राष्ट्रिय जीवन बीमा कम्पनीले पुँजी वृद्धि गर्ने नसकेको भन्दै नेपाल राष्ट्र बैकले माग्यो पैसा फिर्ता, ५ अर्ब रुपैयाँ पुराउने योजना के होला ?

२८ बैशाख २०८१, शुक्रबार ११:३७

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले चुक्ता पुँजी वृद्धि गर्ने भन्दै नेपाल राष्ट्र बैकसँग मागेको रकम खर्च नगरेको भन्दै फिर्ता मागेको छ। राष्ट्र बैंकले हकप्रद वापत १ अर्ब ८४ करोड ७८ लाख रुपैयाँ जम्मा गरेको रकम तत्कालै खर्च हुने छाँटकाँट नदेखिएपछि राष्ट्रिय जीवन बीमा कम्पनीसँग रकम फिर्ता मागेको जनाएको छ ।

पुँजीवृद्धि योजनको लागि सबैभन्दा पहिला नेपाल राष्ट्र बैंकले कम्पनीलाई पुँजी पुराउन पैसा दिएको हो । कम्पनीका पूर्व प्रशासक कवि पाठक हुँदा बखत नै दिएको रकम पैसा मागेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले पुँजी वृद्धिको लागि दिएको १ अर्ब ८४ करोड ७८ लाख रुपैयाँ फिर्ता मागेको पत्र कम्पनीका कार्यकारीको जिम्मेवारी सम्हाल्दै आएका महेश रिमालले पाईसकेका छन् ।

यो पत्रको कारण कम्पनी हैरानीमा पुगेको छ। बीमा प्राधिकरणले दिएको पाँच अर्बको पुँजी वृद्धि योजनामा ठेस पुग्ने कम्पनीको दाबी छ ।

संस्थानमा हकप्रद वापत जम्मा गरेको एक वर्ष पुग्न लाग्दा पनि कम्पनीले राष्ट्र बैंकको नाममा अझै शेयर जारी गरेको छैन ।हकप्रद वापतको रकम जम्मा गरिसकेको सो अवधिसम्ममापनि शेयर नापाएपछि केन्द्रीय बैंकले रकम फिर्ता गर्न माग पत्र पठाएको हो ।

कम्पनीमा हाल नेपाल सरकार अन्तर्गत अर्थमन्त्रालय, नेपाल बैेंक र राष्ट्र बैंकको लगानी रहेको छ ।
पुँजी पुराउन यी तीनै संस्थाको योग्दान रहनेछ । हाल राष्ट्र बैंकले पुँजी वृद्धि योजनाको लागि रकम पठाईसकेको छ भने नेपाल बैंक अर्थमन्त्रालयले पैसा पठाएपछि पठाउने बाटो पर्खिरहेको छ।

राष्ट्रिय जीवन बीमा कम्पनीमा नेपाल राष्ट्र बैंकको ४५ प्रतिशत, अर्थ मन्त्रालयको २७ प्रतिशत र नेपाल बैंकको १६ प्रतिशत सेयर छ ।

सेयरधनी रहेका राष्ट्र बैंक र नेपाल बैंकबाट करिब ३ अर्ब ६५ करोड रुपैयाँ संकलन गरेको कम्पनीले अर्थमन्त्रालयबाट पाउनुपर्ने १ अर्ब ३५ करोड रुपैयाँ नपाएपछि चुक्तापुँजी पुयाउन नसकेको कारण कम्पनीमा समस्या देखिएको छ ।
अर्थमन्त्रालयले बजेटमार्फत पुँजी पुराउनुपर्ने हुन्छ । आगामी आर्थिक वर्षको बजेटमा पैसा आउने आशमा संस्थान रहेको छ।

यदि अर्थ मन्त्रालयले पुँजी थप गर्न नमाने नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी ५ अर्ब पुर्याउन कम्पनीले नसक्ने कम्पनीको भनाई छ ।

यस अघि पनि अर्थ मन्त्रालयले कम्पनीलाई पैसा दिन नमानेपछि कम्पनीले आफूसँग रहेको १८ करोड १० लाख रुपैयाँको चुक्तापुँजीमा नै राष्ट्रिय बीमा संस्थानबाट राष्ट्रिय जीवन बीमा कम्पनीमा रुपान्तरण भएको थियो ।

पब्लिक कम्पनीमा रुपान्तरण भएपछि आईपीओ निष्कासन गर्ने मुडमा पुगेको जीवन बीमा कम्पनीले त्यो पनि संभव नदेखेपछि दोस्रो पटक पनि अर्थमन्त्रालायलाई पुँजी थप गर्न आग्रह गरेको हो ।

आईपीओ निष्कासन गर्ने कम्पनीले हालसम्म भएका लेखपारीक्षणको विवरण धितोपत्र बोर्डमा बुझाउनुपर्नेछ ।
दुई पटक साधारणसभा स्थगित गरेर कम्पनीले वैशाख १९ गते साधारणसभा बोलाएको थियो । कम्पनीले साविकको राष्ट्रिय बीमा संस्थानबाट कम्पनीमा परिणत भएको ६ महिना भित्र साधारणसभा बोलाउनु पर्ने व्यवस्था अनुसार पहिलो साधारणसभा आह्वान गरेको हो ।

विभिन्न तीन एजेण्डामा सामान्य प्रस्तावमाथि छलफल गरी पारित गर्न बोलाएको सभा स्थगित भएपछि राष्ट्र बैंकले पुँजी पुराउने काँटछाटँ नदेखेको कारण संस्थानसँग पैसा फिर्ता मागेको बुझिएको छ।

लेखापरीक्षकको प्रतिवेदनसहितको साविक राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६९।७० को वासलात, नाफा–नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणसहित अनुसूचीहरु छलफल गरी पारित गर्ने एजेण्डा रहेको थियो । सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन छलफल गरी सभाले अनुमोदन गर्ने कार्यतालिका रहेको थियो ।

के भन्छ राष्ट्रिय जीवन कम्पनी ?

राष्ट्रिय जीवन बीमा कम्पनीका कार्यकारीको भूमिका निर्वाह गरेको महेश रिमालले राष्ट्र बैंकबाट पत्र प्राप्त आएको स्वीकार गरेका छन् ।

प्राधिकरणमा सोल्भेन्सी र पुँजी वृद्धिको मुख्य बिषयमा हामीलाई झक्झकाईरहेका छन् । पुँजीवृद्धिको बिषयमा सरकार सकारात्मक रहेको आगामी बजेटमा कम्पनीको माग सम्बोधन हुने प्रतिकृया मन्त्रालयबाट पाएको उनले जानकारी दिएका छन् ।

पैसा फिर्ता पठाउने वा नपठाउने भन्ने बिषयमा बोर्डसँगको छलफलपछि निष्कर्ष आउने उनको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*