ लाख रुपैयाँ, बीमा कोषमा १९ करोड रुपैयाँ र महाविपत्ति जगेडा कोषमा एक करोड ६२ लाख रुपैयाँ सञ्चित छ।

पछिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसँग यदि तुलना गरिन्छ भने इन्स्योरेन्सको जगेडा तथा कोष १२१ प्रतिशत, बीमाकोष ११५ प्रतिशत र महाविपत्ति जगेडा १६७ प्रतिशत बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ पनि २० रुपैयाँ अधिक बढ्यो।

तेस्रो त्रैमासको अन्त्यसम्म इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १३७.४२ रुपैयाँ छ। धितोपत्र बजारको अन्तिम कारोबार मूल्य ५०२ रुपैयाँका अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ४५.६८ गुणा छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*