नियामकबाट नीतिगत सुधारको आशैआशमा बित्यो पूँजीबजारको वर्षदिन, यस्तो देखियो २०८० लाई फर्किएर हेर्दा !

दिपक विष्ट
३० चैत्र २०८०, शुक्रबार ११:३५

काठमाडौँ ।  राताम्य यात्राले सुरुवात भएको शेयर बजार विस २०८० साल अन्तिमको कारोबारमा पनि ओरालो लागेर बन्द भएको छ । शेयर बजारमा वर्षभरी खासै उत्साहमय देखिएन् । अनेकौ उतार चडाबले पूँजी बजारलाई थचि राख्यो । यो वर्ष बैशाख ३ गते पहिलो कारोबारको दिन नै शेयर बजार ओरालो लागेको हो । २०७९ चैतको अन्तिम कारोबारका दिनहरु समेत राताम्य भएर बन्द भएको बजारले २०८० सालको नयाँ वर्षलाई समेत रातो कार्पेटले स्वागत गर्यो ।

यो वर्षको पहिलो कारोबार बैशाख ३ गते आइतबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.७९ अकंले घटेर बन्द भएको थियो । यहि वर्षको अन्तिम कारोबारको दिन अर्थात चैत २८ गते बुधबार समेत बजार १०.७१ अकंले घटेर बन्द भएर शेयर बजारले २०८० लाई बिदाई रहेको हो । २०८० साल वैशाख ३ गते सेयर बजार १९३१.६८ बिन्दुमा रहेको थियो । यो वर्ष बजारको अधिकतम बिन्दु २२२७.१६ बिन्दु थियो भने सबैभन्दा कम १८१८.३१ बिन्दुसम्म रहेको थियो ।

साउन ७ गतेसम्म पुग्दा बजार २२२७.१६ बिन्दुमा पुगेको थियो । तर, २२ सय बिन्दुको पूँजी बजारको यात्रा खासै टिक्न सकेन । २२ सय बिन्दुमा यस वर्ष २ कारोबार मात्र भएको हो ।

२०८० साल भरी बजार २३१ दिन खुलेको थियो । सुरुवात मै ओरालो यात्रा देखाएर अघि लम्किएको पूँजी बजारलाई कहिले नीतिगत अवरोधले कब्जा गरेर राख्यो भने कहिले राजनीति अस्थिरताले । २०८० साल भरी भएको कारोबारमा नेप्से परिसूचक ९०.८२ अंकले बढेको छ । बजारमासुधार आउँदा समेत यो वर्ष लगानीकर्तामा उत्साह भने देखिन । वर्षभरी लगानीकर्ता नियामकले नयाँको पोलिसि ल्याउने आशैआशमा वितेको छ । लगानीकर्तालाई यो वर्ष अनेकौ बाधाले गर्दा निरामय बनाएको छ ।

यसो त यो वर्ष नेप्सेमा सकारात्मक सर्किट समेत लागेको छ । यस वर्ष एक दिनमै पटक–पटक सकारात्मक सर्किट लागेर १ घण्टा मै बन्द भएको उदाहरण समेत रहेको छ । तर, समग्रमा हेर्दा यस वर्षमा लगानीकर्ता नियामकले शेयर बजारलाई चलयमान हुने केहि पोलिसि ल्याउन छ भन्ने आशमा बसेका थिए । राजनीति लुछातानी, अर्थतन्त्र मन्दिमा, कम्पनीहरुको सूचक नकारात्मकलगायत बोर्डका अभिभावकिय भुमिकाको कमिले शेयर बजारमा उर्जा थप्न सकेन ।

यो वर्ष डिम्याट खाता खोल्नहरुको संख्या भने निकै वृद्धि भएको छ । पूँजी बजारबारे ज्ञान देशभरका पुग्दा हाल ६२ लाख ४५ हजार ४५३ जनाले डिम्याट खाता खोलेका छन् । यता, मेरो शेयर खाता खोल्ने ५२ लाख ९५ हजार ३३५ जना पुगेका हुन् । यो वर्ष नयाँ ब्रोकर समेत बजारमा आएका छन् । नयाँ ब्रोकरहरु उपत्यकामा मात्र नभइ बाहिरि सहरहरुमा समेत आफ्ना शाखा विस्तार गर्न तिर अघि बढेका छन् ।

यो वर्ष नयाँ स्टकको चर्चाले समेत पूँजीबजारलाई हल्लाएको थियो । वैशाख १० गतेसम्ममा तीन वटा कम्पनीले नयाँ स्टकका लागि आवेदन दिएका थिए । हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिए । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स अनुमति दिएको थियो । नयाँ स्टकमा आर्थिक चलखेल भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठकबाट वैशाख २८ गते थप अध्ययन गर्नुपर्ने भन्दै नयाँ स्टकको लाइसेन्स प्रक्रिया रोक्न धितोपत्र बोर्डलाई निर्देशन दिए । त्यसपछि रोकिएको नयाँ स्टकको प्रकृया अघि बढ्न सकेन

यता, जेठ २९ गते नयाँ स्टकलाई अर्थ समितिले पनि समेत रोकेको थियो। बोर्डको आग्रहपछि कात्तिक २४ गते अर्थ समितिको बैठकले लाइसेन्स प्रक्रिया अघि बढाउन अनुमति दियो । नयाँ स्टक आवश्यक हो वा होइन भनेर माघ ३ गते सरकारले नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा वर्तमान सञ्चालक चिन्तामणी शिवाकोटीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको छ । त्यो समितिले अहिलेसम्म प्रतिवेदन बुझाएको छैन ।

राष्ट्र बैंकको कसिलो नीतिमा रोमलिए लगानीकर्ता

यस वर्ष पूँजी बजारका लगानीकर्ता नेपाल राष्ट्र बैंकबाट जारी भएका केही नीतिमा रोमलिए । मौद्रिक नीति मार्फत कसिएका पोलिसि खुकुलो गराउन निरन्तर लगानीकर्ताले माग गर्दै आए । तर, केन्द्रिय बैंक भने केबल आश्वासनमा मात्र सीमित भन्यो ।

यस वर्ष लगानीकर्ताले व्यक्तिगततर्फको १५ करोड र संस्थागततर्फको २० करोडको कर्जा सीमा हटाउनुपर्ने, सेयर धितोको जोखिमभार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झार्नुपर्ने, पुँजीगत लाभकर संस्थागतलाई ४ प्रतिशत र व्यक्तिलाई २.५ प्रतिशत कायम गर्नुपर्ने, एक वर्षभन्दा बढी समय होल्ड गर्नेलाई पुँजीगत लाभकर १ प्रतिशत मात्रै लिनुपर्ने, धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कमिसन घटाउनुपर्ने, नेप्सेको पुनसर्रंचनावा नयाँ स्टक एक्सचेन्ज अनुमति दिनुपर्ने माग गरि रहेका थिए । उक्त माग सम्बोधनका लागि लगानीकर्ता बेला–बेला केन्द्रिय बैंकको दैलोमा पुगे । तर, गर्भनर महाप्रसाद अधिकारीले लगानीकर्ताको माग सम्बोधन कहिल्यै गर्न चाहेनन् । उनी शेयर बजारका मुख्य बाधकका रुपमा लगानीकर्ता लिए ।

सत्ता गठबन्धन परिवर्तन भई सरकार फेरिंदा समेत पूँजी बजारप्रति राष्ट्र बैंकको नीति परिमार्जन हुन सकेको छैन भने सरकारका तर्फबाट बजारलक्षित कुनै पनि नीतिगत सुधारको पहल हुन सकेको छैन । अब लगानीकर्ताको ध्यान मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षातर्फ केन्द्रीत भएको छ ।

यता, शेयर बजारमा आकर्षणको रुपमा रहेको लघुवित्त संस्थाको लाभांशमा लगाएको सीमाले पनि लगानीकर्ता निराश बने । केन्द्रिय बैंकले लघुवित्त संस्थाले घोषणा गरेका लाभांशमा चलाएको कैचीले समेत लगानीकर्तामा निराशापन देखिएको थियो ।

पुँजीबजारको प्रत्यक्ष सम्बन्ध मौद्रिक परिसूचकसँग बढी हुन्छ । आर्थिक परिसूचकले भने अप्रत्यक्ष प्रभाव मात्रै राख्छन् । ब्याजदरमा बढ्दा बजार घट्छ, ब्याजदर घटे बजार बढ्छ । किनकी बैंक निक्षेप र शेयर बजार दुबैलाई विवेकशील लगानीकर्ताले प्रतिफल आर्जनको उपयुक्त क्षेत्रका लागि रोज्छन् । उता बैंकिङ क्षेत्रले ऋणमा दिने ब्याजदर घटे बजार बढ्छ किनकी बैंकबाट ऋण लिएर बजारमा लगानी गर्ने विकल्प लगानीकर्तालाई हुन्छ । बजारका लगानीकर्ताले बैंकिङ क्षेत्रमा निक्षेप र कर्जा दुबैको ब्याजदर घटोस् भन्ने चाहन्छ । उता बजारमा तरलताको अवस्था बढोस् भन्ने चाहन्छ ।

सम्पत्तिको मूल्य बढ्दा खुसी हुनु र घट्दा दुःखी हुनु आममान्छेको स्वभाव नै हो । तर बजारमा कारोबार हुने मूल्यले व्यक्तिगत निर्णय तथा वित्तीय अवस्थालाई निर्धारण गर्ने काम समेत गर्छ ।

बोर्डका अध्यक्ष हमाल सीमित घरनाको इसारामा चले

धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष रमेश हमालले पूँजी बजार चलयमानका लागि भन्दा सीमित घरनाको स्वार्थका लागि काम गरेको भन्दै बेला–बेला विवादमा आइरहे । यस वर्ष हमालमाथि अर्बौ रकम घोटाला गरेको आरोप समेत लागेको थियो ।

प्रतिकित्ता १०० रुपैयाँमा भर्दै आइरहेको आइपीओ प्रिमियममा ल्याएर लगानीकर्ता माथि मार थपेका थिए । उनले हचुवाका भरमा प्रिमियममा आइपीओ स्वीकृति दिने गरेको आरोप लगानीकर्ताले लगाइरहेका थिए । हमालले प्रिमियममा आइपीओ निष्कासनका लागि अनुमति दिएका कयौ कम्पनीको शेयर मूल्य अंकित भन्दा तल झरेको थियो । प्रिमियममा आइपीओ स्वीकृति दिएर अर्बौ रकम हमालले घुस लिएको आरोप लगानीकर्ताले लगाए ।

हमालको थाईल्याण्डमा रहेको ग्रिन हेरिटेज नामक कम्पनीमा करिब ४९ प्रतिशत जति शेयर रहेको तथ्य समेत बाहिर आएको थियो । बार्षिक करोडौंको कारोबार गर्ने सो कम्पनी त्यहाँको प्रख्यात कम्पनी हो । यस बाहेक उनको थाईल्याण्डमा थुप्रै व्यवसाय छन् भने नेपालमा पनि धुलिखेलमा दुसित थानीको चेन होटल रमेश हमालकै मुख्य लगानी रहेको प्रष्ट भएको हो । सो होटलमा करिब साढे दुई अर्ब रुपैयाँ लगानी गरेका छन् । धितोपत्र बोर्डका अध्यक्ष हमालको थाईल्याण्ड र नेपालमा अर्बौ रुपैयाँको सम्पत्ति रहेको छ ।

हमाल धितोपत्र बोर्डमा जागिर खान आएको नभई नेपालमा राजनीतिज्ञ र कर्मचारी अनि व्यापारीलाई अर्बौ रुपैयाँ घुस सेटिङ गर्ने, गराईदिने एक जना अर्बपति ब्यक्ति भएको आलोचना समेत उनी माथि आएको थियो । उनका केहि कदमले सो कुरा रहेको स्पष्ट समेत थियो । वित्तीय सूचक निकै कमजोर रहेका कम्पनीहरुलाई ४।५ सय रुपैयाँ प्रिमियम थपेर आइपीओ निष्कासन गर्नु लगानीकर्तामा माथि गरेको अपराध जस्तै हो । हमालले लगानीकर्ताको हितका लागि भन्दा केहि व्यापारिक स्वार्थ समुहको खुसीका लागि काम गर्दै आइरहेको थिए । उनको यो स्वार्थ कदमले पूँजीबजारलाई धरासयी बनाएको थियो ।

लगानीकर्ता अनसनमा बस्दा समेत बोर्डमा अध्यक्ष आनाकानी गर्दै बसेका थिए । उनले पूँजी बजार सुधारका लागि राष्ट्र बैंक र अर्थमन्त्रालयसँग समन्वय भुमिका खेल्न सकेनन् । उनी केबल घुसकाण्डमा लिप्त भए ।

हमाल अर्बपति भएर पनि नेता, कर्मचारी र ठूला व्यापारीहरुको भरियाको रुपमा नेपालमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स बाँड्ने परियोजनाको ठेक्का लिएका थिए । नेपाल जत्रो सानो देशमा दुई वटा स्टक एक्सचेन्जको आवश्यकता छदै छैन, त्यो उनलाई राम्रोसँग थाहा थियो । विश्वकै नामी कलेजबाट एमबिए गरेको नाताले उनी बौद्धिक रुपमा तिक्ष्ण र सेटिङमा चलाख थिए । माफियाहरुको इसारामा उनी सेटिङका हजारौ काम गर्न चनाखो रुपमा लागे ।

त्यसैले नेपालका ठूलो व्यापारी र राजनीतिक नेतृत्वको चाहना अनुसारको कोही पनि नफस्ने, भ्रष्टाचारको मुद्दा नलाग्ने गरी सेटिङ गर्ने कामका लागि हमाललाई खटाइएको थिए । अर्बपति सम्पत्ति र मासिक करोडौं रुपैयाँ आम्दानी भएर पनि कांग्रेस सभापति शेर बहादुर देउवा पत्नी आरजु राणासँगको सेटिङमा हमालले नेपालको पुँजि बजारको काम गर्दैै आइरहको सरकारी लगानीको नेपाल स्टक एक्सचेन्जलाई धरासायी बनाएर निजी स्टक एक्सचेन्ज कम्पनी संस्थापना गरेर अर्ब भन्दा बढि रकमको घुस सेटिङ गर्ने काम भइरहेको थियो । सीमित घरनाका लागि हमालले काम गर्दा शेयर बजार लयमा आउन सकेन । यस वर्ष बोर्डबाट बजार चलयमान हुने बनाउने कुनै कदम चलेन । हमाल निश्चत स्वार्थ समूहको कदममा चल्दा बजारले गति लिन सकेन ।

नेप्सेका सीइओ कृष्णबहादुर कार्कीले समेत अभिभावकीय भुमिका निर्वाह गर्न सकेनन् । नेप्सेको जिम्मेवारीमा हुँदा कीर्कीले नियमिक र समयको माग अनुसारको काम बाहेक कुनै नयाँ कदम चाल्न सकेनन् ।

लगानीकर्ताको दुःख बुझ्ने कोहि आएन

पूँजी बजारका लगानीकर्ताको मनोबल उच्च बनाउने काममा नियामकको छड्के आँखा समेत परेन । बजार सुधार हुन नसक्नुमा सबैभन्दा ठुलो जिम्मेवार नेपाल राष्ट्र बैंक त्यस पछि अर्थमन्त्रालय र नेपाल धितोपत्र बोर्ड रहेको छ । बोर्डले पनि लगानीकर्ताले सोचे भन्दा उल्टो काम गरिदिदा लगानीकर्ता निरास भए ।

शेयर बजारमा सबैभन्दा ठुलो भुमिका लगानीकर्ताको मनोबलले खेलेको हुन्छ । लगानीकर्ताको मनोबल उच्च बनाउने कदम नियामकबाट हुनु जरुरी थियो । नीतिगत भ्रष्टाचारले गर्दा शेयर बजारलाई धेरै नै गाजेको थियो । यसका अतिरिक्त धेरै कुराहरु सकारात्मक हुँदा हुँदै पनि नियामकका कतिपय नीतिगत कदमले लगानीकर्ताको कन्फिडेन्स बढ्न सकेन । अझ देशमा भइरहेको केहि अराजक गतिविधि तथा राजनीतिमा आएको खुट्टा तान्ने खेलले नियामकको मनोबललाई थप कमजोर बनाउन तिर लग्यो ।

कुनै पनि कारोबारमा नाफाघाटा हुनु स्वाभाविकै हो । शेयर कारोबारबाट वास्तविक रुपमा नाफाघाटा व्यहोर्ने व्यक्ति सीमित हुन्छन् । तर त्यही कारोबारबाट मूल्य गुमाउनेको संख्या असीमित हुन्छ । पुँजीबजार यस्तो प्लेटफर्म हो जहाँ एकजना लगानीकर्ताको लगानी निर्णयले हजारौंलाई असर गरिरहेको हुन्छ ।

सम्पत्तिको मूल्य बढ्दा खुसी हुनु र घट्दा दुःखी हुनु आममान्छेको स्वभाव नै हो । तर बजारमा कारोबार हुने मूल्यले व्यक्तिगत निर्णय तथा वित्तीय अवस्थालाई निर्धारण गर्ने काम समेत गर्छ ।

पछिल्लो समय आर्थिक मन्दिले कम्पनीको सूचक समेत कमजोर बन्दै जानु पूँजी बजारका लागि दुखत विषय हो । यो वर्ष आम लगानीकर्ताले सोचे अनुरुप नीतिगत सुधार हुन नसक्दा बजार पेनिक भएका छ । बजारले लगानीकर्तालाई उचित प्रतिफल दिन नसकेका कारण यस वर्ष सोचे अनुरुप राम्रो हुन सकेन ।

राजनीतिक अस्थिरता

यो वर्ष प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा पटक पटक सत्तासमिकरण परिवर्तन भयो । सरकारमा देखिएको अस्थिरताले शेयर बजारलाई बेला बेला धक्का हान्यो । २०७९ चैत १७ गते देशले नयाँ अर्थमन्त्री काँग्रेसका डा. प्रकाशशरण महत पाएको थियो । २०८० सालमा पनि नयाँ अर्थमन्त्री बर्षमान पुन बने । फागुन २१ गते पुन अर्थमन्त्रालयमा फर्किए ।

यो वर्ष लगानीकर्तामैत्री अर्थमन्त्री समेत पूँजीबजारले पाउने सकेन । राजनीति अस्थिरताको डरैडरमा शेयर बजार अघि बढेको हो । पूर्वअर्थमन्त्री महतले शेयर बजार चलयमानका लागि कुनै कार्यक्रम समेत ल्याएको देखिएन । यता, अर्थमन्त्रालय र राष्ट्र बैंकको तालमेल समेत मिलेन । राष्ट्र बैंकका गर्भनर एमाले निकट मानिन्छन् । अर्थमन्त्रालयमा नेपाली कांग्रेसका महत आएपनि राष्ट्र बैंकले समेत सहयोग गर्न छोडेको थियो । राजनीति भागभण्डाको बीचमा परेका लगानीकर्ताका लागि बजार मैत्री कुनै नयाँ पोलिसि आएन सकेन ।

पछिल्लो समय नियुक्त भएका अर्थमन्त्री पुनले सुरुवाति दिनमा केहि गर्न आट राखेका थिए । तर, उनको आट केबल आश्वासनमा सीमित हुँदा लगानीकर्ता खिन्न छन् । अर्थमन्त्री पुनले बजार सुधारका लागि नियामक संस्थासँग सुझाव समेत माग गरेका थिए । माग बुझाएको २ महिना हुँदा समेत अर्थमन्त्रालयबाट कुनै सकारात्मक कदम हुन सकेन । अर्थमन्त्री बजारमैत्री भएको भन्दै उत्साहित भएका लगानीकर्ता पुनको एक्सनको पर्खाइमा रहेका छन् । बारम्बार सरकार परिवर्तन हुँदा शेयर बजारमा अपेक्षित सुधार ल्याउन सकेन ।

सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दैछ । नीतिगत सुधारमा नेपाल राष्ट्र बैंक तथा सरकार लचिलो हुनु अहिलेको आवश्यकता छ । उद्योग ब्यवसायी समेत नीतिगत अवरोधले लगानीयोग्य वातारण नभएको गुनासो गर्दै आइरहेका छन् । सरकारबाट नीतिगत अवरोध सुधार गर्नु अहिलेको वर्तमान आवश्यक हो ।

अराजक समूह

बजारमा ऋण लिएपछि तिर्नु हुन्न भन्ने भ्रम छर्ने केहि समूह समेत सडक आन्दोलन गर्न यहि बर्ष लागेको थियो । ब्यवसायी दुर्गा प्रसाईको समूह ऋणीहरुलाई ऋण तिर्नु हुन्न भनेर सडकमा लाग्यो । जुन आन्दोलनले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा निकै वृद्धि भयो । खराब कर्जा वृद्धि हुँदा पूँजीबजारमा यसको प्रत्यक्ष असर परेको यस वर्ष देखा परेको हो ।

लघुवित्त विरुद्ध चलेको आन्दोलनले शेयर बजारमा ठुलो हिस्सा बोकेको लघुवित्त संस्था धरासयी भयो । चलेका सडक आन्दोलनले कम्पनीको कारोबार रकम समेत खुम्चिदै गयो । त्यस्तै, बैंक तथा वित्तीय संस्थामा समेत आर्थिक मन्दिले असर गर्यो । ऋणीहरुले ऋण बुझाउनुको सट्टा मिनाहाको माग गर्दै चलेको आन्दोलनले अधिकांश कम्पनीका सूचकमा असर गर्यो ।

आगामी वर्षमा शेयर बजारमा धेरै नीतिगत सुधारको अपेक्षा लगानीकर्ताले गरेका छन् । साना साना कुराले बजारलाई हस्तक्षेप नगर्न र पूँजी बजार चलयमान बनाउनका लागि नियामकले भुमिका खेल्नु आवश्यक रहेको छ । लगानीकर्ताले पूँजी बजार सुधारका लागि दिएका सुझावहरु कार्यान्वन हुनु पर्ने छ । आगामी दिनमा शेयर बजारलाई सुधार गर्ने क्रममा अर्थमन्त्री आउने जाने खवरले प्रभावित नहुने किसिमको हुनु पर्ने बनाउनु पर्ने देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*