भोटेकोशी बाढीपछि २९१ विदेशी नागरिकसहित ३८४ पर्यटक सम्पर्कविहीन
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको अचानकको भीषण बाढीपछि २९१ विदेशी नागरिकसहित ३८४ जना पर्यटक तथा पदयात्री सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। नेपाल पर्यटन बोर्डको दोस्रो स्थिति अपडेटअनुसार प्रभावित क्षेत्रमा काम गरिरहेका पर्यटन तथा ट्राभल...
विवाहको लागि काठमाडौं जिल्ला अदालत पुगेको जोडी प्रहरी हिरासतमा
काठमाडौं । विवाह दर्ताका लागि काठमाडौं जिल्ला अदालत पुगेका एक जोडीलाई शंकास्पद कागजात पेस गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं जिल्ला अदालतका अनुसार दर्ताद्वारा विवाहका लागि भदौ ८ गते निवेदनसहित आवश्यक कागजात पेस गरिएको थियो । भदौ...
रसुवा बाढीपीडितको दाबी भुक्तानीमा बीमितलाई सहजीकरण गर्न बीमक संघको आग्रह
काठमाडौं । रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल बीमक संघले गहिरो दुःख व्यक्त गरेको छ। संघले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। संघले घाइते तथा...
रसुवा बाढीः बैंकका नौं शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त हुँदासम्म राष्ट्र बैंक मौन
काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण विभिन्न वाणिज्य बैंकका नौं वटा शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । बाढीबाट बैंकिङ क्षेत्र प्रभावित भए पनि बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंक भने हालसम्म मौन देखिएको छ...
सरकारले भन्यो, ‘बाढी प्रभावित क्षेत्रमा ९ जनाको शव फेला’
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ९ जनाको शव फेला परेको जानकारी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष सम्बोधन गर्दै मन्त्री खनालले उद्धार टोलीले प्रभावित क्षेत्रबाट ९ वटा शव सङ्कलन गरेको...
थप उद्धार सामग्रीसहित सुरक्षा टोली बाढी प्रभावित क्षेत्रमा प्रस्थान
काठमाडौँ । सरकारले भोटेकोशी नदी रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन गरेको छ । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) का टोलीलाई उद्धार तथा राहत कार्यका...
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका १० निर्णय
काठमाडौँ । सरकारले भोटेकोशी बाढीबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिए । मन्त्री पोखरेलका अनुसार घाइतेहरूको उपचारका...
राताम्यमा पनि यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । रसुवामा आएको बाढीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.९२ अकंले घटेर २५५८.३५ बिन्दुमा कायम भएको छ । आज ३४८ कम्पनीको १ करोड ३५ लाख ८२ हजार कित्ता शेयर किनबेच हु्ँदा ४ अर्ब ७७ करोड ३८ लाख रुपैयाँको कारोबार...
रसुवा बाढीको प्रभाव शेयर बजारमाः हाईड्रोपावरको शेयर धमाधम बिक्रिमा राखे लगानीकर्ताले
काठमाडौं । रसुवा बाढीको कारण आज प्रभावित क्षेत्रका हाईड्रोपावरमा ठूलो मात्रामा क्षति हुन पुगेको छ । जस्को प्रभाव शेयर बजारमा पनि देखिएको छ। जस्को कारण लगानीकर्ताहरु आत्तिएर आफूसँग भएर हाईड्रोपावरको शेयर धमाधम बिक्रिमा राखेको छ। आज चिलिमेको सर्वाधिक कारोबार...
रसुवामा बाढी, नेप्सेमा पहिरोः हाइड्रोपावर र निर्जीवन बीमा कम्पनीको मूल्यमा भारी गिरावट
काठमाडौँ । निरन्तर सुस्त गतिमा रहेको नेपालको शेयर बजारमा बुधबार तिब्बततर्फबाट आएको अचानकको बाढीले थप दबाब सिर्जना गरेको छ । बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएसँगै लगानीकर्ताको मनोविज्ञान कमजोर बनेको हो ।...
उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ पुगे विमानस्थलमा
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आवश्यक तयारीलाई थप प्रभावकारी बनाउन उनी विमानस्थल पुगेका हुन् । उद्धार कार्यलाई तीव्रता दिँदै प्रभावित नागरिकलाई सुरक्षित स्थानमा ल्याउने...
रसुवामा बाढीले ९ वाणिज्य बैंकका शाखामा पूर्ण क्षति
काठमाडौँ । रसुवामा आएको भीषण बाढीका कारण विभिन्न वाणिज्य बैंकका ९ वटा शाखा कार्यालयमा पूर्ण क्षति पुगेको छ । तिब्बततर्फबाट आएको बाढी भोटेकोसी नदीमा मिसिएपछि नदी आसपासका बजार क्षेत्रमा ठूलो क्षति भएको हो । सोही क्रममा बजार क्षेत्रमा सञ्चालित...
रसुवा बाढीको बिषयमा बीमा कम्पनीलाई प्राधिकरणले के भन्यो ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ। प्राधिकरणले बाढीबाट प्रभावित बीमित तथा सर्वसाधारणलाई आवश्यक सहयोग उपलब्ध गराउन र उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा सहभागी...
रसुवा, नुवाकोट र धादिङलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौँ । सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । तीन महिनाका लागि संकटग्रस्त घोषणा गरिएको हो । मन्त्रिपरिषद्को अहिले बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको छ ।
हिमपहिरोपछि बनेको ताल अझै खुलेन, भोटेकोसी–त्रिशूलीमा बाढीको जोखिम कायमै
काठमाडौँ । चीनतर्फबाट प्राप्त सूचनाअनुसार हिमपहिरोपछि नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुलेको छैन । ताल पूर्ण रूपमा नखुलेका कारण भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ । नेपाल बाढी सूचना र राष्ट्रिय विपद्...
रसुवागढी भन्सारको यार्डमा राखिएका सयौँ गाडी बाढीले बगायो, अटो शो र दशैंको तयारीमा धक्का
काठमाडौँ । नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शो २०२६ लाई लक्षित गर्दै चीनबाट नेपाल भित्रिने तयारीमा रहेका ठूलो संख्याका सवारीसाधन रसुवागढीमा आएको बाढीले बगाएको छ । तिब्बततर्फबाट अचानक आएको बाढीले रसुवागढी भन्सार कार्यालयको संरचनामा ठूलो क्षति पुर्याउनुका साथै...
रसुवादेखि चितवनमा विध्वंश गरेको बाढीको कारण ४.५ रेक्टर स्केलको भूकम्प, कहाँ चुक्यो सरकार ?
काठमाडौं । नेपाली समय अनुसार आज विहान ८ः३७ बजेको समयमा चीनको तिब्बत प्रान्तस्थित घिरोङ काउन्टीमा अग्लो हिम श्रृंखलाको फेदमा ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भुकम्पको धक्का नेपालतर्फ पनि राम्रैसँग गरिएको स्थानीयबासीले बीमापोष्टलाई जानकारी दिएका छन् ।...
रसुवा बाढीको बिषयमा छलफल गर्न बीमा प्राधिकरणले डाक्यो आकस्मिक बैठक
काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवामा आएका बाढीको कारण बीमा कम्पनीहरुमा परेको असर र त्यस क्षेत्रमा भएको क्षतिमा बीमा दाबीको व्यवस्थापन गर्ने भन्ने बिषयमा छलफल गर्न आकस्मिक बैठक डोकेको छ। प्रभावित क्षेत्रमा रहेका बीमा कम्पनीहरुको शाखा कार्यालयको रिर्पोटिङ्ग र...
रसुवागढी भन्सारका २५ कर्मचारी सम्पर्कमा, १४ अझै बेपत्ता
काठमाडौँ । रसुवागढी भन्सार कार्यालयमा कार्यरत ३६ स्थायी दरबन्दीका कर्मचारीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका छन् । अर्थमन्त्री सचिवालयका अनुसार करार तथा ज्यालादारीतर्फ कार्यरत चार जनामध्ये एक जना पनि सम्पर्कमा आएका छन् । हालसम्म स्थायी...
रसुवा बाढीमा बैंक, बीमा तथा वित्तिय संस्थामा कार्यरत आधाभन्दा बढी कर्मचारीहरु सम्पर्कविहीन
काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र जलविद्युत् आयोजनामा कार्यरत आधाभन्दा बढी कर्मचारी सम्पर्कविहीन भएका छन्। बाढी प्रभावित क्षेत्रमा रहेका वाणिज्य बैंकका ९ वटा शाखा कार्यालय, तीन बीमा कम्पनी तथा विभिन्न जलविद्युत्...


















