प्रभु क्यापिटलले हितग्राही ग्राहकका लागि आगन्तुक रिसोर्टमा विशेष छूट अफर
काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि एक विशेष छूटको अफर ल्याएको छ । प्रभु क्यापिटल लिमिटेड र आगन्तुक रिसोर्टका बीचमा छूट अफरका लागि समझौता भएको छ । यही मिति २४ मंसिर २०८० का दिन भएको उक्त सम्झौतापत्रमा...
खल्ती पेमेन्ट गेटवेमार्फत ५ हजारभन्दा बढी व्यवसायी लाभान्वित
काठमाडौं । भुक्तानी सेवा प्रदायक खल्तीले साना तथा मझौला व्यवसायीहरूलाई आफ्नो व्यवसाय डिजिटलाइजेसनतर्फ लैजान सहयोग गर्न खल्ती पेमेन्ट गेट वेको सुविधा उपलब्ध गराउँदै आएको छ। उक्त सुविधा अन्तर्गत हाल ५ हजार व्यवसायीहरू लाभान्वित हुनुका साथै थप व्यवसायीहरूलाई प्रोत्साहित गर्न...
मध्यरातमा त्रिभुवन विमानस्थलमा फेरि समातियो साढे छ केजी सुन
काठमाडौं । शनिबार मध्यराति काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा पुनः साढे छ केजी सुनसहित एक व्यक्तिलाई फक्राउ गरिएको छ । फ्लाई दुबईको उडान नं एफजेड ५७३ को उडानबाट दुबईबाट काठमाडौंमा मध्यराति ११ः५१ बजे आइपुगेका इजिप्टियन नागरिकको साथबाट सो सुन बरामद गरिएको...
नेपाली सेनाबाट रिटायर्ड भएपछि रुसी सेनामा भर्ती हुन पुगेको विष्णुबहादुर दुई सातादेखि सम्पर्कविहीन
काठमाडौं । रूसी सेनामा भर्ना भएका पाल्पाका विष्णुबहादुर पौडेल दुई सातादेखि सम्पर्कविहीन भएका छन् । एक महिनाअघि मात्रै रुसी सेनामा भर्ना भएका विष्णुको परिवारले खोजी गरी स्वदेश फिर्ताको पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ । पाल्पाको रैनादेवी छहरा...
निप्स पोखरा च्याप्टरको पाँचौं अधिवेशन सम्पन्न, बद्रिनाथ पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन
काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी, पोखरा च्याप्टरको आज सम्पन्न भएको ११ औं बार्षिक साधरण सभा एवम् पाचौं अधिबेशनले वद्रीनाथ पौडेलको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । बीमा क्षेत्रमा कार्यरत कर्मचारीबीच एक आपसमा बिचार अनुभव...
एनसेलका माफिया र बिचौलियाहरु अनर्गल प्रचारमा, विषान्तर गर्ने प्रयास
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा सरकारले एनसेलको अवैध शेयर खरीद विक्रिमा रोक लगाएपछि एनसेलमार्फत् देशलाई लुट्न सक्रिय गिरोह सरकार र त्यसको नेतृत्वविरुद्ध अनर्गल प्रचारवाजीमा लागेको छ । उक्त गिरोहको डिजाइनमा मोटो रकम खर्चेर विभिन्न संचार माध्यममा प्रायोजित...
जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको उपस्थिति उपलब्धीमूलकः मन्त्री महतो
काठमाडौं । वन तथा वातावरण मन्त्री बीरेन्द्र महतोले दुबईमा जारी जल वायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप २८ मा नेपालको उपस्थिति उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन् । कोप–२८ मा सहभागी भएर मन्त्री महतो शनिबार स्वदेश फर्किएका छन् । मन्त्री महतोले...
इयुको रिपोर्टबारे बीमापोष्टमा प्रकाशित समाचारमा श्री एयरलाइन्सको खण्डन
काठमाडौं । बीमापोष्टमा प्रकाशित श्रीएयर लाइन्स सम्बन्धी समाचार श्री एयरलाइन्सले खण्डन गरेको छ । बीमापोष्टलाई प्राप्त खण्डन जस्ताको तस्तै । सम्पादक, ज्यू, महोदय, त्यस प्रालिद्धारा संचालित विमापोष्ट अनलाइनमा १५, मंसिर २०८० मा प्रकाशित ‘श्री एयरलाइन्स चढ्दै हुनुहुन्छ ? इयुको...
पाकिस्तानसँग ७ विकेटले पराजित भयो नेपाल
काठमाडौं । यूएईमा आज सुरु भएको यू– १९ एसिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभल मैदान २ मा टस हारेको नेपाल पहिला ब्याटिङ गर्दै १५२ रन बनाउँदा अलआउट भएको थियो ।...
विमानस्थलबाट उठ्ने फोहोरमा लुकाएर सुन तस्करी, ‘कहिले फोहोरको गाडीमा कालोपुल पुग्छ, कहिले डस्टबिन उठाउनेबाट लिइन्छ’
काठमाडौं । त्रिभुवन विमानस्थलबाट सुन तस्करी गर्ने नयाँ तरिका र रुटबारे एकपछि अर्को तथ्य खुल्न थालेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले केही समयअघि तस्करीको सुन ढलौट कारखाना लगेर लोटा, कचौरा तथा विभिन्न सामग्री बनाएर पशुपतिनाथमा चढाउने र भारतीय...
अमेरिकी दबाब खेप्न नसकेपछि बीआरआईबाट बाहिरिदै इटाली
काठमाडौं । इटालीले चीनको महत्वकांक्षी रणनीतिक परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई) परियोजनाबाट बाहिरिने घोषणा गरेको छ । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले नवीकरणको समय सीमा सकिनुअघि नै बीआरआइबाट बाहिरिने घोषणा गरेकी हुन् । यो वर्षको अन्त्यसम्ममा बीआरआईबाट बाहिरिने जानकारी...
एनसेलको शेयरविक्रीबारे जवाफ दिन प्रधानमन्त्रीलाई नै उभ्याइने
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको शेयर खरिदविक्रीबारे जानकारी लिन प्रधानमन्त्री प्रचण्डलाई बोलाउने निर्णय गरेको छ । शुक्रबार बसेको समिति बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कदमबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको...
हुण्डीको हल्लाले बन्द भएको आन्तरिक रेमिट्यान्स खुल्दै, हजारौं एजेन्टले फेरि रोजगारी पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सलाई पुनः सुरु गर्न बाटो खोलेको छ । चालू आर्थिक वर्ष मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्समा पुनरावलोकन गर्न बाटो खोलेको हो । ननडेलिभरेवल फरवार्ड कारोवार र स्थानीय विप्रेषण कारोवारको...
त्रिभुवन विमानस्थल भन्सार प्रमुख पाण्डेले लिए एक्सन, १४ किलो सुनबारे छानविन गर्न ६ सदस्यीय समिति गठन
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुनबारे छानविन गर्न भन्सार विभागले ६ सदस्यीय छानविन समिति गठन गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन...
प्याज निर्यातमा भारतले लगायो प्रतिबन्ध
काठमाडौं । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतले आजदेखि लागु हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो। भारतले बुधवार एक सूचना जारी गर्दै विदेश व्यापार ऐन र नीति अन्तर्गत रहेर आगामी चैत १८ गतेसम्मका लागि प्याज निर्यातमा...
नागढुंगाबाट २ किलो सुनसहित ३ जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित भरियालाई पक्राउ गरेलगत्तै प्रहरीले दुई किलो अवैध सुनसहित नागढुंगाबाट तीन जनालाई पक्राउ गरेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीमा दुई किलो सुन फेला परेको हो ।...
जुम्लाको न्यूनतम तापक्रम माइनस २ डिग्री, काठमाडौंमा पनि जाडो बढ्यो
काठमाडौं । जुम्लाको न्यूनतम तापक्रम माइनस २.६ डिग्री सेल्सियसमा झरेको छ । शुक्रबार बिहान पौने ९ बजेतिर मापन गरिएको तापमान अनुसार जुम्लाको तापक्रम माइनस २.६ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका १६ स्थानको न्यूनतम तापक्रममध्ये जुम्लाको...
दोहोरो अंकले उकालो लाग्यो शेयर बजार, सबै सूचकमा हरियाली
काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से ११.७३ अंकले बढेर १८५२.७७ विन्दुमा पुगेर रोकिएको छ । अघिल्लो दिन वुधबार नेप्से ३.३३ अंकले बढेर १८४१.०४ विन्दुमा पुगेको थियो । बिहीबार ९५ लाख ५६ हजार कित्ता शेयर किनबेच...
देशको अर्थतन्त्र तथ्याङ्कमा मात्रै सुधार भएर हुन्न, जनताको घरदैलोमा सुधारको अनुभूति हुनुपर्छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सरकारले देशको अर्थतन्त्र तथ्याङ्कमा मात्रै सुधार भएर नहुने र जनताले प्रत्यक्ष अनुभूति हुनेगरी सुधार हुनुपर्ने बताएका छन् । रेस्पोन्सेवल विजनेश समिट कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अंक वा तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधार हुँदै गएको देखिएपनि...
एनसेल शेयर कारोबारको वैधानिकता सार्वजनिक गर्नुपर्छ : प्रा.डा. गान्धी
काठमाडौं । कानून व्यवसायीले दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर खरिदविक्रीको वैधता खोज्नुपर्ने बताएका छन् । वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गान्धी पण्डितले एनसेलको शेयर खरिदविक्री प्रकरणबारे कानूनी र प्रक्रियागत वैद्यता खोजिनुपर्ने बताएका हुन् । एनसेलको शेयर खरिदविक्री प्रकरणको वास्तविकता र...




















