शिखर इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

१८ माघ २०८१, शुक्रबार ११:४३

काठमाडौँ । शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको माघ १५ गते बसेको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको हाल कायम २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ ।कम्पनीले २६ करोड ५४ लाख ९४ हजार ७३० रुपैयाँ बराबरको बोनस तथा कर तिर्न १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*